दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ।
तीन वर्षअघि जोशीको जीवनबाट कदम छुट्टिइन्। त्यसयता लेखनी नै उनको सहारा भएको छ, जहाँ उनी कदमलाई नै लेख्छन्, देख्छन्, पाउँछन्, संवाद गर्छन् र उनकै स्मृतिमा सयर गर्छन्।
राजनीतिक दलहरूले चितवनमा एक छात्रा मृत भेटिएको घटनाबारे गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन्।
नेपालले घरेलु मैदानमा जारी साफ यू१६ महिला च्याम्पियनसिप प्रतियोगिताको पराजयबाट शुरूआत गरेको छ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामी कुनै पनि खाद्य पदार्थ खानयोग्य छ/छैन भनेर उपभोक्ताले खानुअघि ‘लेबल’ हेर्नुपर्ने बताउँछन्।
जुराका पहाडमा खेलिहिँडेका बथानका बथान हरिणहरू हेर्नुको मजा अविस्मरणीय हुन्छ। सिंगो टापुमा एउटा-एउटा पब, पसल, हुलाक, पेट्रोल पम्प र डिस्टिलरी छन्। बस्नका लागि एउटा होटलसहित केही कटेज छन्।
यूएन वुमनका अनुसार गाजामा युद्धका कारण दैनिक औसत ६३ महिलाको मृत्यु हुने गरेको छ।
औषधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाइएका औषधि बजारमा रहेका भए तुरुन्तै फिर्ता लैजान पनि कम्पनीलाई निर्देशन दिइएको छ।
त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत शनिबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।
दुर्घटनामा १३ जना घाइते भएका छन्। त्यसमध्ये आठ जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बाइडेनले इजरायललाई नागरिक हताहत कम गर्न र सहायताको अनुमति दिन दबाब दिएका छन्। मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानमा ६ हप्ताका लागि युद्धविराम गर्ने सहमति हुने उनले आशा व्यक्त गरे।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा शनिबार बिहान नेपाल र टोंगाका स्थायी प्रतिनिधिले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्ताबेजमा हस्ताक्षर गरेका छन्।
‘म अरूले लेखेका कथा र नाटकलाई प्रदर्शन गर्न/गराउन रुचाउने मान्छे, तर आफैँले कथा रच्ने काम धेरै नै कठिन लाग्यो। कथा लेखनकै क्रममा 'जति धेरै लेख्यो, उति तिखारिने विषय रहेछ यो' भन्ने बोध पनि भयो।’
आफूले जुनसुकै ठूला प्रकरणमा ठूला मान्छेलाई समात्ने बित्तिकै दबाब र धम्की आउने गरेकाले नेपालमा राम्रो काम गर्न कठिन भएको गुनासो गृहमन्त्री श्रेष्ठको थियो।
टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन्।
फेब्रुअरी १६ मा जेलमै मृत्यु भएका नाभाल्नीको अन्त्येष्टि ढिला गरी शुक्रबार भएको हो। उनको अन्त्येष्टिमा उपस्थित भएर नाराबाजी नगर्न मस्को प्रशासनले चेतावनी नै दिएको थियो।
हिउँदका ६ महिना मात्र इँटा भट्टामा काम हुन्छ। बर्खामा पानी पर्ने भएकाले इँटा बन्दैन। यसका लागि बर्सेनि मौसमी रूपमा कामदार काठमाडौँ आउने गर्छन्।
साउदी अरबबाट शुक्रबार राति फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले प्रोत्साहनस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन्।
दासप्रथा उन्मुलन गर्दा सदर टुँडिखेलमा खरीको बोटबाट चन्द्रशमशेरले दिएको भाषण अहिलेसम्मकै पहिलो लामो भाषण भएको छ। ८० पृष्ठको लिखित भाषण चन्द्रशमशेर आफैँले पढेर पूरा गर्न सकेका थिएनन्।
राति देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।