एघारौँ शताब्दीको ‘शिवधर्मशाश्त्रम्’ गाताचित्र र बाह्रौँ शताब्दीको इटुम्बहाको कलात्मक टुँडाल (सालभन्जिका याक्षी) घरफिर्ता भएका हुन्।
यो साताको उकालो न्युजलेटरमा मरुभूमि बन्ने बाटोमा मधेश, व्यापारिक घरानाको जग्गा प्लटिङमा नगरपालिकालाई अख्तियारको पत्र, बाँसबारीको जग्गा प्रकरणका फलोअप सहितका खबर समावेश छन्।
‘हामीसँग दुई वटा विकल्प थिए। आगोमा जलेर मर्ने या हाम फाल्ने। नवौँ तलाबाट हाम फालेर बाँच्ने सम्भावना धेरै कम थियो।’
राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक र प्रतिनिधिसभाबाट अनुगमन तथा मूल्यांकन विधेयक पारित भएका छन्।
प्रदेश महामन्त्रीहरूमाथि निगरानी बढाएको रास्वपाले तीन प्रदेशका महामन्त्रीको जिम्मेवारी हेरफेर गरिसकेको छ। समय दिन र दायित्व पूरा गर्न नसकेको भन्दै अन्य दुई महामन्त्री जिम्मेवारीबाट ‘ब्याक’ भएका छन्।
त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत शुक्रबारको खेलमा नामिबियालाई ३ रनले पराजित गरेको नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ।
जग्गा प्राप्ति गर्दा भएको मालपोत कार्यालयको निर्णय र केही दिनअघि जग्गाको स्रेस्ता सरकारको नाममा कायम गराउने गरी भएको सूचनासमेतको निर्णयको फाइल झिकाउन सर्वोच्चले आदेश दिएको छ।
सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाएका विविध विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
आफूहरूले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएको भन्दै निर्वाध रूपमा व्यवसाय संचालन गर्न दिन उनीहरूले माग गरेका छन्।
फाइनलमा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। नेपालले नामिबियालाई पराजित गरेमा मात्र नेपालको फाइनल पुग्ने सम्भावना कायमै रहन्छ।
अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको छ।
भिसाको म्याद गुज्रेर बसेका (ओभर स्टे)को हकमा मलेसियन रिंगिट ५०० र भिसाको नियम उल्लंघन गरी बसेकाको हकमा ३०० रिंगिट तिरेर घर फर्किन सक्नेछन्।
खेलकुद मात्र नभई अन्य कार्यक्रमसमेत हुने दशरथ रंगशाला मैदान लगातार प्रयोगले बिग्रिँदा अन्तर्राष्ट्रिय फुटबल नै नहुने अवस्था आएको छ। जस कारण ‘१२औँ खेलाडी’ भनिने दर्शक मात्र होइन र आम्दानी पनि गुम्दैछ।
पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि एक वर्षका लागि थपिएको म्याद पनि गएको पुस मसान्तमै सकिएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको बोलेरो जिपलाई प्रदेश ०२– ००१ ख ९६७६ नम्बरको टिपरले ठक्कर दिएको थियो।
रुस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरुले सघाएको भन्दै कडा आलोचना गरे।
डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारीले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ।
नामिबिया र नेदरल्यान्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नु पर्ने छ।
ढाकाको बेली रोडमा रहेको एक चर्चित बिरयानी रेस्टुरेन्टमा बिहीबार राति स्थानीय समयअनुसार ९:५० बजे आगलागी भएको थियो।
कार्यक्रममा इजिप्टका बालबालिकाका आँखामा नेपालको तस्वीर नामक चित्रकला प्रतियोगितामा छनोट भएका उत्कृष्ट चित्रहरूको प्रदर्शनी पनि गरिएको थियो।