१७ महिनाअघि उकालोमा फेहरिस्त उजागर भएसँगै चौधरी ग्रुपले हडपेको १० रोपनी सरकारी जग्गा फिर्ता ल्याउन अघि बढेको प्रक्रिया टुंगोमा पुगेको छ। तर यो प्रकरण टुंगिन बाँकी नै छ।
प्रहरीले वैदेशिक रोजगारका लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने प्रलोभनमा पारी नेपाल ल्याई बन्धक बनाएका चार बांग्लादेशी नागरिकको उद्धार गरेको छ भने उक्त अपराधमा संलग्न चार जनालाई पक्राउ गरे छ।
राष्ट्रसंघीय सुरक्षा परिषद्मा गाजामा युद्धविरामसम्बन्धी अमेरिकी नेतृत्वको प्रस्तावलाई रुस र चीनले भिटो लगाएका छन्।
सत्ता गठबन्धनले सहकारी संस्थाको सम्पत्ति धितो राखेर पुनर्कर्जा दिन गरेको संकल्प राष्ट्र बैंकको क्षेत्राधिकारमै नपर्ने र यसले समग्र वित्तीय प्रणालीमै जोखिम निम्त्याउन सक्ने विज्ञहरूले बताएका छन्।
सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकको विद्युत् महसुलसम्बन्धी विवाद निरूपण गर्न रायसहित प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद यही चैत २५ गतेसम्म थप गरेको छ।
भावनगर मेडिकल कलेजमा कार्यरत इन्टर्न र अनुभवी डाक्टरहरूका बीच डा. गणेश बरैयाको बेग्लै उचाइ छ। तर उनको त्यो उचाइ भने शारीरिक नभएर संकल्पको उचाइ हो।
सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधानबारे अध्ययनका लागि उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्की नेतृत्वको तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शर्माले गृहमन्त्री लामिछानेविरुद्ध कुनै आधार र प्रमाण नदेखिएकाले संसदीय समितिको आवश्यकता नरहेको सरकारको धारणा रहेको बताइन्।
भूकम्प गएको झन्डै आठ वर्ष बितेपछि बल्ल मन्दिर मर्मत सम्पन्न भएको भनिएको छ। तर यो पहिलेको स्वरूपमा छैन।
ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनले सर्वोच्च अदालतले सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको भन्दै देशका मुख्य शहरकेन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको छ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले म्याग्दीको राहुघाटबाट मुस्ताङको घाँसा खण्डमा १४ वटा पहिरोले करिब पाँच किलोमिटर सडक जोखिममा रहेको जानकारी दिए।
प्रधानन्यायाधीश श्रेष्ठले न्याय, समानता र विधिको शासन प्रत्याभूतिका लागि महिलाको समान प्रतिनिधित्व र नेतृत्वदायी भूमिका अपरिहार्य रहेको बताएका छन्।
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई बयान सकिएपछि कान्छो छोरा निर्मल महराको जिम्मामा छाडिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।
एकीकरण अभियानमा महत्वपूर्ण सहयोग गरेका मगर जातिलाई उपत्यका छिर्ने गौँडा कुर्न विभिन्न स्थानमा जग्गा दिइ बसोबास गराउने क्रममा भैँसेपाटीमा ५०० रोपनी जग्गा दिइएको शिलालेखमा उल्लेख छ।
उपत्यकावासीलाई सतहमुनिको पानीले सहजता दिलाएको छ। तर सतहमुनिको पानी पनि सुक्दै गइरहेको छ। यसले जमिनसमेत भासिने खतरा बढाएको छ।
बैठकमा आगामी पाँच वर्षका लागि नेपाल र बैंकबीचको साझेदारी खाका निर्माण एवं माथिल्लो अरुण जलविद्युत र दूधकोशी जलासययुक्त आयोजना अगाडि बढाउने विषयमा छलफल भएको थियो।
६३ दिनको बसाइपछि विगतप्रति पछुतो मान्दै घर फर्किएका उनी ड्राइभिङ लाइसेन्स लिएर कामका लागि कुवेत जाँदै छन्। सुधारगृहबाट फर्किएपछि कुनै किसिमको लागुऔषध नलिएको उनी बताउँछन्।
सुपारी बिक्री तथा बजारीकरणमा समस्या नभएको किसानले बताएका छन्। व्यापारीले बगानमा नै आएर प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्ममा खरिद गरेर लैजाने गरेका छन्।
मिटरब्याज पीडितसँग सरकारले फागुन २९ मा चार बुँदे सहमति गरेको थियो। जसको पहिलो बुँदामै समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्ने उल्लेख छ।