AnonymousUser

Logout

नेपाली उत्पादनमा ‘ब्रान्डिङ’को खाँचो

स्वदेशमै खपत भइरहेका कतिपय उत्पादनले समयसापेक्ष ‘लेबलिङ’ र ‘ब्रान्डिङ’ गर्न नसक्दा आयातित वस्तुले तिनलाई विस्थापित गर्दै लागेको छ। उत्पादनले उचित मूल्य पाउन सकेको छैन।

च्याम्पियन्स लिग: म्यानचेस्टर सिटी र रियल मड्रिडको रोमाञ्चक बराबरी

मंगलबार राति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल ३–३ को बराबरीमा सकिएको हो।

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

जात्रा

शुरू भयो बिस्का जात्रा

भक्तपुर– भक्तपुरको प्रसिद्ध बिस्का बिस्केट जात्रा मंगलबारबाट शुरू भएको छ। भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा शुरू भएको हो। नववर्षको आगमनसँगै शुरू हुने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धूमधामसाथ भक्तपुरमा मनाइन्छ। तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

डढेलो निभाउने क्रममा घाइते भएका ३ सैनिकको मृत्यु

ठूलीभेरी नगरपालिका–४ स्थित मस्टा सामुदायिक वनको डढेलो नियन्त्रणमा लिने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ।

ह्विलचियर बास्केटबलको सेमिफाइनलमा पुगे २ विभागीयसहित ८ टोली

दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबलमा दुई विभागीयसहित आठ टोली सेमिफाइनलमा पुगेका छन्।

शक्तिशाली भूकम्पपछि इन्डोनेसियामा सुनामीको चेतावनी जारी

इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मंगलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ। 

साझाले सञ्चालनमा ल्यायो १.१ मेगावाट क्षमताको चार्जिङ स्टेसन

साझा यातायातले ठूला विद्युतीय बस चार्ज गर्न चार्जिङ स्टेसन प्रयोगमा ल्याएसँगै आफूसँग रहेका सबै बिजुली बस पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने जनाएको छ।

साझा यातायात

साझाले निर्माण गर्‍यो १.१ क्षमताका चार्जिङ डिपोट

साझा यातायातले नेपालमै पहिलो पटक १.१ मेगावाट क्षमताको चार्जिङ डिपोट निर्माण गरेको छ। डिपोटको मंगलबार भौतिकमन्त्री रघुवीर महासेठले उद्घाटन गरे। त्यसमा २४ वटा समानान्तर चार्जिङ प्वाइन्ट रहेको छ। यस्तै, साझाले ४० वटा विद्युतीय बस पनि सञ्चालनमा ल्याएको छ। 

सशस्त्र प्रहरीको गोदाममा आगलागीबारे छानबिन गर्न गृहले बनायो समिति

गृह मन्त्रालयले बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारणमा सोमबार साँझ भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरेको छ।

केही हजार पेन्सन र राजनीतिक नियुक्तिको लोभमा मौलाउँदै विशिष्ट श्रेणीमा बढुवाको ‘रोग’

केही दिनमै अवकाश हुने कर्मचारीलाई पहुँचका भरमा विशिष्ट श्रेणीमा बढुवा गर्ने, तिनैलाई पछि राजनीतिक नियुक्ति दिने प्रवृत्तिले ती निकाय स्वतन्त्र नहुने त छँदैछ, देशलाई अर्थहीन भार पनि परिरहेको छ।

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।

गण्डकीका मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

रिट निवेदनमा एमाले नेता खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा गरिएको नियुक्ति उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरिएको छ।

कावासोतीमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

मंगलबार दिउँसो गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी महतोको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा २ दिन बिदाको प्रस्ताव

आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।

शेयर बजारमा ४ अर्बभन्दा बढीको कारोबार

सामान्य अंकको वृद्धि भएको नेप्से परिसूचकमा चार अर्बभन्दा बढीको कारोबार भएको छ।

वन्यजन्तुको चोरीतस्करीमा संलग्न ‘पहुँचवाला’लाई राष्ट्रिय निकुञ्ज कार्यालयद्वारा सफाइ

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) रामचन्द्र खतिवडाले पहुँचवाला सांसद र उनी निकटकालाई उन्मुक्ति दिएर पहुँच नपुग्ने सर्वसाधारणलाई मात्र कैद र जरिबानाको सजाय सुनाएका हुन्। 

कृषि निर्देशनालय गण्डकीका तत्कालीन निमित्त प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पकवादी कृषि सहकारी संस्थाको भवन निर्माण गर्न दिएको अनुदान दुरुपयोग गरेको आरोपमा अख्तियारले कृषि विकास निर्देशनालय, गण्डकीका तत्कालीन निमित्त प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

राप्रपाको प्रदर्शनमा झडप, प्रहरीले प्रहार गर्‍यो टियर ग्यास र पानीको फोहरा

प्रदर्शनकारीले निषेधित क्षेत्र उल्लंघन गर्ने प्रयास गरेपछि सिंहदरबारअगाडि भद्रकाली सडकमा प्रहरीसँग झडप भएको हो।

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।