AnonymousUser

Logout

भक्तपुरमा बिस्का जात्रा शुरू, भैरवको रथमा पूजा गर्नेको भिड 

सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयले जनाएको छ। दिउँसो तीन बजेदेखि भैरवको रथ तान्ने तयारी छ।

कैलालीमा दिदीबहिनी मृत फेला

घोडाघोडी नगरपालिका–१० का २७ वर्षीया श्रीमालु र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको धुरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

सर्वाेच्चको आदेशले आरतीमा जागेको न्याय पाउने आशा

न्यायाधीश श्रीमान‍्बाटै अन्यायमा परेकी आरती पाँच वर्षदेखि न्यायको खोजीमा थिइन्। गत बुधबार सर्वाेच्च अदालतले प्रतिवादीलाई थुनामा राखेर मुद्दा चलाउन आदेश दिएसँगै उनलाई न्याय पाउने आशा जागेको छ।

भारतको नैनीतालमा जिप दुर्घटना, ७ नेपालीको मृत्यु

नैनीतालको बेतालघाट मल्लागाँउबाट टनकपुरतर्फ आइरहेको जिप मंगलबार बिहान दुर्घटना भएको हो। मृत्यु भएका सबै नेपाली नैनीताल क्षेत्रमा पानी सम्बन्धी परियोजना निर्माणमा मजदुरी गर्दै आएका थिए। 

प्रतितोला १ लाख ३६ हजार ३०० पुग्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ३६ हजार ३०० रुपैयाँ पुगेको छ। 

कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने 

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। 

सर्लाहीमा शल्यक्रिया सेवा शुरू भएसँगै प्रसूति सेवा लिने बढे

सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा चैत १ गतेदेखि सीएससहितको बर्थिङ सुविधा शुरू भएको हो। हालसम्म १२ जनाले यो सेवा लिएका  छन्।

नहर भत्किएपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

विद्युत् अवरुद्ध हुँदा पातारासी पालिकाका–४, ५ र ६ वडाका करिब ८०० घर विद्युत् सेवाबाट वञ्चित भएका छन्‌। गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावित भएको छ।

महोत्तरीको मटिहानीस्थित फर्निचर उद्योगमा आगलागी, ३५ लाखको क्षति

मटिहानी बजारमा सञ्चालित भरत फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको हो। 

रुसमा दशककै ठूलो बाढी, स्थानीयद्वारा विरोध प्रदर्शन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्ने कुनै योजना नभएको बताएपछि स्थानीय प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले आर्थिक सहयोगको माग गरेका छन्।

कृत्रिम बौद्धिकता: मेसिनलाई मान्छेझैँ सोच्ने बनाउन सकिएला?

यन्त्रमा मान्छेकोझैँ दिमाग, चेतना र मानसिक अवस्था विद्यमान हुन सक्छन् त? भन्ने नै मुख्य दार्शनिक प्रश्न हो। यो अन्य दिमागी र चेतनाको कठोर समस्यासँग सम्बन्धित छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जनसहित वर्षाको सम्भावना 

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

घोडेजात्रा

टुँडिखेलमा अश्वकला प्रदर्शन

घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गरेको छ। सेनाले प्रदर्शन गरेको अश्वकला अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत टुँडिखेल पुगेका थिए। \n\nसो क्रममा घोडादौड, म्युजिकल रेस, सोजम्मलगायत प्रतिस्पर्धा गराइएको थियो भने सैनिक कुकुरको कौशल प्रस्तुत गरिएको थियो। प्रदर्शनमा उत्कृष्ट हुनेहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका थिए।\n\nकाठमाडौँ उपत्यकाका नेवार समुदायले चैत्र कृष्ण औँसी तिथिमा मनाइने घोडेजात्रालाई ठूलो चाडको रूपमा पनि मनाउने गर्दछन्। यस दिन विवाह भएर गएका आफ्ना छोरीचेलीलाई बोलाएर भोज खुवाउने प्रचलन छ भने काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ या पिशाचेश्वर महादेवको पूजाअर्चना गर्ने पनि परम्परा छ। तस्वीर : कृष्पा श्रेष्ठ

सशस्त्र प्रहरीको गोदामघरको आगलागी नियन्त्रणमा, घटनाबारे बुझ्न छानबिन समिति गठन

बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदामघरमा भएको आगलागीबारे छानबिन गर्न एआईजी वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन भएको छ।

नेपालले वेस्टइन्डिज ‘ए’सँग टी२० शृंखला खेल्ने

नेपालले घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ टिमसँग पाँच खेलको टी२० शृंखला खेल्ने भएको छ।

ह्विलचियर बास्केटबलमा १३ टोली सहभागी हुने

मंगलबारदेखि शुरू हुने दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोली सहभागी हुने भएका छन्।

पाटनको एकल घोडेजात्रा : परम्परा जगेर्ना गर्न निरन्तरता

परापूर्वकालदेखि चलिआएको परम्परा जगेर्ना गर्न एकल घोडेजात्रालाई निरन्तरता दिइरहेको ललितपुर महानगरपालिका–९ का वडा अध्यक्ष राजु महर्जन बताउँछन्।

म्याद गुज्रिएको केमिकल भेटिएपछि नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशकसहित २ जना पक्राउ

अनुगमन समितिका सदस्य सचिव विपिनकुमार लालदासले मेडिकल कलेजको प्रयोगशालामा निरीक्षण गर्दा म्याद गुज्रिएका केमिकल तथा रिएजेन्ट फेला परेको जानकारी दिए। 

६ प्रकारका सरकारी कागजात सुरक्षण मुद्रण केन्द्रबाट मात्रै छाप्ने गरी प्रतिवेदन पारित

संसदीय समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभिन्न ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने गरी सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ सम्बन्धी प्रतिवेदन पारित गरेको छ। 

बैंकर र व्यवसायी छुट्ट्याउने बाफिया : व्यावहारिक नभएको बैंकरको प्रतिक्रिया, वित्तीय सुशासन दिने विज्ञको दाबी

विधेयकमा गरिएको प्रस्ताव संसद्‌बाट पारित भएमा बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी शेयर लगानी भएका व्यक्तिले नेपालको कुनै पनि बैंकबाट व्यावसायिक ऋण लिन पाउने छैनन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।