मतदानपछि मतपेटिका संकलन गर्न बिहान ४ बजेसम्म लागेकाले पनि गणना शुरू गर्न ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ।
घाइते चार जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
साइपाल गाउँपालिका–३ को काडा मावि र वडा नं. ५ को सामुदायिक भवन मतदान केन्द्रको मतपेटिका लिन हेलिकप्टर पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
विस्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ भने आसपासका २५ वटा घरमा पनि क्षति पनि भएको छ।
वित्तीय दुरुपयोगको सामयिक निरीक्षण र प्रतिवेदन सार्वजनिक भइरहेको हुन्छ, तर मानवीय संसाधनको दुरुपयोगको न त निरीक्षण हुन्छ, त्यसबारेको प्रतिवेदन नै बाहिर आउँछ।
शनिबार राति जितका लागि पाएको १९७ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
आइतबारदेखि बिहीबारसम्म तातो हावा तथा तातो लहर चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
शनिबार राति १०–११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ। चाँडै मतपेटिका आए शनिबार रातिबाटै मतगणना गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
धरान खानेपानी व्यवस्थापन बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोख्रेल खोलानाला सुकेर पानी ट्यांकीमा जम्मा हुन नसकेका कारण वितरण गर्न नसकिएको बताउँछन्।
तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६०० जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको लगानी बोर्डले जनाएको छ।
शनिबार आएको हुरी बतासले बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएको वडा सदस्य चदाराले बताए।
बझाङ प्रदेशसभा १ मा शनिबार भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ।
डाक्टर भएपछि डा. अखण्ड उपाध्याय दुई वर्षदेखि डोल्पामा छन्। उनी बस्न थालेपछि औषधि पनि डोल्पा पुगिरहेको छ। तर उनी उपचार मात्र गरिरहेका छैनन्, समाजसेवाबाट पनि डोल्पालीको मन जितिरहेका छन्।
उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
काठमाडौँका मुख्य सडकमा सवारी विपरीत लेनतर्फ जान बनाइएका ‘युटर्न’ प्रायः जेब्राक्रससँगै हुने गरेका छन्। कतिपय ठाउँमा सवारीचालकले लापरबाहीपूर्वक जेब्राक्रसबाटै सवारी मोड्ने गरेको देखिन्छ।
सहकारीका बचतकर्ता पीडितहरूले कानून विपरीत सहकारीबाट ऋण लिएर सञ्चालित कम्पनीका सञ्चालक, प्रबन्ध निर्देशक, महाप्रबन्ध निर्देशक पदमा रही काम गरेका व्यक्तिलाई पनि कारबाही गर्न माग गरेका छन्।
शनिबार दिउँसो ३:३० बजेसम्ममा इलाममा ६० हजार मत खसेको छ भने बझाङमा २६ हजार ५०० मतदाताले मतदान गरेका छन्।
कप्तान रोहित पौडेलको शतकप्रेरित नेपालले पाँच खेलको टी२० सिरिजअन्तर्गत पहिलो खेलमा वेस्टइन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको छ।
कास्की, तनहुँ, म्याग्दीलगायत जिल्लाबाट निर्माण सामग्री ढुवानी गरेर पर्वतका योजनामा प्रयोग गर्ने गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
सर्लाहीको सदरमुकाम मलंगवामा र ब्रह्मपुरी गाउँपालिकामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।