AnonymousUser

Logout

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद र २५ करोड जरिबाना

विशेष अदालतले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय र २५ करोड जरिबाना गरेको छ।

इलाम उपनिर्वाचन : फाकफोकथुमका ५ वडाको मतगणना सकिँदा सुहाङ ७८० मतले अगाडि

मतगणनाको ताजा नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङले कांग्रेसका उम्मेदवारसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण थालेको यूएईका प्रधानमन्त्रीको घोषणा

यूएईका प्रधानमन्त्री शेख मोहम्मदका अनुसार विमानस्थल ‘विश्वको सबैभन्दा बढी क्षमता’को र हालको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारभन्दा ‘पाँच गुणा’ ठूलो हुने छ।

बझाङ-१ मा एमालेको अग्रता कायमै

बझाङ–१ (क) मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७ प्राप्त गर्दै शुरूआती अग्रता कायमै राखेका छन्।

संसद्‍मा स्रोत संकुचनको परिणाम : जसलाई निगरानी गर्ने हो उसैको पैसामा अनुगमन

सरकारले पर्याप्त बजेट नदिँदा संसद् सचिवालयले समिति र यसका पदाधिकारीलाई कानून बमोजिम सुविधासमेत दिन सकेको छैन। नियमित गर्नुपर्ने काम रोकिएपछि राज्यका तीनमध्ये एक अंग व्यवस्थापिका कमजोर हुन थालेको छ।

फाकफोकथुमका ४ वडाको मतगणना सकिँदा सुहाङलाई ३४५ मतको अग्रता

इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन्।

हत्याका अभियुक्त ९ वर्षपछि पक्राउ

प्रहरीले सुनमाया किसान (सार्की) हत्याका अभियुक्तलाई ९ वर्षपछि पक्राउ गरेको छ।

दाङको राजपुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले

दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्।

नेप्से परिसूचक १४.३३ अंकले बढ्यो, कारोबार रकममा सामान्य सुधार

धितोपत्र बजारमा आइतबार ६८ लाख ७८ हजार १६९ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बझाङ उपनिर्वाचन: २ वडाको मतगणना सकिँदा एमालेका भण्डारीलाई ७५७ मत

बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ।

'श्रमाधान कल सेन्टर'को कामलाई प्रभावकारी बनाउन कार्यविधि जारी

श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याएर समाधान गर्ने सुविधा हो।

वेस्टइन्डिज ‘ए’सँगको दोस्रो खेलमा नेपाल १० रनले पराजित

पाँच खेलको टी२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल वेस्टइन्डिज ‘ए’सँग १० रनले पराजित भएको छ।

शंखमूलमा भएको आगलागी नियन्त्रणमा

काठमाडौँ महानगरपालिका–३१ शंखमूल दोभानपुलमा आइतबार भएको आगलागी नियन्त्रणमा आएको छ।

युरोपमा रोजगारीको रहरले कहर : दुर्घटना, अलपत्र र ‘डिप्रेसन’मा नेपाली

युरोपमा रोजगारीका लागि जानेहरूले कानूनी प्रक्रिया नपुर्‍याउँदा र सम्बन्धित देशको कानूनी व्यवस्था नबुझ्दा समस्यामा पर्ने गरेका छन्। उनीहरूलाई सेवा दिन र पिरमर्का बुझ्न अधिकांश देशमा दूतावाससमेत छैन।

बझाङ उपनिर्वाचन: ४०० मत गन्दा एमालेका भण्डारीलाई अग्रता

बझाङमा जारी मतगणनामा एमालेका दमनबहादुर भण्डारीले शुरूआती अग्रता लिएका छन्।

इलाम उपनिर्वाचन : कांग्रेसका खड्कालाई प्रारम्भिक अग्रता

इलाम–२ को मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको अग्रता देखिएको छ। उनलाई एमालेका सुहाङ नेम्बाङले पछ्याइरहेका छन्।

के-के सुविधा छन् लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा?

अध्यादेशमा लगानीकर्ताले विदेशमा शाखा कार्यालय वा इकाई खोल्न सक्ने व्यवस्था पनि गरिएको छ।

डाटा सेन्टर निर्माणसहित २ लगानी सम्झौतामा हस्ताक्षर

काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा दुई वटा लगानी सम्झौतामा हस्ताक्षर भएको छ।

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो १६१ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो। 

विश्व आर्थिक मञ्चको प्रमुख अजेन्डा: गाजामा युद्धविराम 

बैठकमा एक हजारभन्दा बढी सहभागीमध्ये १२ जना राष्ट्राध्यक्ष र सरकार प्रमुखको सहभागिता रहनेछ।  सो क्रममा गाजामा जारी मानवीय अवस्था र इरानसँगको क्षेत्रीय पक्षबारे पनि छलफल हुनेछ।