AnonymousUser

Logout

यस्तो रहनेछ बिहीबारको मौसम

देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

टेबलटेनिस च्याम्पियनसिपमा नेपाललाई १ रजत र ५ कास्य

नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ।

विकल पौडेललाई थुनामा पठाउन अदालतको आदेश

विशेष अदालतले केही दिनअघि सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार र झुटो विवरण बुझाएर लाभ लिएको छुट्टाछुट्टै दुई भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिरी जमानीमा छुटे

अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो।

मापसे

मापसे गरी गाडी चलाउँदा बन्नुपर्‍यो ट्राफिक स्वयंसेवक

मादक पदार्थ सेवन मापसे गरी सवारी चलाएका चालकलाई प्रहरीले ट्राफिक स्वयंसेवकमा खटाउन शुरू गरेको छ। आज बुधबारदेखि काठमाडौँका विभिन्न स्थानबाट पछिल्लो समय मापसे गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हो। गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेका थिए। तर, यो निर्णय हचुवाका भरमा गरेको भन्दै यसको चाैतर्फी विरोध भइरहेको छ। तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

दिल्लीको तापक्रम ५२ डिग्री सेल्सियस, पानी खेर फाल्नेलाई २ हजार जरिबाना

दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेसनले दिउँसो साढे दुई बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको छ। यो दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो।

जापान गइरहेका नेपालीः विद्यार्थी भिसामा जान सहज, गएपछि कमाउने लक्ष्य कठिन

विद्यार्थी भिसामा जापान जाने धेरैले सपिङ स्टोरमा वा खाना प्याकिङ र यातायात सम्बन्धी काम गर्छन्। जापानले विद्यार्थी भिसालाई सहज बनाए पनि २८ घण्टाभन्दा बढी काम गर्न अनुमति नहुँदा कतिपयले समस्या भोग्छन्।

अत्यधिक गर्मीका कारण जनकपुरका विद्यालय ५ दिन बन्द

बुधबार एक विज्ञप्ती जारी गर्दै उपमहानगरपालिकाले बिहीबारदेखि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

बजेट यथार्थपरक र संयमित आए पनि कार्यान्वयन चुनौतीपूर्ण: नेपाल चेम्बर

आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने सरकारी लक्ष्यसमेत चुनौतीपूर्ण भएको चेम्बरले जनाएको छ।

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा बुधबार पाँच हजार ६४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो।

दोहोरो अंकले घट्यो शेयर बजार, ४ अर्ब ५७ करोडको कारोबार  

५६ कम्पनीको शेयरमूल्य बढ्दा चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे पुन: नियुक्त

खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै सर्वोच्चले सोमबार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

चन्द्रागिरिमा निःशुल्क सवारीसाधन परीक्षण शिविर सञ्चालन

चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। यसका लागि नगरपालिकाले घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिकता दिएको छ।

जलवायु संकट सामना गर्न हिमाली राष्ट्रसँग सहकार्यको हात बढाउँदै समुद्रतटीय देशहरू

तापक्रम वृद्धिका कारण हिमाल पग्लिँदाको असर समुद्रतटीय देशमा समेत पर्ने भएकाले हिमालको मुद्दामा सहकार्य गर्नुपर्ने आवाज जलवायुको क्षेत्रमा क्रियाशील वैज्ञानिक र सम्बन्धित देशका प्रतिनिधिले उठाएका छन्।

प्यालेस्टाइनलाई राज्यको मान्यता दिने अभियानलाई संयुक्त राष्ट्रसंघद्वारा स्वागत

प्यालेस्टिनी जनताको स्वतन्त्र राज्यको अधिकारसहित आत्मनिर्णयको अधिकारलाई पुष्टि गर्नेबारे यही मे १० को राष्ट्रसंघीय महासभाको प्रस्तावपछि मान्यता दिने क्रम बढेको हो।

कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र

तरकारीखेती, पशुपालन, दुग्ध व्यवसाय, सीपमूलक तालिम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित होमस्टे, सडकको पहुँच, जडीबुटी तथा वन पैदावारले ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको छ।

सिड्स कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड

सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगतिबारे समीक्षा भएको न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

प्रधानमन्त्री कप भलिबल: उद्घाटन खेलमा टिपटप र बुढानीलकण्ठ भिड्ने

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहने छ।

खेल पूर्वाधारबाट आत्मविश्वास जुटाइरहेको कर्णाली

प्रदेश संरचनाहरू अपेक्षाअनुसार दौडिन सकेका छैनन्, त्यसमा कर्णाली प्रदेश झन् पछाडि छ। प्रायः विकट भूभागयुक्त यो प्रदेश १०औँ राष्ट्रिय खेलकुदका पूर्वाधार निर्माणबाट आत्मविश्वास आर्जन गर्न जुटिरहेको छ।

तराईका जिल्लामा ३ दिनसम्म तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।