आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या पाँच हजारभन्दा बढी रहेको छ।
मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको छ भने ललितपुर, काठमाडौँ, प्युठान, कैलाली र रूपन्देहीमा हैजाका बिरामी भेटिएका छन्।
गाजाको नागरिक सुरक्षा विभागका अनुसार इजरायलले अल–ताबिन विद्यालयमा रहेको हमासको ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको हो।
तीन वर्षअघि विश्वव्यापी अनलाइन पालम प्रतियोगितामा उत्कृष्ट तीनमा परेकी सुनितालाई बाहिरी संसारका लिम्बू जातीय समुदाय र शुभेच्छुकमाझ चिनाउन ताप्लेजुङकै अर्की गायिका झुमा लिम्बूले काठमाडौँ ल्याएकी हुन्।
एक वर्षभित्र कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन तयार रहेको नेपालका लागि चीनका राजदूत छन सङले बताएका छन्।
राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगन्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्।
उपत्यकाको उँचो भागमा शिखरशैलीमा रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ।
पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको फाइनलमा स्पेनले फ्रान्समाथि ५–३ को जितसहित स्वर्ण जितेको हो।
बेनी नगरपालिका–४ सिंगा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बांगेभिर र मंगला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ।
राज्यको प्रभाव न्यायपालिकामा समेत रहेका मुलुकमा न्याय र सम्झौताबीच धेरै फरक हुन्न र न्यायालय नै सम्झौतामा जनतालाई चित्त बुझाउन प्रेरित गर्छ।
ब्राजिलको दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडेको भोपस एयरलाइन्सको टर्बोप्रप विमान भिन्हेडो शहरमा खसेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
काठमाडौँको कमलादीस्थित सडकमा शुक्रबार वारपार भ्वाङ परेपछि आवागमन ठप्प छ। डेढ महिनाअघि सोह्रखुट्टेमा, अलि पहिले बानेश्वरमा पनि यस्तै भएको थियो।
छानबिन समितिले छनोट प्रक्रियामा पेश भएका कागजातहरूको आधिकारिकताको जाँचका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने श्रम मन्त्रालयले जनाएको छ।
बांग्लादेशमा भएको पछिल्लो घटनालाई सन्दर्भ बनाएर बांग्लादेश, नेपाल र श्रीलंकाका पाँच नागरिकले संयुक्त रूपमा भारतलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आह्वान गरेका छन्।
आन्दोलन
निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाउन माग गर्दै पीडितले आन्दोलन शुरू गरेका छन्। बादसाहविरुद्ध अदालतमा मुद्दा पठाउन सरकारले सहमति गरे पनि प्रदेश मन्त्री बनाउँदै सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै पीडितहरू थप आक्रोशित बनेका हुन्। उनीहरू शुक्रबार काठमाडौँको कलंकीबाट खालीखुट्टा हिँडेर माइतीघर पुगेका छन्। तस्वीर: नेपाल फोटो लाइब्रेरी
भारतीय विदेशसचिव विक्रम मिस्री नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्ने भएका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपबारेमा जानकारी माग गरेको छ।
नेवाः भोजका परिकारहरू खाजा सेटको रूपमा बजारीकृत भएसँगै यसको लोकप्रियता पनि फैलँदै छ। फास्टफुडको दुनियाँमा नेवाः खाजा स्वास्थ्य र स्वाद दुवै हिसाबले अब्बल भएको अध्येताहरूको ठम्याइ छ।
कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणसामु प्राप्त उपलब्धिलाई संस्थागत गर्नु, उत्पादित विद्युत्को बजार व्यवस्थापन तथा विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धिजस्ता चुनौती रहेको बताएका छन्।