AnonymousUser

Logout

प्राधिकरणले लेखा समितिलाई बुझायो डेडिकेटेड र ट्रंकलाइनको विवरण

‘टीओडी लोड प्रोफाइल’, टीओडी डाउनलोड, लगसिट, एमपावरको बिल, छुट बिल, विभिन्न तहका अदालतले गरेको फैसलालगायतका सबै विवरण लेखा समितिलाई बुझाएको प्राधिकरणको भनाइ छ।

पटक–पटक हवाई दुर्घटना हुनु हाम्रो आकाश सुरक्षित नभएको संकेत : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको संकेत गरेको बताएका छन्।

हवाई सुरक्षा मापदण्डबारे स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

संसदीय समितिले हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए/नभएको अवस्थाबारे जाँचबुझ र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको छ।

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

जापानको दक्षिणी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि सरकारले सुनामीको चेतावनी जारी गरेको छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, २० अर्बको शेयर कारोबार

बिहीबारको कारोबारमा ६ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

‘कोशीमा बाढी आएपछि ठेक्कापट्टाको हिसाब शुरू हुन्छ’

‘तटबन्धले जैविकता, समाज, पर्यावरण, जल आधारित परम्परागत अर्थ व्यवस्था सबैलाई क्षति पुगिरहेको छ भने तटबन्ध बनाउने नीतिलाई किन हटाइँदैन? यसबाट कसलाई लाभ छ र को हुन् यसपछाडिका खेलाडी?’

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कानून समितिबाट पारित

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ।

मगर खाम भाषा लोप हुने जोखिम, संरक्षणमा बुढापाकाको जोड

बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा बोलिने मगर खाम भाषाको प्रयोग हुन छाडेको छ। पश्चिममा संस्कृतिको प्रभावले मौलिक कला र संस्कृति लोप हुँदै गएको बुढापाका बताउँछन्।

बाढीको डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी

राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ। अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ।

सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी

स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि जलमग्न हुने गरेको छ। यसबाट बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन्। 

गर्मीले तातेको मधेशमा अघोषित ‘लोडसेडिङ’, घन्टामै १५ पटकसम्म बिजुली आउँदै-जाँदै

मधेश प्रदेशका जिल्लामा अनियमित रूपमा पटकपटक बिजुली काटिँदा गर्मीमा सकस भएको अधिकांशको गुनासो छ। बर्दिबासमा त गत साता स्थानीयले एक घन्टा राजमार्ग नै अवरुद्ध गरेर विरोध जनाएका थिए।

बडिगाड पहिरो: ३ बालबालिका अझै बेपत्ता

बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेर सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापा बेपत्ता भएका छन्।

म्याग्दीका ग्रामीण भेगमा केन्द्रीय प्रसारण लाइनको बिजुली

मालिका गाउँपालिका–१ निस्कोटका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको छ। 

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा यस वर्ष ७३ जिल्लाका दुई हजार ३६५ जनामा डेंगी संक्रमण र एक जनाको मृत्यु भएको छ।

क्षिरेश्वरनाथ सर्पदंश उपचार केन्द्र बन्द हुने अवस्थामा

स्थानीय निकाय र व्यवस्थापन समितिले बजेटको स्रोत जुटाउने र अस्पताल व्यवस्थापन गर्ने सहमति भएकामा स्थानीय निकायले बजेट नदिँदा अस्पताल बन्द गर्ने अवस्थामा पुगेको छ। 

किन बुझ्नुपर्छ सामूहिक स्मृति र सांस्कृतिक पहिचान?

सामूहिक बसाइसराइ, भिन्न संस्कृतिसँगको सहकार्यका कारण हाम्रो विश्वदृष्टि र पहिचान बदलिँदै छ। वैश्विक सन्दर्भमा नेपाली पहिचान र संस्कृतिलाई समेत पुनः परिभाषित गर्नुपर्ने देखिन्छ।

टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ओभरसुट’

फ्लाइट राडरका अनुसार बिहीबार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो। 

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी र बागमतीका थोरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै

'रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो,' अरुणका भतिज रिम मल्लले भने।