पर्व
९ वर्षपछि सर्वसाधारणका लागि पुनः खुलेको धरहरा चढ्नका लागि यति बेला सर्वसाधारणको भिड लागिरहेको छ। धरहरा हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरा खुला गरिएको हो। धरहरा चढ्नका लागि अनलाइनबाट बुकिङ गरी चढेन सकिन्छ। शुक्रबार सन्ध्याकालमा वरिपरि बालिएको बत्तीले मनमोहक धरहरा परिसरको दृश्य। तस्वीरहरू– नेपाल फोटो लाइब्रेरी
पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ।
युक्रेनले राष्ट्रिय सुरक्षाका लागि ‘खतरा’ रहेको भन्दै सरकारी, सेना र सुरक्षा अधिकारीका लागि ‘टेलिग्राम’को प्रयोगमा प्रतिबन्ध लगाएको छ।
चीनको जनमुक्ति सेनाका फौजसँग सञ्चालन हुने अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’मा सहभागी हुन नेपाली सेनाको टोली चीन प्रस्थान गरेको छ।
चालु आर्थिक वर्षको दुई महिनामा सिरहाका स्थानीय तहविरुद्ध २७० उजुरी परेका छन्।
मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ।
यो साता उकालोमा रविले ‘क्लिन चिट’ पाए कि अनुसन्धानमा तानिए?, उपराष्ट्रपति कार्यालयका फुर्सदिला कर्मचारी, मानव अधिकार आयोगले लुकाइरहेको प्रतिवेदन, किन रोकियो टेरामक्स प्रकरण? लगायतका खबर चर्चामा रहे।
सहकारी संस्थाबाट गोर्खा मिडियाका अध्यक्ष जीबी राई र उनका आफन्तको नाममा सहकारी कानून विपरीत ऋण तथा पेस्की गरी दुई अर्ब ५८ करोड बराबरको रकम पठाइ अपचलन भएको प्रतिवेदनमा उल्लेख छ।
बाढी कारण आवासविहीन भएका ४७ हजार १९ घरपरिवारका एक लाख ६१ हजार ५९२ मानिसहरूले ४२५ राहत शिविरमा आश्रय लिइरहेका छन्।
मन्त्रिपरिषद्ले नेपाल इन्टर मोडल यातायात विकास, काठमाडौँलाई दोधारा चाँदनी सुख्खा बन्दरगाह/एकीकृत जाँच चौकी निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय पनि गरेको छ।
‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा चामल, दाल, नुन, तेल, चिनी, जिरा, चिउरा, पिठो लगायतका खाद्य वस्तु राखिएको छ। खाद्य व्यापार कम्पनीले यी सामग्रीमा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म छुट दिइरहेको छ।
समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत क्रमशः सेवा लम्साल र चित्रलेखा यादवमाथि उजुरी आह्वान गरेको छ।
मध्यविन्दु–११ कुसुण्डेमा फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन शुरू गरिएको छ।
‘मुख्य कुरा आवश्यकता र अभाव रहेछ। अप्ठ्यारोले बलियो बनाउँदो रहेछ। बिहेवारी भएपछि जिम्मेवारी थपियो, खर्च बढ्यो। अभावले तनाव दियो, त्यसैको समाधान खोज्दा दुनाटपरी उद्योग जन्मियो।’
न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्। ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
राष्ट्रिय नाचघर जमलमा बिहीबार कवि डा. नवराज लम्साल र श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल तथा हेम स्वयंले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा उक्त आयोजना बनिरहेको छ।
बिहीबार प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ।
ऋषिङ गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार २५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्। परीक्षणका रूपमा खेती गरिएको हो।
दैनिक ५० देखि १०० जनासम्म ज्वरोका बिरामी आउने गरेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको धौलागिरि अस्पतालले जनाएको छ।