इजरायलले दुई घरमा गरेको आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकाय जनाएको छ।
समुद्री सतहबाट चार हजार २५० मिटर उचाइमा रहेको आधार शिविरमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति शुरू गरिएको हो।
राज्यसंरक्षित मानवतस्करी, नक्कली शरणार्थी प्रकरणमा संलग्न पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गर्ने आदेशविरुद्ध पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गत फागुनमै गरेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर पठाइदिन पत्राचार गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गरेको हो।
हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगरपालिकाले भत्काएको छ।
२०५३ सालदेखि विद्युत् उत्पादन गरिरहेको विद्युत्गृहमा आंशिक क्षति भएको छ। खानेपानीका अधिकांश ट्यांकी र पाइप नष्ट भएका छन्।
शुक्रबार प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ६६ हजार कायम भएको छ।
बन्धक र कैदीको रिहाइका लागि युद्धविराम गर्न महिनौँदेखि निरर्थक देखिएको वार्ताको कतारले नेतृत्व गरिरहेको थियो।
बजारमा कोदोको माग बढेपछि किसानले यसको खेती पनि विस्तार गरेका छन्। कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेस्की दिएर जान थालेका छन्।
यस पटक हाम्रो गाउँमा ठूला मादल, सोरठी नाच्ने पहिरन, लय हालेर भट्याउने उस्ताद, सुरिलो भाकामा मुरलीसहित गाउँभरि सबैको स्वामित्व र सहभागिता रहने गरी भैली निस्किएन।
समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै सरकारले फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमणको आरोपमा चार जनालाई पक्राउ गरेको क्रोएसियाको प्रहरीले जनाएको छ।
मंसिर १४ गते यूएईमा आयोजना हुने यू१९ एशिया कप–२०२४ का लागि क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ।
सहमति अनुसार सबै वायुसेवा सञ्चालकले दुई पक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्नेछ।
शहरी क्षेत्रमा चियादानी, चियावाला, मट्का चिया, चियाघर, दाह्री भाइको चियालगायत विभिन्न नामका पसल खुलेका छन्। चिया मात्रै बेच्ने गरी खुलेका यस्ता पसल चिया पारखीका लागि भेटघाटको केन्द्र बनिरहेका छन्।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण ‘एकदम छोटो’ हुने र भ्रमणका क्रममा विगतमा भएका ‘उच्चस्तरीय समझदारी’ कार्यान्वयनमा जोड दिइने बताएका छन्।
काठमाडौँ
दशैँ, तिहार र छठ मनाउन गएकाहरू काठमाडौँ फर्किन थालेका छन्। काठमाडौँको कलंकी, थानकोट तथा भक्तपुरका नाकामा राजधानी फर्किनेको भिड लाग्न थालेको छ। चाडपर्व मनाउन काठमाडौँ छाडेकामध्ये शुक्रबारसम्म ९० प्रतिशत काठमाडौँ भित्रिइसकेको ट्राफिक प्रहरीले जनाएको छ। तस्वीर: फोटो लाइब्रेरी\r\n
पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसानहरू बताउँछन्।
एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री लीलाबल्लव अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको छ।