इन्टरनेट सेवा प्रदायक दर्जनौँ कम्पनीका तारको आ–आफ्नो सञ्जाल छ। उपभोक्ताले कुनै कम्पनीको सेवा बन्द गरेपछि तार ननिकालिँदा पोलमा भार थपिने गरेको छ। प्रयोगविहीन तिनै तार दुर्घटनाको कारण बनेका छन्।
पर्व
छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा–आराधना गरिन्छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व भगवान् सूर्यको पूजा–आराधना गरी मनाइने गरिन्छ। जनकपुरको गंगासार नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारी गरिएको छ। चारैतर्फ पक्कीघाट भएकोले श्रद्धालुहरूको पहिलो रोजाई गंगासागर हुने गरेको छ।
इरानले अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीति’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ।
रामेछाप, मन्थली, खाडादेवी गोकुलगङ्गा, लिखु तामाकोसीसहितका पालिकामा ड्रागन फ्रुटको व्यावसायिक खेती विस्तार हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ।
परीक्षा निरीक्षकले शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको उजुरीका आधारमा पुनः परीक्षण गर्दा उनी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
नेपालले दिएको १३१ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अलआउट हुँदै २२ रनमा समेटियो।
फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ।
काठमाडौँका नेवारी मिठाई पसलमा चाडपर्वका बेला भिडभाड हुन्छ। अरू बेला पनि बिहान तथा दिउँसो हलुवा, स्वारी र मालपुवा खान ग्राहक पुगेकै हुन्छन्। यी पसलमा कस्ता मिठाई बन्छन्?
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो।
बुधबार तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार १ लाख ६४ हजार ५०० रुपैयाँमा झरेको छ।
चिलिमे–मैलुङखण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर मल्टी सर्किट लाइन निर्माण गरिएको छ।
गभारोका कारण पोखराको फेवाफाँटस्थित एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो धानबाली सखाप भएको छ।
स्थानीय तहले क्षतिको पूर्ण विवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कोदोखेती गर्ने किसानलाई सरकारले आर्थिक अनुदान र प्रोत्साहन गरिदिए सहज हुने किसानको भनाइ छ। बीउ मात्रै उपलब्ध गराए पनि धेरै सहयोग पुग्ने उनीहरू बताउँछन्।
नेपालमा अहिले पनि लैंगिक समानता छैन। छाउपडी र बोक्सी प्रथा व्याप्त छन्। जबसम्म यस्ता प्रथा रहिरहन्छन् तबसम्म नारीवादका देनलाई यसले थिचिरहन्छ र झनै सशक्त नारीवादको आवश्यकता पर्छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ। छठको मुख्य दिन भएकाले बिहीबार सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन्।
राजनीतिक नेतृत्व रिझाएर लामो समय सूचना प्रविधि र सुरक्षण मुद्रणको क्षेत्रमा लुट मच्चाएका विकल पौडेलले खेपिरहेका ६ वटा मुद्दा राजनीति संरक्षित उनको ‘नेक्सस’ बुझाउन पर्याप्त छन्।
आईसीसी महिला यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद शुरूआत गरेको छ।