AnonymousUser

Logout

कमिसन एजेन्ट विस्थापित गर्ने बिचौलिया

सकारात्मकसमेत अर्थ दिने बिचौलिया शब्द आफै यस्तो बदनाम भएको छ कि, कसैलाई ‘बिचौलिया’ भनिँदा जघन्यभन्दा भयंकर अपराधी हो कि भन्ठान्नु पर्ने अवस्था छ।

१० वर्षअघि हराएको एमएच ३७० विमानको खोजी पुनः थाल्न मलेसिया सहमत

मलेसियाको मन्त्रिपरिषद् १० वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी शुरू गर्ने प्रस्तावमा सहमत भएको छ।

सेनाले निष्क्रिय पार्‍यो युनिभर्सल मेडिकल कलेजमा भेटिएको प्रेसर कुकर बम

नेपाली सेनाले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई निष्क्रिय पारेको छ।

कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको पत्र

मन्त्रालयले मातहतका कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मी कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ।

हेटौँडा सिमेन्ट उद्योगले आगामी सातादेखि उत्पादन थाल्ने

उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन शुरू गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए।

४३ वर्षमा १२ पटक विवाह र सम्बन्ध विच्छेद गर्ने जोडीमाथि ठगीको अनुसन्धान

अस्ट्रियाली एक दम्पतीले विगत ४३ वर्षदेखि ठगीको लागि विवाह र सम्बन्ध विच्छेदको नाटक रच्दै आएको खुलेको छ।

भारतमा ट्रकले ठक्कर दिँदा ७ जनाको मृत्यु, ३५ घाइते 

दुर्घटनापछि भएको आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन्।

वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजारभन्दा बढीको मृत्यु

वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार २१३ जनाको मृत्यु भएको हो। 

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

पुस २ गते तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार १ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ।

जसले सुन्तला बेचेर छोराछोरीलाई बनाए इन्जिनियर र नर्स

बास्कुना, सुर्केमेला र थामडाडाका ४० घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। लटरम्म फलेका सुन्तलाले गाउँ नै रंगिएको छ।

हिउँदमा पनि रोकिएन कर्णाली नदीको कटान

कर्णाली नदीले टीकापुर नगरपालिका–९ फाँटामा कटान गरिरहेको छ। एक हप्तामा दुई मिटर कटान भएको छ। कटान हुन थालेपछि स्थानीयले जनप्रतिनिधि गुहारेका छन्।

‘सेरेन्डिपिटी’को पर्खाइ

पछिल्ला वर्षमा ‘केही’ हुँदाहुँदै पनि नेपाली जनमानस अरू थप केही होस् र अझै राम्रो होस् भन्ने अपेक्षा राखिरहेका छन् भने त्यसमा अन्यथा मान्नुपर्ने पनि केही छैन।

प्रयोगमा आएन पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन

नयाँ भवन सञ्चालनमा नआउँदा नेपाल गण्डक नहरको भवनमा बस्नुपर्ने बाध्यता छ। प्राविधिक काम बाँकी रहेकाले प्रयोगमा ल्याउन नसकिएको गाउँपालिकाले जनाएको छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

पुटिन जुनसुकै बेला ट्रम्पसँग वार्ता गर्न तयार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग ‘कुनै पनि समय’ वार्ताका लागि तयार रहेको बताएका छन्।

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक शीघ्र टुंग्याउन सुझाव

संसदीय समितिको बैठकमा सांसद एवं विज्ञ सरोकारवालाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयकको मस्यौदा परिष्कृति गर्दै चाँडो टुंगोमा पुर्‍याइनुपर्ने बताएका छन्।

भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने

भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेल खेल्न पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल खेलाइने आईसीसीले जनाएको छ।

धापासीस्थित १ घरमा आगलागी

बिहीबार साँझ काठमाडौँको टोखा नगरपालिका– ६ धापासीस्थित एक घरमा आगलागी भएको छ।

मिटरब्याजको समस्या ज्युँका त्युँ, सरकार आयोगमाथि आयोग थप्दै

मिटरब्याज समस्या समाधान गर्न सरकारले दुई वर्षमा एउटा कार्यदल र दुई वटा आयोग बनाइसकेको छ। पछिल्लो पटक पूर्वन्यायाधीश तेजबहादुर कार्की नेतृत्वको आयोगको समयावधि नथपेको सरकार तेस्रो आयोग गठनको तयारीमा छ।

५ वर्षदेखि थन्किएका बस परीक्षणका रूपमा सञ्चालन

एडीबीको अनुदान सहयोगमा प्राप्त विद्युतीय सवारीमध्ये दुई वटा बस परीक्षणका लागि सञ्चालन शुरू गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।