AnonymousUser

Logout

युक्रेनी ड्रोन आक्रमणबाट रुसी तेल प्रशोधन केन्द्रमा आगलागी

युक्रेनी ड्रोन आक्रमणपछि रुसको दक्षिणी रोस्तोभ क्षेत्रका धेरै शहरमा हवाई प्रतिरक्षा सेवा सक्रिय पारिएको स्थानीय गभर्नर युरी स्ल्युसरले बताएका छन्।

एनपीएल : उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्ने

एनपीएलमा कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर फाइनलमा पुगेको छ। जनकपुर उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने छ।

नेप्से परिसूचक ३१ अंकले घटेर २५९६ को विन्दुमा सीमित

बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ को विन्दुमा सीमित भएको छ भने चार अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

वातावरण र संस्कृति विनाशको होडः विकासको मूल्य कति?

केबलकार बनाउन मुक्कुमुलुङका रूख ढालिए, सुनकोशीका विभिन्न आयोजनाले माझीहरूको घाट नै अतिक्रमण भयो, खानी उद्योगले बस्ती उजाडिए। विनाशका यस्ता उदाहरण आर्ट काउन्सिलमा चलिरहेको प्रदर्शनीमा देख्न पाइन्छ।

यू१९ एशिया कप: नेपाल र श्रीलंकाले अंक बाँडे

यू१९ एशिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको हो। 

नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता

गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।

अफगानिस्तानमा बस दुर्घटना: कम्तीमा ५२ जनाको मृत्यु

जनीको शाहबाज गाउँ नजिकै एउटा बस इन्धन ट्यांकरसँग ठक्कर खाँदा  दुर्घटना भएको थियो। अर्को बस पूर्वी जिल्ला अन्दरमा एउटा ट्रकसँग ठोक्किएको निसारले बताए। 

तोलामा १ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मध्यपहाडी लोकमार्ग: हरिचोक–याम्दी सडक कालोपत्र माघभित्र 

२०७९ साउनमा दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको यस खण्डमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन सकेको थिएन।

मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। 

म्याग्दीको दोसल्ले गाउँबाट १ करोड ५० लाखभन्दा बढीको सुन्तला  बिक्री

बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन्। सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन्।

१० वर्षको उमेरमा सम्बन्ध विच्छेद गरेकी नुजूदका नाममा…

कुरा स्पष्ट छ- म, तपाईं र हामी ‘अन्डरएज’ आमाबाट जन्मिएका सन्तान हौँ भने हाम्रा आमामाथि पक्कै बलात्कार भएको थियो र हामी त्यसका उपज हौँ।

रियल मड्रिडले जित्यो अन्तरमहादेशीय कप

रियल मड्रिडलाई उपाधि दिलाउन केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले समान १–१ गोल गरे।

कालोपत्र सडकले जोडियो सर्दी, सहज बन्यो यात्रा

विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्रले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ।

परराष्ट्रमन्त्री देउवा बर्लिनबाटै भारत प्रस्थान

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्।

लेबनानको पुनर्निर्माणका लागि विश्वबैंक तयार

विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्वबैंक तयार रहेको बताएका छन्।

बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह

नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग आज भएको भेटमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यस्तो आग्रह गरेका हुन्।

आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोगले उनीहरूको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न आग्रह गरेको छ।

चीन निर्यातका लागि चाहिन्छ दैनिक ५ हजार राँगा, तर घट्दैछ राँगाभैँसी पालन

तीन वर्षअघि नेपालमा २९ लाखभन्दा केही बढी राँगाभैँसी थिए, जबकि चीनले चाहे अनुसार निर्यात गर्दा वार्षिक १८ लाख राँगा चाहिन्छ। किसानलाई राँगाभैँसी पालनमा प्रेरित गर्न के छ सरकारको योजना?