गृहिणीका घरेलु कामलाई न त आर्थिक रूपमा मूल्यांकन गरिएको छ, न त औपचारिक रूपमा अभिलेख गरिएको छ। यसलाई हाम्रो घर र समाजले मात्र होइन, विश्व अर्थतन्त्रले समेत काम मानेको छैन।
सम्झौताअनुसार अस्पताल भवन निर्माणको म्याद २०८० पुसमा नै सकिएको हो। म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि मंसिरमा सकिएको छ।
दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहनेछ।
पूर्वगृहमन्त्री रवि लामिछाने सूर्यदर्शन सहकारी ठगी मुद्दामा अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने शर्तमा हिरासतमुक्त भएका छन्।
अदालतले सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ‘अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिएको’ उल्लेख गर्दै ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
युनेस्कोले काठमाडौँलाई ‘फिल्म सिटी’को सूचीमा राखेको एक वर्षसम्म महानगरले आफ्नै योजना कार्यान्वयनको कार्यविधिसमेत बनाउन सकेको छैन। जबकि, चार वर्षसम्म योजनाअनुरूप काम नभए सूचीबाट हटाइने जोखिम हुन्छ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छोड्न आदेश दिएको छ।
आफूविरुद्धको अनुसन्धान प्रभावित पार्न १ लाख रुपैयाँ लिएर अख्तियार पुगेका अछामको मेल्लेखका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरेर १ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी सांसद शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको छ।
तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार गएको भूकम्पपछि बिहीबार अपराह्नसम्म कुल एक हजार २११ वटा परकम्प गएको छ।
धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ।
बिहीबार नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ को विन्दुमा सीमित भएको छ।
भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धकलाई कुटपिट गरेको आरोपमा भीमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन्।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बहस सकिएको छ।
डढेलो शहरमा प्रवेश गरेपछि कम्तीमा एक हजार ५०० भन्दा बढी घर जलेर नष्ट भएका छन्। एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन्।
चीनलगायत केही मुलुकमा फैलिरहेको ह्युमन मेटान्युमो भाइरसले अर्को महामारीको रूप लिन सक्ने आशंका सामाजिक सञ्जालमा भइरहँदा विज्ञहरूले त्रसित हुन नपर्ने बताएका छन्।
पृथ्वीनारायण शाहको समयका आधिकारिक सामग्रीको परिशीलन गरी शाहबारे चल्दै आएका विभिन्न भ्रम चिर्दै वस्तुस्थिति खोतल्ने काम पुस्तकमा गरिएको छ।
चिसोले विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका छन्।
आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीयले आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका छन्।
पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मीले बागमती प्रदेशविरुद्ध १५२ रनको अग्रता लिएको छ भने मधेश प्रदेशविरुद्धको खेलमा नेपाल प्रहरी ४५ रनले अगाडि छ।