हेलिकप्टरको आवाजले पक्षीले आफ्नो क्षेत्र छोड्न र स्थिरता गुमाउन सक्छ, जसका कारण तिनको प्रजनन दरमा कमी आउन सक्छ, कतिपय प्रजातिको आवास नष्ट हुन सक्छ।
आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा हल्का वर्षाको सम्भावना छ।
मौसमविद् विनु महर्जनका अनुसार आइतबार सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात, दिउँसोतिर हल्का वर्षाको सम्भावना रहेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ स्थित सडकमा दुई गाडी आपसमा ठोक्किँदा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
हिउँदमा बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सिधा यातायात सम्पर्क जोडिए पनि वर्षामा पुनः समस्या हुने भन्दै स्थायी पुल निर्माणका लागि स्थानीयले आग्रह गरेका छन्।
दक्षिण कोरियाको यातायात मन्त्रालयले अनुसन्धानका क्रममा दुर्घटनाग्रस्त जेजु एयरको विमानको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि नै रेकर्डिङ गर्न छोडेको पाइएको जनाएको छ।
प्रहरीले दोहाबाट काठमाडौँ आएका तीन जनालाई सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको छ।
मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
पारदर्शिताका नाममा एउटा राष्ट्रसँग सहमति वा सम्झौता गरेका सबै कुरा उसलाई खुशी तुल्याउन अनि अर्कोलाई होच्याउने गरी सार्वजनिक गरिहाल्ने अचम्मको व्यवहार हामीमा देखिएको छ।
जलविद्युत् उत्पादनका लागि पूरै बहाव सोझ्याएर पानीविहीन बनाइएका विभिन्न नदी खण्डमा माछा र अन्य जलचर मात्र होइन स्थानीय किसान समुदाय सिँचाइ सुविधा पाउनबाट वञ्चित हुनेक्रम बढेको छ।
ललितपुर महानगरपालिका–२५ का स्थानीय उमेश थापा नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन्।
यो साता उकालोमा बाँसबारीको जग्गामा चौधरी ग्रुपको दाबी अन्त्य, कहाँ ‘हराए’ विश्वविद्यालय भर्नायोग्य २ लाख ६३ हजार विद्यार्थी? सुरक्षा मापदण्डबिनाका सडक : मृत्युसँग जुधेर यात्रा लगायतका खबर चर्चामा रहे।
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा सीमित गरेको छ।
जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए। उनीहरू सबैको मृत्यु भएको बताइएको छ।
पनौतीमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो। ५८६ घरमा पूर्ण तथा ९४४ घरमा आंशिक क्षति पुगेको थियो।
सिंहदरबारको पश्चिम ढोकाअघि रहेको पृथ्वीनारायण शाहको सालिक परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
स्वदेशमै आलु उत्पादनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादनशील जनशक्ति पलायन हुँदा आलुमा परनिर्भरता झन् बढेको हो।
नेपाललाई एक धार्मिक, एक जातीय र एक भाषिक राष्ट्र बनाउने राजनीतिक तथा प्रशासनिक अभ्यास भइसकेको हो। त्यसले पूर्णता पाएन। पूर्णता पाएको भए पुस २७ वा यस्तै कुनै दिन ‘राष्ट्रिय एकता दिवस’ हुने थियो।
थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, दशरथ रंगशाला, ब्लु क्रस अस्पताललगायत क्षेत्रमा पनि बिजुली कटौती हुनेछ।