खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण एक जना बेपत्ता भएका छन् भने सात घर, पाँच होटल, क्लिनिक, स्कुलमा क्षति पुगेको छ।
छानबिन समिति गठन गरी गठ्ठाघर घटनाको सत्यतत्थ छानबिन गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको भनाइ छ।
लघुवित्तहरूले लिँदै नलिएको कर्जा रकमसमेत कतिपय ऋणीहरूको नाममा बक्यौता देखाएको अर्थ मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदनले औँल्याएको छ।
एकान्तकुनास्थित कमलपोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्याइएपछि विरोधमा उत्रेका स्थानीय बासिन्दा भू–माफियाको धम्कीले हच्केका थिए। उनीहरू कमलपोखरी पुरानै अवस्थामा फर्काउन फेरि सक्रिय भएका छन्।
भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन्।
बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा शुक्रबार एक जना बेपत्ता भएका छन्।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ। स्थानीयले हिमताल फुटेको आशंका गरेका छन्।
करवृद्धिको विरोधमा व्यवसायीले सटरको साँचोसमेत उपमहानगर प्रमुख र उपप्रमुखलाई बुझाएका छन्।
पूर्वप्रधानमन्त्री श्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि सिनावात्रालाई संसद्ले नयाँ प्रधानमन्त्री छनोट गरेको हो।
बागलुङ–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माले एक करोड ५० लाख रुपैयाँ लगानीमा ग्रिनल्यान्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका छन्। फार्ममा ६ हजार कुखुरा पाल्न मिल्ने उनको भनाइ छ।
पीडित र सरोकारवालामा रहेको संशय हटाउन दलहरूको इमानदारिता त अपरिहार्य छँदैछ, आयोगहरूमा नियुक्त हुने पदाधिकारी सक्षम, क्षमतावान्, विश्वसनीय तथा स्वीकार्य हुनु पनि उत्तिकै जरुरी छ।
आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि ठेकेदारलाई भुक्तानी गर्नुपर्ने रकम बाँकी भएका कारण प्रयोगमा आउन नसकेको गाउँपालिकाले जनाएको छ।
पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।
यसअघि पर्सा प्रहरीले गत साउन २४ गते पाँच करोड मूल्य पर्ने ७६ कार्टुन भेप बरामद गरेको थियो।
दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब ३५ मिटर तल खसेको छ।
तालिबानले सत्ता कब्जा गरेदेखि कम्तीमा १४ लाख महिलाहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको युनेस्कोले बताएको छ।
आफ्नो ‘प्रिभिलेज’ मनन गर्दै सीमान्तकृत आवाजको उठान गर्नु बहुआयामिक पुँजीमा पहुँच भएकाको नैतिक जिम्मेवारी हो, त्यसो गर्नु तिनको उदारता होइन।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा साधरणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
भक्तपुरको गठ्ठाघरमा स्कुटरलाई ठक्कर दिएर फरार भएका ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
रुसको एक अदालतले युक्रेनलाई सहयोग गर्ने परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएकी अमेरिका–रुस नागरिक केन्सिया खवानालाई देशद्रोहको अभियोगमा दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय सुनाएको छ।