काठमाडौँमा एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ।
लस एन्जलसमा फैलिएको डढेलोबाट कम्तीमा १६ जनाको मृत्यु भएको छ भने १२ हजारभन्दा बढी संरचना जलेका छन्।
रक्तचन्दन कारोबारमा खास लगानीकर्ता चिनियाँहरू नै थिए, सुन तस्करीमा भारतीय भएजस्तै। कारोबारीजस्ता देखिने नेपाली व्यवसायी धेरैजसो ओसारपसार गरिदिने ‘क्यारिअर’ मात्रै थिए।
काठमाडौँ जिल्ला अदालतका अनुसार आइतबार बयान भए पनि थुनछेक बहसका लागि समय अभाव भएकाले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
आइतबार नेप्से परिसूचक २५ अंकले घटेर २६०९ को विन्दुमा सीमित भएको छ।
मकवानपुर प्रहरीले अफिम, चरेस र गाँजासहित दुई भारतीय र एक नेपाली नागरिक गरी ३ जनालाई नियन्त्रणमा लिएको छ।
अख्तियारले विशेष अदालतमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध चार करोड ८८ लाख रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको छ।
करिब २.८ किलोमिटर गहिराईमा ड्रिल गरेर निकालिएको बरफको यस नमूनाले पृथ्वीमा भएको मौसम परिवर्तनसम्बन्धी जानकारी पत्ता लाग्ने विश्वास गरिएको छ।
प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौंसम्म पनि भुक्तानी नदिने समस्याबाट किसान हैरान हुनु परिरहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार एक औँस सुनको मूल्य २ हजार ७०४ अमेरिकी डलर निर्धारण भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो।
शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको थियो। यीमध्ये अधिकांश मानिसले आफूले बोक्न सक्ने सामान लिएर घर छोडेका थिए।
पर्वत जिल्ला अदालतमा एउटा मात्र न्यायाधीशको दरबन्दी छ। न्यायाधीश नहुँदा अहिले दैनिक चारदेखि आठवटासम्म मुद्दाको इजलासबाट सुनुवाइ कार्य स्थगन हुने गरेको छ।
बढ्दो महँगी र घट्दो आम्दानीले आकाश कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकेलेको छ। तर यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका युवामा छ।
हेलिकप्टरको आवाजले पक्षीले आफ्नो क्षेत्र छोड्न र स्थिरता गुमाउन सक्छ, जसका कारण तिनको प्रजनन दरमा कमी आउन सक्छ, कतिपय प्रजातिको आवास नष्ट हुन सक्छ।
आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा हल्का वर्षाको सम्भावना छ।
मौसमविद् विनु महर्जनका अनुसार आइतबार सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात, दिउँसोतिर हल्का वर्षाको सम्भावना रहेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ स्थित सडकमा दुई गाडी आपसमा ठोक्किँदा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।