कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।
राष्ट्र बैंकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ।
प्रशासनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र आसपासका क्षेत्रमा भेला, जुलुस प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न रोक लगाएको छ।
महिला टी२० शृंखलाअन्तर्गत सोमबारको खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको छ।
घर–जग्गा कारोबारीको हितमा जग्गा प्लटिङ गर्न खोला नै पुरेको गोदावरी नगरपालिका अन्ततः पछि हटेको छ। तीव्र विरोधपछि फन्टेखोला पुर्न प्रयोग भएका ह्युमपाइप नगरपालिकाकै अग्रसरतामा निकाल्न थालिएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ६ हप्ताको समीक्षा पछि आधिकारिक रूपमा यूएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्न लागेको बताएका छन्।
राष्ट्र बैंकका अनुसार माघ दाल तथा गेडागुडीको मूल्य ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ।
आयोगमा राजनीतिक नियुक्तिबाहेक सशक्तीकरणका कार्यक्रम नहुँदा लक्षित समुदायका हक अधिकार स्थापित गर्नेक्रमा सामाजिक, शैक्षिक र आर्थिक प्रगति हासिल हुन नसकेको विज्ञहरूको भनाइ छ।
बालमन्दिर प्रकरणमा मुद्दा नचल्ने रायसहित सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदन (फाइल) निर्णयका लागि महान्यायाधिवक्ताको कार्यालय पुगे पनि ‘थप अनुसन्धान गर्न’ पुनः सीआईबीलाई नै फिर्ता पठाइएको छ।
प्रधानमन्त्री कपअन्तर्गत सोमबारको खेलमा पुलिस, आर्मी र सुदूरपश्चिम विजयी भएका छन्।
रुसी विदेश मन्त्रालयले जासुसी गतिविधि गरेको आरोपमा दुई बेलायती कूटनीतिज्ञलाई दुई हप्ताभित्र रुस छोड्न आदेश दिएको छ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भीरमा अड्किएका सुरक्षाकर्मीसहित आठ जनाको सोमबार सकुशल उद्धार भएको छ।
नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा कायम भएको छ।
विसं २०६६ अघि इटहरीका विभिन्न स्थानमा ८४ वटा सार्वजनिक धारा रहेकोमा इटहरी खाने पानी उपभोक्ता संस्थाले खर्च धेरै आएको भन्दै धारा हटाउँदा मजदुर एवं बटुवालाई प्यास मेटाउन मुस्किल हुने गरेको छ।
सम्मेलनमा नेपालसहित भारत, चीन, अमेरिका, क्यानडा, जर्मनी, स्विट्जरल्यान्ड, इटाली, पोल्यान्ड, जापानलगायत देशका भूगर्भविद् सहभागी भएका छन्।
युक्रेनले आत्मसमर्पण गरे अमेरिकासँग मिलेर रुसले युरोपका अन्य क्षेत्रमा पनि हस्तक्षेप बढाउन सक्ने भन्दै युरोपेली देशका नेता सशंकित छन्। त्यसैले ईयूलाई सशक्त बनाउनतर्फ उनीहरूको ध्यान गएको छ।
सोमबार सुन प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ।
अर्थशास्त्रीका रूपमा कार्नीको लामो अनुभव र क्षमताका कारण क्यानडाले अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रामक नीतिहरूबाट मुक्त हुने आशा गरेको छ।
यस सिरिजमा नेपालले खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ।
जैमिनी नगरपालिकाले एक वर्षअगाडि दिएको तालिमले अहिले यहाँका ५५० महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन्।