AnonymousUser

Logout

बारुदी सुरुङ जागरूकता दिवस मनाइँदै

युद्ध एवं सशस्त्र द्वन्द्वका बेला बिछ्याइएका बारुदी सुरुङ तथा प्रयोग भएका विस्फोटक पदार्थका अवशेष र विस्फोटक उपकरणहरू आज पनि चुनौती बनेका छन्। 

‘समर सेड्युल’ नहुँदा गौतम बुद्ध विमानस्थल फेरि सुनसान

चैत १६ गतेसम्म सामान्य चहलपहल रहेको विमानस्थलमा त्यसयता सुनसान छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमानले ‘सेड्युल’ लिन छानेका छन्।

काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

काठमाडौँ उपत्यकामा तत्काल वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको मौसमविद्‍ले बताएका छन्।

सबै उत्पीडनबाट मुक्तिका लागि भौतिकवाद

नेपालमा भएका केही कानूनी र संवैधानिक सुधार पनि  व्यवहारिक रूपमा प्रभावकारी साबित भएका छैनन्। यस्तो अवस्थामा दलित समुदायको मुक्ति कसरी सम्भव छ भन्ने प्रश्न गम्भीर रूपमा उठ्छ।

वासन्ती छठको व्रत र सझियाघाट मनाइँदै

साँझ व्रतालुले जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ।

देशका अधिकांश भूभागमा आंशिक बदली

कोशी, मधेश, बागमती र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।

तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो।

अटिजमबारे जागरुकता जगाउन सडक नाटक

समुदायमाझ अटिजमबारे बुझाउने उद्देश्यले विश्व अटिजम जागरुकता दिवसको अवसरमा अभानी फाउन्डेशनले ललितपुर पाटनमा नाटक र नाचगान प्रदर्शन गरेको छ।

द्वन्द्वकालका ज्यादतीको न्याय निरूपणः कसरी रोकियो, कसले रोक्यो?

हिंसाको राजनीति ‘सधैँलाई बन्द गर्न’ १८ वर्षअघि शुरू भएको शान्तिप्रक्रिया टुंगिएको छैन, दशकदेखि जारी संक्रमणकालीन न्यायप्रक्रिया जहाँको तहीँ छ। कसले रोकिरहेछ द्वन्द्वकालीन ज्यादतीको न्याय निरूपण?

चैत १५ गतेको आन्दोलनका क्रममा २० जनामाथि गोली प्रहार

आन्दोलनमा जम्मा ५८ राउन्ड गोली प्रहार, ७४६ राउन्ड टियर ग्यास र १९२ पटक ब्ल्यांक फायर भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले बताए।

कुलमान र हितेन्द्रदेवका रिट हेर्दाहेर्दैमा

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदन बिहीबारका लागि सुनुवाइ हुने भएको छ।

लरेन्स विश्नोईको नाम लिँदै फिराैती माग्दै हिँड्ने युवक पक्राउ

सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री)लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अमेरिकी सिनेटमा २५ घण्टा लामो भाषण, को हुन् कोरी बुकर?

सोमबार राति ७ बजेबाट मंगलबार साँझसम्म गरेको उक्त भाषणमा उनले राष्ट्रपति ट्रम्प र उनका नीतिहरूमाथि कडा आलोचना गर्दै अमेरिका संकटतर्फ धकेलिँदै गएको चेतावनी दिए।

२७ सयको विन्दुमा उक्लियो शेयरबजार

मंगलबार सामान्य अंकको करेक्सन भएर बन्द भएको बजार आज २३.८६ अंक बढेर २७००.०४ विन्दुमा पुगेको हो। नेप्से बढे पनि कारोबार रकम भने घटेको छ।

चितवन राष्ट्रिय निकुञ्जले लगायो ५०० हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो

चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ। गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो।

मेडिकल राहत सामग्रीसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

नेपाली सेनाले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूका लागि मेडिकल राहत पठाएको छ।

किन हरेक वर्ष यही मौसममा प्रदूषित बन्छ काठमाडौँ?

हिउँदमा निर्माणका काम बढी हुन्छन्। इँटाभट्टा चल्छन्। डढेलो लाग्छ। सवारी साधनको प्रदूषण जाँच नगण्य मात्र हुन्छ। यी कारण प्रदूषण बढ्दा अल्पकालीन तथा दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम बढेको छ।

सम्झौता भएको पाँच वर्षसम्म थालिएन म्याग्दीको दाङखोलामा पुल निर्माण

धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठमा सम्पन्न हुनुपर्ने पुलको निर्माण नै शुरू भएको छैन।

नेपाल र थाइल्यान्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डकी समकक्षी पाइतोङतार्न शिनावात्राको उपस्थितिमा ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन्।

स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न स्पेनले बढायो विद्युतीय सवारीमा अनुदान

विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाएमा व्यक्तिले सात हजार युरोसम्म पाउनेछन्। व्यावसायिक गाडीको हकमा यो रकम नौ युरोसम्म हुनेछ।