पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
घाइतेहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको र तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
विश्वमा अमेरिकी चुनावमा ह्यारिस हार्नुका कारण, ट्रम्पले अब लिनुपर्ने कदमलगायत टीकाटिप्पणी जारी रहँदा नेपालमा प्राधिकरणले उडान कटौती गर्दाको प्रभावदेखि प्रधानमन्त्रीको चीन भ्रमणसम्मका खबर चर्चामा छन्।
‘विदेशीका रूपमा हामीले कुनै पनि देशको चलन र परम्परालाई सतही रूपमा बुझ्न मिल्दैन। अर्थ नबुझी टिप्पणी गर्न मिल्दैन।’
नागरिक उड्डयन प्राधिकरणले उडान कटौती गरेको बहानामा विमान कम्पनीले अन्तिम समयमा यात्रुलाई टिकट स्थगित भएको सूचना पठाएपछि अग्रिम टिकट लिएर उडान समय कुरेर बसेका सयौँ यात्रु मर्कामा परेका छन्।
ठूला करदाता कार्यालयका अनुसार हालसम्म दर्ता भएका २० कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा कारोबार मूल्यको दुई प्रतिशत डीएसटी तिर्न थालेका हुन्।
सुर्खेत–दैलेख सिमानामा पर्ने रानीमत्तामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको छ।
पाथीभरामा केबुलकारको स्टेसन शिलान्यासका क्रममा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ।
१९७ किमी लामो सडकको अहिलेसम्म अर्घाखाँचीको १८ किमी मात्रै कालोपत्र भएको छ। सडक मर्मत नभएकै कारण ढुवानी समस्याले ढोरपाटनका किसानले फलाएको आलुसमेत समयमा बजार पठाउन सकेका छैनन्।
दुर्घटनामा संलग्न सवारीसाधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्। हालसम्म २८८ सवारीसाधन दुर्घटनामा परेकोमा १६३ मोटरसाइकल रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्याएको थियो।
खराब व्यवस्थापन, अत्यधिक लाभप्रद र प्रतिकूल बजार अवस्थाका कारण भारतमा धेरै एयरलाइन्स समस्यामा परेका छन्।
बिहीबार तोलामा १ लाख ६४ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार १ लाख ६६ हजार ५०० पुगेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले उडान संख्या कटौती गरेपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले हवाई भाडा १०० देखि १५० प्रतिशतसम्म वृद्धि गरेका छन्।
सडक डिभिजन कार्यालय तुम्लिङटारको सिफारिसमा कान्छाराम कन्स्ट्रक्सनलाई दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।
धावनमार्ग, ट्याक्सी वे, पार्किङ वेलगायत विस्तार तथा मर्मत काम गर्नुपर्ने भएकाले शुक्रबारदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको हो।
डिपो स्थानान्तरणमा निगमले ढिलाइ गरिरहेको छ। राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास– ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव गरे पनि त्यो कार्यान्वयन भएको छैन।
श्रमिकवर्गको दैनिक जीवनयापनको बढ्दो लागत घटाउने वाचा कमला ह्यारिसले गरिन्, तर उनी स्वयं वर्तमान सरकारको हिस्सा भएकाले सो वाचाबारे विश्वास दिलाउन पूर्ण रूपमा सक्षम भइनन्।
मृतकको सनाखत हुन नसकेको र घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।