आईपीएल २०२५ मा दिल्लीको यो लगातार तेस्रो जित हो। यससँगै ६ अंकका साथ दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
काठमाडाैँ उपत्यकामा वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरू भएको छ।
ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्नेलगायत कामका लागि एक महिनासम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ।
दिनभरि घरको काम। राति नसुतेर मासु काट्नुपर्थ्यो। अनि डोकामा हालेर बेच्न हिँड्थे। मासु बिक्रीले फाइदा दिएपछि उनीहरूले सहकारी खोल्ने योजना बनाए। यसरी खोलिएको सहकारीले कसरी फेरियो महिलाको जीवन?
सन् १९९० पछि रुसमा भित्रिएको सीमित कुलीनतन्त्रले त्यहाँको कतिपय प्राकृतिक संसाधन कब्जा गर्न सफल भएको थियो। इटली, जर्मनी, अस्ट्रिया र फ्रान्स र धेरै अफ्रिकी देशमा यसको लहर देखा परेको छ।
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान शुरू गरेको छ।
अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको हो।
थाइल्यान्डबाट फर्किएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँगको भेट निकै फलदायी भएको र आफू खुसी भएको प्रतिक्रिया दिए।
विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेक शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्किएका छन्।
क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो। प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी हुनेछन्।
क्रिभी रिगको सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र भिल्कुलका अनुसार शुक्रबार बालबालिकाको खेल मैदान नजिकै आवासीय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो।
सभापोखरी गाउँपालिकाको कार्यपालिका बैठकले सभाखोला र लंखुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधित क्षेत्रमा करेन्ट लगाएर माछा मार्नेलाई १ लाख जरिबाना गर्ने निर्णय गरेको छ।
अंग्रेजका दूत क्याप्टेन नक्स नेपालको आवासीय दूत भएपछि नेपाल–भारत–अंग्रेज सम्बन्धमा भएको आरोह अवरोहको पृष्ठभूमिमा गणतन्त्र भारतबाट आएका राजदूतहरूका गतिविधिको सफल शल्यक्रिया भएको छ।
कर्णालीका सम्भावना र सुन्दरतालाई काठमाडौँमा पस्किने क्रममा दैलेख, डोल्पा र मुगुपश्चात् जुम्लाको प्रदर्शन गरिएको हो। प्रदर्शन शुक्रबारदेखि जारी छ।
नेपालमा गत आर्थिक वर्ष १० हजार ११२ मेट्रिकटन आयात भएको थियो। सोबापत ६८ करोड ८४ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ।
हिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बोलेरो जिप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको हो।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको निर्वाचनमा नौ हजार ९५७ मतदाता रहेका छन्। काठमाडौँ र बाहिर गरी ३६ वटा मतदान केन्द्र तोकिएको छ।
छुदेन काविमो यसपालि दार्जिलिङ पहाडका होइन, उत्तर बंगालको डुवर्सतिरका चियाबारी डुलेका छन्। जहाँ ७० प्रतिशतभन्दा अधिक जनसंख्या चिया श्रमिक छन्। उनी त्यतै भुलेका छन् र कथा टिप्दै उरमालमा हुलेका छन्।
सुक्खाले अत्यधिक प्रभावित कुम्मायक–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ। डढेलो हावाहुरीका कारण क्षणभरमा बस्तीमा पस्ने गरेको छ।