AnonymousUser

Logout

सूर्यविनायक—धुलिखेल सडकः बुङ्बुङ्ती धुलो, होटल व्यवसायीलाई पिरलो

विस्तार हुँदै गरेको सूर्यविनायक–धुलिखेल सडकका कारण पर्यटक आउने सिजनमा धुलिखेलका होटल व्यवसायी धुलो पुछ्दै र बढार्दै बस्नुपर्ने अवस्था छ। ठेक्का अवधि सकिनै लाग्दा सडकको काम सम्पन्न हुने छाँटकाँटै छैन।

तनहुँ दुर्घटना : मृतकको सनाखत

तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा आइतबार माइक्रोबस र स्कुटर ठोक्किँदा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।

दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब चाहिने

दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि २०२४ देखि २०३० सम्म औसतमा जीड‍ीपीको ४५.४ प्रतिशत लगानी आवश्यक पर्ने योजना आयोगको अनुमान छ।

डेब्यू म्याचमै ‘जादू’ देखाएका १४ वर्षीय वैभव

सबैभन्दा कम उमेरमा आईपीएल खेल्ने खेलाडी हुन्, वैभव सूर्यवंशी। लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा आफ्नो टिम राजस्थान रोयल्स पराजित भए पनि आक्रामक ब्याटिङ गरेका वैभवको भने तारिफ भइरहेको छ।

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

वैशाख ७ देखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ८ अर्ब ४३ करोडको शेयर किनबेच

आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ को विन्दुमा कायम भएको छ।

तनहुँमा माइक्रोबस र स्कुटर ठोकिँदा २ जनको मृत्यु, १४ घाइते

भानु नगरपालिका–१०, कालीमाटीमा आइतबार माइक्रोबस र स्कुटर ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

राप्रपा अध्यक्ष लिङ्देनसहित ३ नेता प्रहरीको नियन्त्रणमा 

प्रहरीले सिंहदरबार भित्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै सांसदहरू बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ।

काठमाडौँमा राप्रपा र शिक्षकको आन्दोलनले नागरिकलाई सास्ती

कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ। माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ।

अमेरिकी शहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

वासिंटनमा प्रदर्शनकारीहरूले न्यायिक प्रक्रियाको अधिकारसहित लामो समयदेखि सम्मानित संवैधानिक मान्यतालाई ट्रम्पले खतरामा पारेको भन्दै नारा लगाएका थिए। 

काभ्रेमा बाढीपहिरोको ७ महिनापछि थालियो निजी आवासको क्षति आकलन

रोशीमा तीनवटा क्लस्टर बनाएर क्षति आकलनको काम थालिएको छ। यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र सोहीअनुसार गाउँपालिकाले काम गर्नेछ।

मस्तिष्कघातको निःशुल्क औषधिः सेवा शुरू, प्रादेशिक अस्पतालमा कहिले पुग्छ?

सरकारले निःशुल्क दिने घोषणा गरेको मस्तिष्कघातको औषधि सिफारिस गर्न न्युरोलोजिस्टलाई मात्र दक्ष मानिन्छ। त्यसैले यो सेवा केही अस्पतालमा सीमित हुँदा प्रभावकारितामा मन्त्रालयकै अधिकारी शंका गर्छन्।

सुनसरी र सुर्खेतमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते

धरान–इटहरीबीचको चारकोसे जंगलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। 

कोशी पर्यटन वर्ष: यी हुन् घुम्नलायक १० गन्तव्य

नयाँ वर्षका दिन शुभारम्भ गरिएको पर्यटन वर्षका लागि १०० बढी गन्तव्यहरू सरकारले नै तयारी गरिसकेको छ। ८२ गन्तव्यहरूको पहिचान गरी सूची नै तयार भएको छ। 

बूढापाकाले मात्र धानेको घुम्तीगोठको परम्परा

पाखो र बुकीका पाटनमा भकारी र त्रिपालको अस्थायी टहरा हालेर बनाइने घुम्तीगोठमा पशुपालन गर्नेले वनजंगल, लेक–बेँसीका उकाली ओरालीको दुःख र वर्षा, हिमपात, हुरीबताससँगको चुनौती सामाना गर्नुपर्ने बाध्यता छ।

शिक्षामा जरैदेखि परिवर्तनको मुद्दा

शिक्षक केवल जागिरे होइन। अनुसन्धानकर्मी, खोजकर्ता र आविष्कारक पनि हो। यो मर्यादित, संवेदनशील र वजनदार पेसा हो। 

सम्झौताको ९ वर्षसम्म दोदामा निर्माण भएन पुल

पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। 

सुक्यो २ करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी

सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृंखला तथा तराईका फाँट अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणीपोखरीको स्तरोन्नतिपछि पर्यटक बढ्ने अपेक्षा गरेका स्थानीय पोखरीको पानी सुकेपछि निराश बनेका छन्।

जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृति कोषबाट पत्रकारद्वय दिपा दाहाल र मातृका दाहाल सम्मानित

खोज पत्रकारितामार्फत भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै समाजमा सुशासनको प्रवर्द्धनमा योगदान दिएको भन्दै जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृति कोषले पत्रकारद्वय दिपा दाहाल र मातृका दाहाललाई सम्मान गरेको छ।