AnonymousUser

Logout

गोरखामा रूखबाट खसेर १ जनाको मृत्यु

गोरखामा रूखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ।

हमासले बन्धक बनाएका ४ इजरायली महिला सैनिक रिहा

गाजा युद्धमा युद्धविराम सम्झौताअन्तर्गत हमासले बन्धक बनाएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरेको छ।

एपीएफ बन्यो प्रधानमन्त्री कप क्रिकेट च्याम्पियन

​​​​​​​विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

युक्रेनको विषयमा वार्ताका लागि तयार रहेको पुटिनको भनाइ 

वार्ताका लागि युक्रेन पनि तयार रहनुपर्ने र पहिलो प्रतिबन्ध खुकुलो पार्नुपर्ने पुटिनले बताएका छन्।

ह्यापी बर्थडे मुखिया!

मुखियाले मैनबत्ती भने निभाउन चाहेनन्। ‘एउटा वर्ष सकियो, बित्यो भनेर बितेको उमेरका नाममा क्यान्डल निभाउने गरिन्छ रे। आफैँ बल्दै र आफैँ सकिँदै गरेको क्यान्डल त बालिरहनुपर्छ नि, किन निभाउने?’

‘राइट टु प्रोटिन’ हाफ म्याराथन: सन्तोषी र राजन प्रथम

हाफ म्याराथनमा पहिलो स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीले जनही १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। 

बैतडीमा जिप दुर्घटना: २ जनाको मृत्यु, ४ गम्भीर

सिगास गाउँपालिका–१ माडौँमा शनिबार बिहान सुदूरपश्चिम प्रदेश ०१–००१ च ४०२८ नम्बर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

फर्निचरसहित २ घरमा आगलागी, जलेर वृद्धाको मृत्यु

उद्योगबाट शुरू भएको आगोबाट नजिकका कृष्ण विकको कच्ची घर तथा ध्रुवबहादुर विकको जस्तापाताको टहरोसमेत जलेका छन्।

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

बसवरिया गाउँपालिका–३ नाकैमा मुसहर माझी बस्ती छ। उक्त बस्तीमा झण्डै ४५ परिवार मुसहर खरको झुपडीमा जसोतसो जीवन धानिरहेका छन्।

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको छ।

नेपाली वनस्पतिबारे दुई किताब : रचनाका कथाव्यथा

धेरै प्रकाशनगृहले ‘हामी छाप्छौँ’ भनेर लामो समयसम्म झुलाए। प्रकाशनगृह खोज्ने क्रममा कैयौँसँग छलफल, ‘कफी र खाजा मिटिङ’ कति पटक भयो भनेर पछि त गन्न नै छोडियो।

महाराष्ट्र रेल दुर्घटनामा ज्यान गुमाउने अछामका ४, कैलालीका २ र बाँकेका १ जना

दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ। 

तराईका अधिकांश स्थानमा मन्द शीतलहर, सतर्कता अपनाउन आग्रह

मधेश तथा कोशीको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ। बाँकी तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाभारत पर्वत शृंखलाको डढेलो हेलिकप्टरमार्फत नियन्त्रण प्रयास

जिल्लास्थित सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए।

सुप्रिम सहकारी ठगी प्रकरण : लम्बियो रवि लामिछानेको थुनछेक बहस

शुक्रबार थुनछेक बहस नसकिएपछि आइतबार बिहान उपस्थित हुने गरी रवि लामिछानेलाई परिवार र कानून व्यवसायीको जिम्मामा पठाइएको रुपन्देही जिल्ला अदालतले जनाएको छ।

राजस्व विभागको प्रणाली ह्याक गरी भाटभटेनीको करको दायरा बढाइदिएको आरोपमा २ जना पक्राउ

राजस्व  विभागको कर प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्‍याइ भाटभटेनी सुपरमार्केटले चुक्ता गर्नुपर्ने राजस्व रकमको दायर बढाइदिएको आरोपमा सीआईबीले दुई जनालाई पक्राउ गरेको छ।

यसपालि आगलागीको जोखिम बढ्ने सम्भावना, सचेत रहन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ।

ट्रम्पको निर्वासन अभियानअन्तर्गत सयौँ आप्रवासी पक्राउ: ह्वाइट हाउस

ह्वाइट हाउसका प्रेससचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताइन्।

‘देश ठिकठाक छ, जीवन सुध्रिएको छ, तर राजनीति बर्बाद भयो’

एकथरीले ‘सबथोक बर्बाद छ’ भनिरहँदा साँच्चै अहिले देश कस्तो छ? नेपाली के सोच्दै छन्? के उनीहरू यहाँ भविष्य देखिरहेका छैनन्? ताजा मत सर्वेक्षणको नतिजाले भन्छ– देश ठिक ठाउँमै छ, तर राजनीति सुध्रिनुपर्‍यो।

यू१९ विश्वकप क्रिकेट : नेपालसँग मलेसिया ७ विकेटले पराजित

यू१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ।