AnonymousUser

Logout

१६–१७ वर्षे कलिलाहरू ‘तल्लो बाटो’मा लामबद्ध, अभिभावक नै मरिहत्ते गर्छन्

रुकुमका गाउँघरबाट १८ वर्ष नपुगेका कलिलाहरू पनि दलालको साथ लागेर तल्लो बाटो अमेरिका पुगेका छन्। ‘भविष्य बनाउने’ भन्दै अभिभावक नै उनीहरूलाई अमेरिका पठाउन मरिहत्ते गर्छन्।

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

गौमूल गाउँपालिकामा खोलाले बगाएर आइतबार एक जना बेपत्ता भएका छन्।

नेप्से परिसूचक १.२५ प्रतिशत घटेर २५९५ को बिन्दुमा, ९ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक १.२५ प्रतिशतले घटेर २५९५.९७ को बिन्दुमा कायम भएको छ।

निर्माण नसकिँदै भाँचियो तामाकोशी पुल

तामाकोशी नदीमाथि निर्माणाधीन पक्की पुलको एउटा स्पानको स्ल्याबमा चिरा परेपछि मर्मत भइरहेकै बेला आइतबार बिहान पूरै भाँचिएर खसेको छ।

सप्तरीमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

हनुमाननगर कंकालिनी नगरपालिकामा आइतबार दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

नारायणगढ–बुटवल सडकको सास्ती कहिलेसम्म?

योजनाअनुसार काम भएको भए नारायणघाट–बुटवल खण्ड तीन वर्षअघि नै चार लेनको (दाउन्ने खण्ड १३ किमि तीन लेन) भइसकेको हुन्थ्यो। तर आगामी साउनमा चौथो पटक ठेक्काको समय थप्नुपर्ने अवस्था छ।

अमरेशले ‘५ वटा जिल्लाबाहेक अरू भाडामा दिए हुन्छ’ भनेपछि संसद्‌मा विवाद

दलीय हिसाबले निर्देशन दिएको भन्दै सांसद सिंहले सभामुख घिमिरेको भूमिकामाथि नै प्रश्न उठाए। सभामुख घिमिरेले विषयमा बोल्न र नबोल्ने भए रोष्ट्रम छोडेर जान निर्देशन दिए।

एसीसी पुरुष यू१६:  सिंगापुरमाथि नेपालको ६ विकेटको जित

सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपाले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका प्रशिद्ध जैसी ५५ रनमा अविजित रहे।

राष्ट्र बैंकको अध्ययन: यी हुन् मधेश प्रदेशका आर्थिक चुनौती

राष्ट्र बैंकले मधेश प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ।

संगीत दिवसमा थारू कलाकारको प्रस्तुति, झुमे दर्शक

बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा देशभरका थारू कलाकारले आ-आफ्नो ठाउँ विशेषका मौलिक प्रस्तुति दिएका छन्।

कालीगण्डकी करिडोरको गुल्मीखण्ड ३ दिनदेखि अवरुद्ध

सडक ठप्प भएपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन्।

अमेरिकाद्वारा इरानका ३ आणविक केन्द्रमा आक्रमण 

यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकले बताएका छन्।

रूपचन्द्र विष्ट: एउटा ज्याद्रो इमानदार

उहाँको मृत्युमा शंख बजेन। मृत्यु संस्कारमा पुरोहित राखिएन। छोरा र भाइ हुँदाहुँदै शवमा कमरेड सोनामले दागबत्ती दिनुभयो। मकवानपुरबाट बस–ट्रक रिजर्भ गरेर काठमाडौँ गएकाहरू शवयात्रामा सहभागी हुनै पाएनन्।

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा ८ जनाको मृत्यु, १३ घाइते

ब्राजिलको सान्टा क्याटारिनामा २१ यात्रु बोकेको ‘हट एअर बेलुन’मा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपाली युवाको उद्धार

दूतावासका अनुसार उद्धार गरिएका युवालाई उत्तराखण्डको काशीपुरमा बन्धक बनाई कुटपिट तथा यातना दिँदै विभिन्न बहानामा रकम असुल गरिएको थियो।

दूधपोखरी कुण्डमा घट्दो जलसतहले स्थानीय चिन्तित

जलसतह निरन्तर घट्दै गएपछि लमजुङको धार्मिक तथा पर्यटकीय महत्त्वको दूधपोखरी कुण्डको सौन्दर्य र धार्मिक महत्त्वमा नकारात्मक असर पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

सवारीसाधन चल्न थालेपछि यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपासमा सवारीसाधन सञ्चालन हुन थालेका छन्।

कालीगण्डकी करिडोरमा निरन्तर सुख्खा पहिरो

कालीगण्डकी गाउँपालिका–१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध छ।

संघर्ष अग्रिमको, कथा टुङ्नाको

स्नातकोत्तर सकिएपछि एकदिन आफ्नै थेसिस पल्टाएर हेर्दा अग्रिमको मनमा प्रश्न उठ्यो– यो थेसिस हेरेर कसैले टुङ्ना बनाउन सक्ला? अनि उनी आफै टुङ्ना बनाइछाड्ने अठोट र कर्ममा लागे।

७ ठाउँको अवरुद्ध सडक खुलाइयो, ३ स्थानमा अझै बाँकी

बाढी–पहिरोका कारण अवरुद्ध भएका १० सडकमध्ये शनिबारसम्म सात वटा खुलेका छन् भने अझै तीन स्थानमा भने सडक अवरुद्ध नै छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।