दिउँसो विद्यालय जाने, साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने दैनिकी थियो गोमाको। १० कक्षामा भने उनले आफ्नो 'रुटिन' बदलिन्।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता तल्लो बाटो अवैधरूपमा अमेरिका जाने क्रम कम भएको छ, तर अमेरिका गएका परिवारले गाउँ छाड्ने क्रम रोकिएको छैन।
आइतबार पनि मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ।
युद्धको समयमा रुसले बारुदी सुरुङ प्रयोग गरेको आरोप छ। तर यस्ता हतियारहरू प्रयोग नगर्नुले आफूलाई नोक्सानमा पारिरहेको युक्रेनको तर्क छ।
बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ।
अरनिको राजमार्ग बनाउन आएका चिनियाँहरूले रेडबुक र 'चीन सचित्र' पुस्तक बाँड्थे, त्यही बेला राजा महेन्द्रले भारतीय सरकारको सरोकारलाई लिएर भनेका थिए– 'कम्युनिस्ट गाडी चढेर आउँदैनन्।'
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
नेपालले एएफसी महिला एशिया कप छनोटमा लाओसलाई ९-० ले पराजित गर्दा कप्तान सावित्रा भण्डारी 'साम्बा'ले एक्लै चार गोल गरिन्।
नागरिक उड्डयन प्राधिकरणले जग्गाको स्वामित्व हस्तान्तरण नगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपो सार्ने काममा ढिलाइ हुने भएको छ।
१० वर्ष अघिसम्म झापाको बेलडाँगी शरणार्थी शिविरका बासिन्दा थिए– लोकनाथ आचार्य। उनलाई सिलिगुढी हुँदै भुटान लगिएको प्रमाण सामुमा छ। तर, आज उनी जीवित छन् कि छैनन्, थाहापत्तो छैन।
टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा सरकारी जग्गा कब्जा गरी बसाइएका बस्तीलाई वैधता दिनेगरी खानेपानी आयोजना निर्माण गर्न संघीय सरकारले नै बजेट खन्याइरहेको छ।
ट्रम्पको आयातित स्टिल करले अमेरिकी क्यान निर्माता ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’ जस्ता साना उद्योगहरूलाई सामग्री अभाव, लागत वृद्धि र उत्पादन–माग व्यवस्थापनमा चुनौती थपेको छ।
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
आइतबार नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ बिन्दुमा उक्लिएको छ।
पहिरोले बागलुङको बडिगाड गाउँपालिका–४ स्थित नैतुल आधारभूत विद्यालयको दुई वटा भवनका चार कक्षाकोठामा पूर्ण रूपमा क्षति पुर्याएको छ।
भारतको उडिसामा रथ महोत्सवमा भएको भागदौडमा तीन जनाको मृत्यु भएको छ। मुख्यमन्त्री मोहनचरण माझीले घटनाको छानबिन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो। नेपालका कप्तान विपिन शर्माले ६ विकेट लिए।
वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरंगे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि अवरुद्ध बनेको छ।