बिहानै एक भारी घाँस या एक डोको दाउरा बटुलेर आफै खाना तयार गरी हतार–हतार घन्टौँ परको स्कुल भ्याउने विद्यार्थीले प्राप्त गर्ने उपलब्धिलाई अन्य विद्यार्थीको उपलब्धिसँग तुलना गर्नु कत्तिको न्यायसंगत छ?
साँघुरो गोरेटोमा गोठाला र वस्तुभाउ हिँड्ने गर्थे। अहिले विभिन्न स्थानमा विश्रामस्थल, पदमार्ग र काठेपुल निर्माण भएपछि गोठाला र पर्यटकलाई सहज भएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
खेतीबाली लगाइसकेपछि किसानको थकान मेटाउन र राम्रो उत्पादनको कामनाका लागि ‘यार्तुङ’ अर्थात् घोडेजात्रा पर्व मनाउने चलन छ।
जुम्लाको तातोपानी गाउँपालिका–८, राक्सेस्थित पाटनमा सोमबार दिउँसो ४ बजे पहिरो जाँदा १३ भेडा र एउटा घोडा पुरिएर मरेका छन्।
नेपालले जोखिमयुक्त चार हिमतालको सतह घटाउन र जलवायुजन्य विपद् न्यूनीकरणका लागि हरित जलवायु कोषबाट करिब पाँच अर्ब रुपैयाँ (३.६२ करोड अमेरिकी डलर) अनुदान पाउने भएको छ।
बर्सेनि हात्ती, गैँडालगायत जनावरको आक्रमणबाट भन्दा धेरै मानिसको मृत्यु सर्पदंशबाट हुन्छ। तर चिकित्सक नै उपचारमा अभ्यस्त नहुँदा र सर्पदंश केन्द्र पुर्याउन ढिला हुँदा धेरै बिरामीको ज्यान बाटोमै जान्छ।
यसपालिको मनसुन शुरू भएयता एक महिनामा ६७४ विपद्का घटना भएका छन् भने २६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।
ट्रम्प प्रशासनको विदेशी सहायता कटौतीका कारण सन् २०३० सम्ममा १ करोड ४० लाखभन्दा बढी मानिसले ज्यान गुमाउन सक्ने ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनले प्रक्षेपण गरेको छ।
घोराही–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारीले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ।
मंगलबार नेप्से परिसूचक २८.९१ अंक अर्थात् १.०९ प्रतिशतले बढेर २६६०.३९ को विन्दुमा पुगेको छ।
संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण शुरू गरिएको छ।
कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन्।
सुनमा विलासिता शुल्क लागू भए उपभोक्ता नै मारमा पर्ने व्यवसायी बताउँछन्। तर नयाँ व्यवस्थाले सुन कारोबारमा पारदर्शिता हुने भएपछि व्यवसायी डराएको सरकारका अधिकारीको दाबी छ।
नक्कली शरणार्थी प्रकरणका जाहेरीवाला र साक्षी समेतको बकपत्र वैशाख ९ यता जारी छ। जिल्लामा रहेका र बकपत्रबारे सूचना नपाउने ३० भन्दा बढी साक्षी अझै काठमाडौँ जिल्ला अदालत आएका छैनन्।
जितका लागि ३५९ रनको लक्ष्य पाएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउँदै ६० बनायो। अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो।
मंगलबार संवैधानिक अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा सिनावात्रामाथि छानबिन शुरू गर्दै निलम्बन गरेको छ।
हैदराबादबाट करिब ५० किलोमिटर टाढास्थित एक औषधि कारखानामा सोमबार विस्फोटपछि आगलागी भएको थियो। विस्फोट हुँदा कारखानाभित्र १०८ कामदार रहेको जनाइएको छ।
नेपालका रौनक श्रीवास्तवले सर्वाधिक १६८ रन बनाए। १३२ बल खेलेका उनले १६ चौका र ५ छक्का प्रहार गरे।
बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिहीन परिवार पूर्वपश्चिम राजमार्ग छेउमा सर्न थालेका छन्। उनीहरूले त्यहाँ त्रिपाल, पुराना च्यातिएका प्लास्टिक र कपडाले ढाकेर टहरा बनाएका छन्।