AnonymousUser

Logout

सांसदले गराए आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

सांसदले भूकम्प पुनर्निर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै चोभार गल्छीको संरक्षणमा जोड दिएका छन्।

चिकित्सक संघले अस्पतालको सेवा ठप्प पार्दा बिरामी रनभुल्ल (तस्वीरहरू)

चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा उपभोक्ता अदालतको फैसलाप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्दा टाढाबाट आएका बिरामी समस्यामा परेका छन्।

काभ्रेमा ६ हजारभन्दा बढी घरपरिवार मनसुनजन्य विपद्को उच्च जोखिममा

काभ्रेपलान्चोकमा यस वर्षको मनसुनमा ३९५ बस्तीका ६ हजार ३७५ घरपरिवार मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

रास्वपा र राप्रपाले बहिस्कार गरे संसद् बैठक

प्रतिपक्षी दल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाइएको भन्दै सोमबार प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्।

ताप्लेजुङमा ३ सातापछि हवाई उडान सुचारु

अहिले हप्ताको दुई दिन, सोमबार र शुक्रबार, काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि उडान तालिका तोकिएको छ।

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन

प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको गरी चार जनाको नाम अनुमोदन गरेको छ।

मागभन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

चल्ला उत्पादक किसानले लागतअनुसार मूल्य नपाएपछि संघले एक साता उत्पादन तथा बिक्रीवितरण बन्द गरेको जनाएको छ।

एनपीएलको हिसाबकिताब पारदर्शी छ, ठाउँमा जवाफ दिन्छौँः पारस खड्का

‘क्रिकेट संघको सचिव भएर मैले परिचालन परिषद्को नेतृत्व गरेँ। म जवाफदेही छु। जब सही समय आउँछ, त्यसलाई (हिसाबकिताब) हामी बुझाउछौँ। अब पारदर्शी कसका लागि हुनुपर्ने भन्ने प्रश्नको जवाफ मसँग छैन।’

टेक्सासमा बाढीमा परी मृत्यु हुनेको संख्या ८२ पुग्यो, ट्रम्पले के भने?

पूर्वजानकारी दिने तथा उद्धार गर्ने सरकारी निकायको क्षमतामाथि प्रश्न उठेको छ। बजेट कटाैतीको विषयलाई लिएर ट्रम्प प्रशासनको आलोचना भइरहेको छ।

स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शय्यामा विस्तार

निर्माणाधीन अस्पताल भवन सम्पन्न नभइ सेवा शुभारम्भ गरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ लगायतले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन्।

राजनीतिक दलहरूको औचित्यमाथि प्रश्न

कानूनी शासनको सम्मान नगर्ने उनीहरू यस्ता हर्कत पनि ‘जनताको इच्छा’ भन्दै गर्छन्। यसले वास्तवमा लोकतन्त्रलाई भित्रभित्रै मक्काउँछ र सक्काउँछ।

यी ३ प्रदेशमा आज भारी वर्षाको सम्भावना

कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

१०० स्मार्ट विद्युतीय बस थप्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौँ उपत्यकामा थप १०० स्मार्ट विद्युतीय बस सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन र प्राविधिक पक्षबारे प्रधानमन्त्री कार्यालयमा छलफल भएको छ।

नेतान्याहु अमेरिका भ्रमणअघि दोहामा गाजा युद्धविराम वार्ता शुरू हुँदै

इजरायली प्रधानमन्त्री नेतान्याहुको अमेरिका भ्रमणअघि गाजामा युद्धविराम र बन्धक रिहाइसम्बन्धी वार्ता दोहामा पुनः शुरू हुने अपेक्षा गरिएको छ।

भोजपुर घटना: चारै शव सदरमुकाम ल्याइयो, आरोपित धरान पठाइयो

भोजपुरमा शनिबार राति भएको सामूहिक हत्याकाण्डका चारै शव परीक्षणका लागि सदरमुकाम ल्याइएको छ भने घटनामा संलग्न आरोपित राजेन्द्र राईलाई थप उपचारका लागि धरान पठाइएको छ।

विद्यालय शिक्षा विधेयक पारित गर्न तयार छन् सांसद, तर कसले अड्काइरहेछ?

शिक्षा समितिका सांसद विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने पक्षमा देखिए पनि दलका शीर्ष नेतृत्व र शिक्षामन्त्री नै शिक्षक महासंघको दबाबमा परेपछि अनिश्चित बनेको छ।

खडेरीले सुक्न थाल्यो ब्याडको बीउ, धान रोप्न नपाएर किसान चिन्तित

महोत्तरीमा यस वर्ष समयमा पानी नपर्दा हालसम्म ३/४ प्रतिशत मात्र धान रोपाइँ भएको छ।

नेप्से परिसूचकमा सामान्य सुधार, साढे ९ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक २.४० अंकले बढेर २,७०६.३६ को विन्दुमा पुग्दा नौ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो

अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ भने उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी राखेका छन्।