AnonymousUser

Logout

वायु प्रदूषणले सरदर नेपालीको आयु साढे ३ वर्ष घटाउँदै: विश्व बैंक

वायु प्रदूषणका कारण सरदर नेपालीको आयु साढे तीन वर्षले घटिरहेको र हरेक वर्ष करिब २६ हजार मानिसको अकालमै ज्यान गइरहेको प्रतिवेदनमा उल्लेख छ।

भरतपुर अस्पतालमा चिकित्सकको धर्ना

उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै आइतबार भरतपुर अस्पतालमा चिकित्सकले धर्ना दिएका छन्।

निर्माण क्षेत्र बन्दैछन् मजदुरलाई पासो, सुरक्षामा छैन चासो

निर्माण क्षेत्रमा भएका दुर्घटनामा विगत पाँच वर्षमा २१३ जना मजदुरको मृत्यु भएको प्रहरीको तथ्यांक छ। घाइतेको संख्या अझ ठूलो छ। तर कानूनले तोकेअनुसार सुरक्षाको बन्दोबस्त हुने गरेको छैन।

भारतमा रोयटर्सको ‘एक्स ह्यान्डल’ बन्द

कानूनी मागका कारण रोयटर्सको एक्स ह्यान्डल बन्द गरिएको एक्सले जनाएको छ। तर कस्तो खाले कानूनी माग हो भन्नेबारे खुलाइएको छैन।

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

भोजपुर नगरपालिका–२ का राजेन्द्र राईले सासू, ससुरा, श्रीमती र सालोको हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

ह्युमपाइप राखेर खुलाइयो नाला–भक्तपुर सडक

काभ्रेको बनेपा नगरपालिका– ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो। 

ममदानीलाई जिताउन तयार छन् नेपाली समुदाय

न्युयोर्कजस्तो शहरमा सर्वसाधारणको भावना बोक्ने एक राजनीतिक ताराको उदयलाई दुवै पार्टीले स्वाभाविक रूपमा खतरा ठानेका छन्। मामदानीजस्तै नयाँ नेता देशभर उदाउन सक्छन् भन्नेमा डेमोक्रेटहरू नै चिन्तित छन्।

कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

उज्वेकिस्तानसँग नेपालको हार, एशियन कपमा छनोट हुन सकेन

घरेलु टोली उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएको हो। हारसँगै नेपाल एशियन कप खेल्नबाट वञ्चित भएको छ।

‘कुलिङ अफ पिरियड’ विवाद छानबिन गर्न विशेष समिति गठन गरिने

सभामुखसहित विभिन्न दलका मुख्य सचेतकसँगको बैठकले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रतिवेदनमा भएको गडबडीबारे छानबिन गर्न विशेष समिति गठन गर्ने निष्कर्ष निकालेको छ।

विभिन्न जिल्लाका ७ मुख्य सडक पूर्ण रूपमा अवरुद्ध

प्रहरीका अनुसार, संखुवासभा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका मुख्य सडक पूर्ण रूपमा बन्द छन्।

कराँचीमा भवन भत्किँदा १६ जनाको मृत्यु, २० भन्दा बढी फसेको अनुमान

पाकिस्तानको कराँचीस्थित लियारीमा एउटा भवन भत्किँदा १६ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी मानिस फसेको अनुमान गरिएको छ।

टौवास खोलाले बगाउँदा १ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका-१ स्थित टौवास खोलाले बगाउँदा वीरगन्जका एक पुरुषको मृत्यु भएको छ।

नुवाकोटका हराएका मूर्ति: किंवदन्ती र प्रतिकृतिमा सीमित

नुवाकोटमा चोरिएका मूर्तिका स्थानमा प्रतिकृति (रिप्लिका) प्रतिस्थापन भइसकेका छन्। तीन पुस्तादेखि चोरिँदै गएका त्यस्ता मूर्तिको अस्तित्व, अवशेष अब कथा–किंवदन्तीमा सीमित हुने चिन्ता पाका पुस्तालाई छ।

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित, मल अभावको समस्या उस्तै

गत वर्ष यति बेला झापामा करिब २५ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष १४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ।

टेक्सासमा बाढीका कारण २५ जनाको मृत्यु, २३ बालिका सम्पर्कविहीन

अमेरिकाको टेक्सासमा अचानक आएको बाढीका कारण २४ जनाको मृत्यु भएको छ भने अन्य २३ जना बालिका सम्पर्कविहीन रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू१६ इस्ट जोन कपको उपाधि 

जितका लागि पाएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। जोय थापाले अविजित २४ रन बनाए।

फेवा किनारमा बाबुछोराको गफ

हिमाल आरोहणदेखि हिप्पी पर्यटक आगमनको जगमा फस्टाउँदै आएको पोखराको पर्यटनमा व्यवसायीले लगानी थप्दै गएका छन्। पर्वतारोहण, पदयात्रादेखि बिदा मनाउन र दृश्यावलोकन गर्न आउने पर्यटक यहाँका पाहुना हुन्।

बुकीपाटन र पर्यटक लोभ्याउने भेडीगोठ

ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन। उच्च पहाडी क्षेत्र रहेको हुँदा लेक लाग्ने सम्भावना बढी हुन्छ।

सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलआउट भयो।