AnonymousUser

Logout

विपद् प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदको माग

सांसदले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन्।

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

राष्ट्र बैंकको प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थ समूहमा घ्यू तथा तेल, गैरमदिराजन्य पेयपदार्थ, फलफूल, दाल र गेडागुडीको मूल्य बढेको छ भने तरकारी, मरमसला, माछा र मासुको मूल्य घटेको छ।

भोटेकोशीमा बाढीको पूर्वसूचना थिएन, विभाग भन्छ– वर्षाले बाढी आएको होइन, हिमताल विस्फोट हुनसक्छ

रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहानै आएको विनाशकारी बाढी वर्षाको कारण नभएको मौसम विभागले जनाएको छ। त्यहाँ बाढी आउनसक्ने पूर्वसूचना पनि थिएन। त्यसो भए एक्कासि कसरी आयो यति ठूलो बाढी?

११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो।

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

अवरुद्ध भएको स्थानमा मर्मत गरेर अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

भोटेकोशीको बाढी: पूर्वाधारमा ठूलो क्षति, उद्धारमा प्रतिकूल मौसम अवरोध

बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनीघाट) आसपाससम्म पर्न सक्ने भएकाले तटीय क्षेत्रमा मंलबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

भोटेकोशी बाढी: ३ प्रहरीसहित १८ जना सम्पर्कविहीन

बाढीमा परेर ३ जना प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

त्रिशूलीको बाढीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

त्रिशूली नदी किनारामा दाउरा काट्न गएका उनीहरू एक्कासि बाढी आएपछि रुखमा चढेर बसेका थिए। 

भोटेकोशी बाढी:  रसुवागढी नाका क्षेत्रमा क्षति, सशस्त्रको उद्धारटोली पुग्दै

पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेशी-रसुवागढी सडकखण्डमा भोटेकोशीको बाढीले सडक पूर्ण रूपमा कटान गरेको छ।

एसईईका बहुआयाम र ‘घोकन्ती विद्या धावन्ती खेती’ 

१९९० सालको मेट्रीकुलेसनदेखि २०८१ सालको एसईईको तथ्यांकीय दस्ताबेज सरसर्ती  हेर्दा पनि उच्चवर्गीय घनघोर उत्पीडनले निम्नवर्गीय मानिसलाई निरन्तर डामिरहेको देखिन्छ।

भोटेकोशीमा बाढी: रसुवागढी भन्सारमा राखिएका कन्टेनर बगायो, मितेरी पुलमा क्षति

नदीमा पानीको बहाव अझै उच्च गएकाले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई प्राधिकरणले अनुरोध गरेको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शिकारीबासमा फोन गर्न रूख चढ्नुपर्ने बाध्यता

पर्साको ठोरी गाउँपालिका–३, शिकारीबासका बासिन्दाले फोन सम्पर्क गर्नका लागि रूख चढ्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई कार्यकारी निर्देशकको हस्ताक्षर किर्ते गरी कर्मचारी बर्खास्त गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

क्यानलाई राखेपको पत्र: ‘अख्तियारको अनुसन्धान नसकिँदासम्म एनपीएलसम्बन्धी काम रोक्नू’

राखेपले क्यानलाई पत्र लेख्दै अख्तियारको अनुसन्धान नसकिँदासम्मका लागि एनपीएलसम्बन्धी कामहरू अगाडि नबढाउन निर्देशन दिएको छ।

रेलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको रेलको ठक्करबाट देउरी परवाहा स्टेसननजिकै एक जनाको ज्यान गएको छ।

चोभार गल्छीमा गर्न खोजिएको के हो?

अभियन्ता, स्थानीय बासिन्दादेखि जनप्रतिनिधिसम्मको ‘कुनै हालतमा छेडछाड गर्न नदिने’ घोषणापछि चोभार गल्छीमा गर्न लागिएको काम ‘होल्ड’ भएको छ। खासमा त्यहाँ के गर्न खोजिँदै थियो? यत्रो विवाद किन भयो?

ट्रम्पको कर चेतावनीपछि चीनको जवाफ: ब्रिक्सले ‘टकराब’ खोजिरहेको छैन

अमेरिकी राष्ट्रपति ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा थप कर लगाउने चेतावनी दिएपछि चीनले ब्रिक्स समूहले ‘टकराव’ नचाहेको जवाफ दिएको छ।

आन्दोलनबारे अनभिज्ञ बिरामीको गुनासो: ‘चिकित्सक दायित्वबाट पन्छिन खोजे’

चिकित्सक संघले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरी आन्दोलन थालेकोबारे अस्पताल पुगेपछि मात्र थाहा पाउँदा बिरामीले सास्ती खेप्नुपरेको छ।

नेप्से परिसूचक २२ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ को बिन्दुमा कायम भएको छ। होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेक अन्य सबै समूहका उपसूचकमा गिरावट आएको छ।