माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ।
सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु नागरिकको कर्तव्य हो र जानीजानी ध्वंस गरे अपराध ठहर्छ। अपराध ठूलो वा सानो हुँदैन। विधिको शासन चाहन्छौँ भने दण्डहीनता अस्वीकार्य हुनुपर्छ।
दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो।
कोशी प्रदेश सरकारले 'जेनजी' प्रदर्शनका क्षतिग्रस्त सरकारी कार्यालयका साथै हालैको बाढीपहिरोले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।
हमासले सोमबार इजरायललाई फिर्ता गर्ने भनिएका चार जना मृत बन्धकको नाम सार्वजनिक गरेको छ। सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि उल्लेख छ।
बैठकमा हालको अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले जानकारी दिए।
परराष्ट्र मन्त्रालयले विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको जनाएको छ ।
जेन–जी आन्दोलनका क्रममा भएको विध्वंसले थला परेको मुलुकको सर्वोच्च न्यायालय एक महिनापछि पनि मुद्दाको सुनुवाइमा फर्कन सकेको छैन। अदालतमा इजलास बस्ने ठाउँ छैन, हजारौँ मुद्दाका मिसिल नै छैनन्।
पूर्वसभामुख उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध भेपमार्फत सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि विकल्पका रूपमा जोगमाई खोलामा ‘डाइभर्सन’ निर्माण गरी तिल्केनी–सिमलगो मार्गमा यातायात सञ्चालनको तयारी थालिएको छ।
भक्तपुरको ताल्को (टेलाकू) क्षेत्रका स्थानीय तिहारका लागि माटोका पाला बनाउन व्यस्त देखिएका छन्।
सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा कायम भएको हो।
रिहा भएकाहरूलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ। त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइ हेलिकप्टरमार्फत स्वास्थ्य परीक्षणका लागि इजरायलका विभिन्न अस्पतालमा स्थानान्तरण गरिनेछ।
बैंककबाट काठमाडौँ आएका तीन भारतीय नागरिक ११ किलोभन्दा बढी गाँजासहित पक्राउ परेको प्रहरीले बताएको छ।
रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्डोमा परेर मृत्यु भएको हो।
भदौ २४ को विध्वंशमा करिब ८० अर्ब बराबरको नोक्सानी भएको उद्योग वाणिज्य महासंघको आकलन छ। उद्योग, व्यवसायीप्रति कतिपय मिडिया र सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रम पनि यसमा जिम्मेवार भएको व्यवसायी बताउँछन्।
इजरायलका लागि नेपालका राजदूतले सोमबार रिहा हुने जीवित २० बन्धकको सूचीमा विपिन जोशीको नाम नरहेको बताएका छन्।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
इजरायलले पनि रिहा गरिने प्यालेस्टिनी कैदीहरूको नाम अनुमोदन गरेको छ। अबको केही बेरमा हमासले बन्धकहरुलाई छाडेपछि इजरायलले पनि प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गर्ने बताइएको छ।