महासंघले महसुल बक्यौता बुझाउने गरी दिइएको २८ किस्ताको सुविधाअन्तर्गतको एक किस्ता बराबरको रकमलाई विवादित मानी धरौटीका रूपमा बुझाएपछि काटिएको विद्युत् लाइन जोड्ने प्रस्ताव अघि सारेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको केन्द्रीय समिति बैठकपश्चात् मात्र प्रदेशसभाको बैठक बोलाउने बताएकाले मिति तय हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।
विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति पुनर्स्थापित गरिएको छ।
जाँचबुझ आयोगको पत्राचारपछि, प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा बढी क्षति भएका क्षेत्रमा खटिएका इन्चार्जहरूलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएको छ।
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा कायम भएको छ भने ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउको खेती गर्छन्। मिल्की च्याउ डल्ला राखेको १५ दिनमा र कन्या च्याउ २० देखि २५ दिनमा तयार हुने उनको भनाइ छ।
नाबालिग बलात्कारमा व्यापारी सुशील चटौतलाई ललितपुर अदालतले दोषी ठहर गरे पनि उच्च अदालतले सफाइ दिएको थियो। कांग्रेस नेता उमेश श्रेष्ठसँग सम्बन्ध जोडिएका सुशीलको मुद्दा सर्वोच्च नलैजान प्रक्रिया अगाडि बढाइएको छ।
दुई दिनदेखि अवरुद्ध नवलपरासी पूर्वस्थित दाउन्ने सडकखण्ड भने दुईतर्फी सुचारु भइसकेको छ।
कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँछ। आवादी छेउमा घरपालुवा जनावर गाई, भैंसी, भेडा बाख्राहरू सँगसँगै चर्ने र बस्ने पनि गर्छ।
दलहरूले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सवाललाई पन्छाउँदा लोकरिझ्याइँलाई हतियार बनाएर दक्षिणपन्थी शक्तिको उदय हुनसक्छ जसले लोकतान्त्रिक पद्धतिसँगै गणतन्त्र, संघीयता, समावेशी संरचना र धर्मनिरपेक्षता जस्ता उपलब्धि संकटमा पार्नेछ।
सोमबार बिहान देशको उत्तरी भागमा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो। त्यस क्षेत्रमा लगभग पाँच लाख २३ हजार जनसंख्या छ।
राहदानी पुस्तिकाको सीमित संख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ।
सिंहदरबारका कोठाहरूका धुवाँ केबल काठ र फर्निचरको मात्रै होइन, वर्षौँदेखि सञ्चित भ्रष्टाचार, अन्याय र पीडाको समेत हो। यति कुरा स्वीकार्नै पर्छ।
मुम्बईको डीवाई पाटिल रंगशालामा आइतबार सम्पन्न खेलमा भारतीय टोलीले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गरेको हो।
कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
गत वर्ष अक्टोबर महिनाको तुलनामा यस वर्ष ३.३ प्रतिशत बढी पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले ट्यांकर चालकसहित चार जनालाई पक्राउ गरेको छ।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ वामपन्थी दलबीच एकता सहमति भएको छ। यी दलहरूले कात्तिक १९ गते (बुधबार) संयुक्त सम्मेलन गरी पार्टी एकता घोषणा गर्ने भएका छन्।
मुख्यमन्त्रीहरूले शान्ति सुरक्षाको विषय निर्वाचनको प्रमुख चुनौती रहेकाले यसमा गम्भीरताका साथ लाग्नुपर्ने धारणा राखेका थिए।