जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, पक्राउ परेकाहरूको साथबाट सिएफ ९८–९ पेस्तोल एक थान, एक थान म्याग्जिन र १५ थान गोली बरामद गरिएको छ।
त्रिविले अध्ययन बिदा लिएपश्चात् त्रिविमा फर्की सेवा नगर्ने शिक्षक र कर्मचारीबाट अध्ययन बिदाको शर्त उल्लंघन गरेको देखिएको बताएको छ।
चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याइएपछि बाल मुटु उपचारका लागि गंगागाल अस्पताललाई दिने तयारीमा एमालेबाट निर्वाचित वडाध्यक्ष बाधक बनेका छन्, जोसामु काठमाडौँका मेयर बालेनसमेत निरीह देखिन्छन्।
प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ।
हिमपातका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ।
यो साता उकालोमा, ‘मारवाडी समुदायप्रति फैलाइएको अफवाह, परिणाम– भौतिक आक्रमण’, ‘राज्यकोषबाट १ अर्ब खर्च गरेपछि अलपत्र बनाइएका खानेपानी आयोजना’, ‘अस्पतालमा आन्दोलनका घाइते छट्पटाइरहँदा थिएनन् सर्जन’लगायतका समाचार चर्चामा रहे।
अध्यागमन विभागले भिसासम्बन्धी ६ बुँदे प्रावधान खारेज गरी मन्त्रीस्तरीय निर्णयमार्फत नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ।
मर्स्याङ्दी गाउँपालिका-४ स्थित अक्टोपस झरनामा पानीको बहाव बढेको तथा जगत नजिकका विभिन्न स्थानमा सडकमाथिबाट ढुङ्गा खसिरहेकाले बेँसीसहर-चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
धान भित्र्याउने मुख्य याममा भएको निरन्तरको वर्षाका कारण नकाटिएको धान पनि ढलेकाले किसानहरूमा थप चिन्ता बढेको छ।
मोन्था चक्रवातको असर अहिले मधेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए।
जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
प्रतिनिधिसभा विघटनपछि संसद् अधिवेशन अन्त्य गरिए पनि राष्ट्रियसभा अन्तर्गतका समितिले सरकारका कारबाहीबारे छलफल र निगरानी गर्न सक्छन्। तर ती समिति प्रभावहीन हुँदा राष्ट्रियसभामाथि प्रश्न उठ्न थालेको छ।
मेची राजमार्गको वैकल्पिक सडकका रूपमा सञ्चालन भएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ।
पानी निरन्तर परिरहेकाले अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने प्रहरीले जनाएको छ।
आवास संकटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त शहर निर्माणमा विश्वस्तरीय सहकार्य प्रवर्द्धनका लागि दिवस मनाउने गरिएको छ।
भारतको जितमा जेमिमा रोड्रिग्स १२७ रनमा अविजित रहिन्। कप्तान हरमनप्रीत कौरले ८९ रन बनाइन्।
चप्पल लगाउनसमेत त्राहिमाम् हुनुपर्ने जेन–जीको आत्मसम्मानबारे बालुवाटारतिर प्रधानमन्त्रीका अघि उपरखुट्टी लगाउने अवसर पाउने जेन–जीलाई थाहा छ कि छैन? चासो छ कि छैन?
घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।
कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना छ।