सरकारले परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएका राजदूतहरू हाल हाजिरीमा सीमित छन्।
किसानको जीवनस्तर उकास्न सरकारी अनुदानमा शुरू भएका योजना कसरी राज्यकोषको पैसा दुरुपयोग र अपचलन गर्ने माध्यम मात्र बने भन्ने बाँकेमा अलपत्र परेका कृषि संरचनाले छर्लङ्ग पार्छन्।
भीमेश्वर नगरपालिकाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी कामकाजमा खटाउन नसक्दा शिक्षकहरू कामविहीन हुन पुगेको स्थानीयको भनाइ छ।
रंगशाला परिसरमा नयाँ संरचनाहरू तयार भएको र नेपालीमा बढ्दो क्रिकेट क्रेजलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईको भनाइ छ।
मंगलबार नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ को बिन्दुमा कायम भएको छ भने चार अर्ब १० करोड रुपैयाँभन्दा माथिको शेयर किनबेच भएको छ।
कर्णालीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य चितवनले ५ बल बाँकी रहँदै पूरा गर्यो।
सोमबार राति भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपातबाट हिमाली तथा उच्च पहाडी २९ जिल्ला र हिमपातबाट तराई/मधेशका २१ जिल्ला प्रभावित हुनसक्ने अनुमान गरेको छ।
युक्रेनले रुसी आक्रमणबाट बच्न फ्रान्सेली राफेल एफ-४ लडाकु विमान र उन्नत हवाई रक्षा प्रणाली खरिद गर्ने भएको छ।
उनलाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अधिकृतका रूपमा नियुक्त गरिएको हो।
प्रविधि र सूचना पद्धतिमा हामी कति पछौटे छौं भन्ने कुरा त हाम्रो निर्वाचन आयोगको वेबसाइट हेरे पनि हुन्छ, कति दयनीय छ वेबसाइट!
आज सुनको मूल्य तोलाको तीन हजार ८०० र चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको छ।
गत कात्तिक २७ मा उकालोले 'प्रधानमन्त्रीले भ्रष्टाचार रोक्न चाहे सतर्कता केन्द्र नै काफी छ' भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो।
महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
'शीर्षस्थ नेताहरू' पुनः हाबी भए भने आगामी फागुन २१ गते हुने निर्वाचनमा यी आबद्ध दलले 'लज्जाजनक हार' व्यहोर्नु पर्नेछ। आउँदो चुनावमा अधिकांश प्रमुख दलका उम्मेदवारको जमानत जफत हुने प्रबल सम्भावना छ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्।
शान्ति सुरक्षामा खलल पुर्याउने गरेर अभिव्यक्ति दिएको लगायत गतिविधि गरेको भन्दै पक्राउ गरिएको अधिकारीले बताए।
मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा काठमाडौँले दुई ओभर बाँकी छँदै जनकपुरले दिएको १३१ रनको लक्ष्य पूरा गरेको हो।
अख्तियारले छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको रकम हिनामिना गरेको आरोपमा कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।