AnonymousUser

Logout

गौरिकाको खस्कियो खेल, कीर्तिमानसहित डुआनाको उदय

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डुआना लामाले ९ स्वर्ण र १ कास्यसहित १० पदक जितेर कीर्तिमान कायम गरेकी छन्। यो प्रतियोगितामा गौरिकाले भने ५ स्वर्ण र १ रजतसहित ६ पदकमा चित्त बुझाइन्।

सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

जिल्ला अदातल काठमाडौँले सन्दीप लामिछानेलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

आयोगको सातबुँदे निर्देशन : आचारसंहिता पालना नभए उम्मेदवारी खारेज गर्ने चेतावनी

निर्वाचन आयोगले बुधबार सातबँदे निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन गरेको भेटिए कानूनबमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुने भन्दै दल र उम्मेदवारलाई सचेत गराएको छ।

बुधवार झण्डै १३ अंकले घट्यो नेप्से

नेप्से परिसूचक लगातार तेस्रो दिन पनि नेप्से ओरालो लागेको छ। बुधबार तीन वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए पनि नेप्से ओरालो लागेको हो।

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।

राष्ट्रिय खेलकुद : १६० पदकसहित आर्मीको फराकिलो अग्रता

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा आर्मी क्लबले १६० पदकसहित फराकिलो अग्रता बनाएको छ।  

झिलिमिली बत्तिको मूल्य १० प्रतिशतले वृद्धि, बजारमा अभाव

तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य बढेको छ। अमेरिकी डलरको मूल्यमा वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तिको मूल्य बढेर आएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ।

आयोगले मेटासँगको सहकार्यमा उम्मेदवारले फेसबुकमा गर्ने खर्चको अनुगमन गर्ने

निर्वाचन आयोगले फेसबुकमा हुने निर्वाचनकेन्द्रित गलत सूचना प्रवाहलाई मेटासँगको सहकार्यमा निगरानी गर्ने भएको छ। फेसबुकमा प्रचार-प्रसार गर्दाको खर्च विवरण पनि संकलन गर्ने भएको छ।

कर्णालीमा हवाई उडान संख्या थपिने, अनियमितता रोक्न अनलाइनबाट टिकट

कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थपिने भएको छ। बाढी-पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए।

कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। चुनाव प्रचारप्रसारलाई प्रभावकारी बनाउन कांग्रेसले प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्न लागेको हो।

प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै : गठबन्धन दल

सत्ता गठबन्धनमा आवद्ध तीन दलले संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन्।

फिनल्याण्डमा गुल्मेलीको धुइरो

सन् ९० को दशकदेखि नेपालीले रेस्टुरेन्ट व्यवसाय थालेको फिनल्याण्ड अहिले रोजगारी र अध्ययनको आकर्षक गन्तव्य बनेको छ। तर, भाषाको ज्ञान र सीप नभइकनै ठूलो रकम खर्चेर जानेहरू भने शोषणमा परिरहेका छन्।

गठबन्धनका उम्मेदवारको प्रतिबद्धता : ललितपुरवासीले गर्व गर्ने सहर बनाउँछौँ

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ललितपुरमा सत्ता गठबन्धनका तर्फका उम्मेदवारले ललितपुरलाई ललितपुरवासीले गर्व गर्न लायक बनाउने प्रतिवद्धता जनाएका छन्।

निर्वाचनकेन्द्रित 'लाइभ डिबेट'मा आउन देउवालाई ओलीको चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवं शेरबहादुर देउवालाई निर्वाचनकेन्द्रित बहसमा आउन चुनौती दिएका छन्।

महिला मोडल 'फिजिक'मा इतिहास लेखाएकी एयर होस्टेस स्वेता

कोरोनाका कारण एयर होस्टेसको जागिर छुटेर खाली बसेकी स्वेतालाई प्रशिक्षक तथा राष्ट्रिय खेलाडी रोजेशले यस विधामा लाग्न सुझाएका थिए। उनको निगरानीमा स्वेताले केबल दुई महिना मात्रै तयारी गरेकी थिइन्।

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

आयोगले निर्वाचन क्षेत्रअनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ।

रुसी लडाकु विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

विमान अवतरणका क्रममा एउटा इन्जिनमा आगो लागेपछि दुई जना पाइलटले हाम फालेर ज्यान जोगाएका थिए।

नवौँ राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

कुल १३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मी ६१ स्वर्ण जितेर पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। एपिएफ दोस्रो र पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन्

चितवन- १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको विश्व पौडेललाई समर्थन

चितवन-१ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बमलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका पुकार बमलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ।