AnonymousUser

Logout

सीडीओलाई आयोगको निर्देशन- आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न हात नकमाउनूस्

आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरूले आचारसंहिता उल्लंघन गरेको उजुरी आएकोतर्फ ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न निर्देशन दिए।

तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र प्रदेश १, मधेस र बागमती प्रदेशका सबै निर्वाचन क्षेत्रमा पठाइसकेको जनाएको छ।

कांग्रेस प्रवक्ता भन्छन्- गठबन्धनका कारण पार्टीका प्रभावशाली नेताहरूले टिकट पाएनन्

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनका नेताहरूलाई व्यवस्थापन गर्दा पार्टीका प्रभावशाली नेताहरूलाई टिकट नपाएको बताएका छन्।

प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई समयानुकूल प्रविधिमैत्री बनाउन निर्देशन दिएका छन्।

मंगलबार देशैभर सार्वजनिक बिदा

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ। आइतवार निधन भएका जोशी वाङ्मयका क्षेत्रमा सक्रिय थिए।

कृषिविज्ञ भन्छन्- खाद्य वस्तु आयातमा प्रतिबन्ध लगाऊँ

कृषिविज्ञहरूले नेपाली रैथाने कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सबै नेपालीले आयातित कृषिजन्य वस्तु प्रयोगमा प्रतिबन्ध लगाए मात्रै खाद्य प्रणालीमा सुधार र खाद्य संप्रभुता हुने बताए।

युगान्डामा इबोला महामारीपछि लकडाउन घोषणा

सेप्टेम्बरमा इबोला महामारी शुरू भएयता त्यहाँ २९ जनाको ज्यान गइसकेको छ भने ६३ जनामा संक्रमण पुष्टि भएको छ।

'आफू राम्रो र अरू नराम्रो भनी प्रचार-प्रसार गर्न पाइँदैन'

आयोगले उम्मेदवारले आफू राम्रो र अरू दल तथा स्वतन्त्र उम्मेदवार नराम्रो भनी प्रचार-प्रसार गर्न नपाइने बताएको छ। आयोगले आफ्नो घोषणापत्रअनुरूप र आफूले गर्ने कामको मात्रै प्रचार-प्रसार गर्न सुझाएको छ।

‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’

सामाजिकरूपमा भिलेनलाई हेर्न दृष्टिकोण बदलिँदै गएको छ। भिलेनहरूले पनि दर्शकमाझ बलियो रूपमा परिचय स्थापित गर्न थालेका छन्।

सीले गरे शून्य कोभिड नीतिको बचाउ

सीले शून्य कोभिडको नीतिलाई भाइरस फैलिनबाट रोक्ने जनताको लडाइँका रूपमा व्याख्या गरे। 

जोशीलाई यसरी सम्झिन्छन् भैरव रिसाल र त्रिरत्न मानन्धर

मानन्धर जोशीको दीर्घजीवनको कारण उनको क्रियाशीलतालाई ठान्छन् भने रिजाल जोशीबाट जीवन जिउने कला सिक्नुपर्ने बताउँछन्।

एक्लाएक्लै कसैको बहुमत आउँदैन, दलहरू मिल्नु आवश्यक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एक्लै चुनाव लड्दा कसैको पनि बहुमत नआउने हुँदा गठबन्धनका दलहरू मिलेर चुनाव लड्नुपर्ने बताएका छन्। उनले अझै प्रतिगमनको खतरा रहेको समेत बताएका छन्।

प्रतिनिधिसभा निर्वाचन :  कुन दलका कति उम्मेदवार?

आसन्न निर्वाचनका लागि देशैभरबाट २५२६ जनाको उम्मेदवारी परेको छ। जसमध्ये २२९१ जना पुरुष रहेका छन् भने २३५ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ।

'हामीले धेरै पहिल्यै हँसिया-हतौडा र रूखलाई एक बनाइसकेका हौँ' 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेस र माओवादी केन्द्रले धेरै पहिलाबाट नै हँसिया-हतौडा र रूखलाई एक बनाइसकेको बताए। उनले मतदातालाई नअल्मिलइकन गठबन्धनलाई जिताउन आग्रह गरे।

प्रत्यक्षतर्फ ४४ हजार मतपत्र छापियो

निर्वाचन आयोगले प्रत्यक्षतर्फ ४४ हजार मतपत्र छापिसकेको छ। समानुपातिकतर्फको मतपत्र छापेर २८ वटा जिल्लामा ढुवानी भइसकेको पनि आयोगले जनाएको छ।

सत्यमोहन जोशीलाई अन्तिम श्रद्धाञ्जली [फोटो फिचर]

संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरू पुगेका थिए।

संस्कृतिविद् जोशीको पार्थिव शरीर नगल्ने रसायन प्रयोग गरी अध्ययनका लागि राखिने

आइतवार बिहान देहावसान भएका शताब्दी पुरुष सत्यमोहन जोशीको शव अध्ययनका लागि राखिने भएको छ। उनकै प्रणअनुसार उनको शव अध्ययनका लागि किस्ट अस्पतालमा राखिने भएको हो।

इरानको इभिन जेलमा आगलागी, ४ जनाको मृत्यु

विभिन्न मुलुकले जेलमा रहेका आफ्ना नागरिकको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। अमेरिकाले घटनाक्रमलाई आकस्मिक घटनाजस्तै पछ्याइरहेको बताएको छ भने बेलायतले घटनालाई चिन्ताजनक भनेको छ।

'तेस्रो लिङ्गी' भएको आरोपले थिचिएकी निशा

निशाले मैदानभित्र गरेको प्रदर्शनले प्रशिक्षकबाट जुन वाहवाही पाइन्, त्यो मैदानबाहिर अन्य खेलाडी र दर्शकबाट पाउन सकिनन्।