किराँत सभ्यताको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै खुवालुङ नाटक समूहलाई जरोकिलो महाअभियानले पुरस्कृत गरेको छ।
शुक्रबार लामिछानेका तर्फबाट नरेन्द्र गौतम, आशिष कुइँकेल, सुदिग्य पन्त र यज्ञमणी न्यौपानेले बहस गर्दै रिट खारेजीको माग गरेका थिए।
लुम्बिनी विकास कोषले विश्व सम्पदाक्षेत्र लुम्बिनीमा आफ्नै गुरुयोजना विपरीत संरचना मात्र बनाइरहेको छैन, गुरुयोजना अनुरूप निर्माण भएका काममा समेत दोहोर्याएर खर्च गरिरहेको छ।
बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पले सबैभन्दा बढी बडीमालिका नगरपालिकामा क्षति पुगेको प्रहरीले जनाएको छ।
छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई राष्ट्रिय सूचना आयोगले १५ हजार रुपैयाँ जरिबाना गरेको छ।
धनकुटाका कृष्ण रसाइलीले 'घरेलु ठेकी तोङ्वा उद्योग'बाट ७० प्रकारका काठका सामग्री बजारमा पठाउने गरेका छन्।
दुवैतर्फको बहस सकिएपछि इजलासले फैसला सुनाउने छ।
पूर्वसचिव शरदचन्द्र पौडेल संयोजक रहेको कार्यदलले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गरेर प्रतिवेदन पेस गर्ने छ।
एथलेटिको बिलबाओ, बार्सिलोना र ओसासुना कोपा डेल रेको सेमिफाइनलमा पुगिसकेका छन्।
सुकुम्वासी आन्दोलन
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाडौँमा प्रदर्शन गरेको छ। भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको अधिकार सुनिश्चित गर्न माग गर्दै शुक्रबार माइतीघरदेखि बानेश्वरसम्म र्याली निकालेको हो। काठमाडौँ महानगरले सुकुम्वासी बस्ती हटाउन थालेसँगै मोर्चा आन्दोलित छ। तस्वीरहरू: अमित मचामसी
स्मार्टफोन र इन्टरनेटको पहुँच व्यापक हुँदै गर्दा 'अटेन्सन सिकिङ' र 'भाइरल' हुने प्रवृत्ति राजनीतिमा समेत प्रवेश गरिसकेको छ।
शुक्रबार राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।
बर्सेनि २० अर्बको कारोबार गर्ने भाटभटेनी सुपरमार्केटसँग कारोबार जोडेका साना उद्यमीको अनुभव तीतो न तीतो छ, मंगलबार काठमाडौँमा आफैँलाई आगो लगाएका प्रेमप्रसाद आचार्यले त्यसलाई उजागरमात्र गरिदिएका हुन्।
महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ अनधिकृत बोर्ड हटाउन कामपाले दैनिक रूपमा नगर प्रहरीसहित चार टोली खटाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणाली सुधार्न निर्वाचनसम्बन्धी ऐन संशोधन गर्ने तयारी रहेको बताएका छन्।
चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको सरकारले वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब ऋणबाट स्रोत जुटाउने लक्ष्य राखेको छ।
म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि ग्रामीण क्षेत्रका बासिन्दा अफिम खेतीमा फर्किएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
प्रेमप्रसाद आचार्यले उठाएका विषयमा अध्ययन गर्न गृह मन्त्रालयका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ।
काठमाडौँमा प्रेमप्रसाद आचार्यको मृत्युवरणले चर्चा बढाइदिएको मात्र हो। खासमा नेपालीको मानसिक स्वास्थ्य समस्या ‘महामारी’कै तहमा देखापरेको आत्महत्याको चढ्दो ग्राफबाटै छर्लंग हुन्छ।