शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।
अडानी समूहको कूल सम्पत्तिमा तीन दिनमै १० प्रतिशतभन्दा बढी गिरावट आएको भारतीय मिडियाले उल्लेख गरेका छन्। फोर्ब्सको सूचीको तेस्रो नम्बरमा रहेका गौतम अडानी एकैपटक सातौँ नम्बरमा झरेका छन्।
सर्वोच्च अदालतको आदेशबाट रवि लामिछानेको सांसद पद गुमेसँगै सामाजिक सञ्जालमा उनको पक्ष र विपक्षमा टीकाटिप्पणी भइरहेको छ।
वर्तमान सत्ता गठबन्धनमा निर्णायक शक्ति रहेको रास्वपाका अध्यक्ष रवि लामिछानेको सांसद पद गएसँगै गठबन्धनको भविष्य र आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर पनि चर्चा शुरू भएको छ।
काठमाडौँका मेयर बालेन शाहको शैलीले उनी स्वयंलाई कति लाभ वा हानि गर्ला भन्ने त लेखाजोखा हुन बाँकी नै छ। तर, उनलाई हेरेर राजनीतिमा आउन चाहने नयाँ पुस्ता भने मर्माहत बन्नथालेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले भ्रष्टाचारविरुद्ध ‘सख्ती’ देखाउने संकेत गरेसँगै युक्रेनभर राजीनामा दिने कर्मचारीको संख्या बढेको छ।
रवि लामिछानेले सर्वोच्च अदालतको आदेशपछि आफू अनागरिक बनेको टिप्पणी गरेका छन्।
रवि लामिछानेले अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः नलिएको ठहर सर्वोच्चको छ।
प्रेमप्रसाद आचार्यले मृत्युअघि फेसबुकमा उल्लेख गरेका भाट्भटेनीसहित १२ संस्थाहरूविरुद्ध किटानी जाहेरी परेको छ।
विवादैविवाद बोकेर गृहमन्त्रालयको नेतृत्वमा पुगेका रास्वपा सभापति रवि लामिछाने ३३ दिनमै त्यहाँबाट बाहिरिँदा उनको सांसद र पार्टी सभापतिको पद पनि गुमेको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेले प्रयोग गरेको नेपाली नागरिकताको कानूनी हैसियत कायम नरहेको ठहर गरेको छ।
क्यानले राष्ट्रिय टोलीबाट लामो समय बाहिर रहेका शरद भेषवाकर, कुशल मल्ल र कमलसिंह ऐरीलाई पनि बन्द प्रशिक्षणमा बोलाएको छ।
एमाले सहितका दलहरूसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।
आठ 'ए' डिभिजन क्लबको सहभागिता रहने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले रिक्त रहेको उपाध्यक्ष पदका लागि माघ २३ गते सोमबार ११ बजेर ५९ मिनेटमा निर्वाचन गर्ने गरी मिति तोकेका छन्।
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०/४० प्रतिशत बुकिङ रहेकोमा दुर्घटनापछि झरेर १०/१५ प्रतिशतमा पुगेको बताए।
निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्यूएस र पीएमसीसी कक्षको निर्माण गरिने जनाएको छ।
कार्गोका लागि खुला व्यापार क्षेत्र, एभिएसन प्रशिक्षण केन्द्र, विमान मर्मत तथा पार्टपुर्जाको जाँच सुविधा उपलब्ध हुने 'एभिएसन सिटी'ले १५ हजारभन्दा बढीलाई रोजगारी दिने बताइएको छ।
मेलबर्नस्थित रोड लेभर एरिनामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा रूसका करेन खाचानोभलाई हराउँदै उनी उपाधिनजिक पुगेका हुन्।