पूर्वसचिव शरदचन्द्र पौडेल संयोजक रहेको कार्यदलले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गरेर प्रतिवेदन पेस गर्ने छ।
एथलेटिको बिलबाओ, बार्सिलोना र ओसासुना कोपा डेल रेको सेमिफाइनलमा पुगिसकेका छन्।
सुकुम्वासी आन्दोलन
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाडौँमा प्रदर्शन गरेको छ। भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको अधिकार सुनिश्चित गर्न माग गर्दै शुक्रबार माइतीघरदेखि बानेश्वरसम्म र्याली निकालेको हो। काठमाडौँ महानगरले सुकुम्वासी बस्ती हटाउन थालेसँगै मोर्चा आन्दोलित छ। तस्वीरहरू: अमित मचामसी
स्मार्टफोन र इन्टरनेटको पहुँच व्यापक हुँदै गर्दा 'अटेन्सन सिकिङ' र 'भाइरल' हुने प्रवृत्ति राजनीतिमा समेत प्रवेश गरिसकेको छ।
शुक्रबार राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।
बर्सेनि २० अर्बको कारोबार गर्ने भाटभटेनी सुपरमार्केटसँग कारोबार जोडेका साना उद्यमीको अनुभव तीतो न तीतो छ, मंगलबार काठमाडौँमा आफैँलाई आगो लगाएका प्रेमप्रसाद आचार्यले त्यसलाई उजागरमात्र गरिदिएका हुन्।
महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ अनधिकृत बोर्ड हटाउन कामपाले दैनिक रूपमा नगर प्रहरीसहित चार टोली खटाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणाली सुधार्न निर्वाचनसम्बन्धी ऐन संशोधन गर्ने तयारी रहेको बताएका छन्।
चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको सरकारले वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब ऋणबाट स्रोत जुटाउने लक्ष्य राखेको छ।
म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि ग्रामीण क्षेत्रका बासिन्दा अफिम खेतीमा फर्किएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
प्रेमप्रसाद आचार्यले उठाएका विषयमा अध्ययन गर्न गृह मन्त्रालयका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ।
काठमाडौँमा प्रेमप्रसाद आचार्यको मृत्युवरणले चर्चा बढाइदिएको मात्र हो। खासमा नेपालीको मानसिक स्वास्थ्य समस्या ‘महामारी’कै तहमा देखापरेको आत्महत्याको चढ्दो ग्राफबाटै छर्लंग हुन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती आफ्नासामु रहेको बताएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान आशिफ शेखले ओमान टी–२० सिरिजको क्रममा देखाएको खेल भावनाको कदर गर्दै आईसीसीले स्पिरिट अफ क्रिकेट अवार्ड दिएको छ।
विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ।
राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्तिलाई अगाडि सार्न सकिए आगामी दिनमा हुन सक्ने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्न र संविधानको संरक्षणमा सहयोग पुग्ने माओवादी नेता पौडेलको तर्क छ।
विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ।
सरस्वती पूजा
श्रीपञ्चमीलाई अक्षरारम्भको दिन पनि भन्ने चलन छ। यस दिनदेखि बालबालिकालाई विद्यालय पठाउने, लेख्न सिकाउने गरिन्छ। अभिभावकहरू छोराछोरीलाई लिएर मन्दिर, विद्यालय पुगेका छन्। बालबालिकाले विभिन्न मन्दिर र विद्यालयका भित्तामा चकले लेखेर अक्षरारम्भ गरेका छन्। तस्वीरहरू: अमित मचामसी र फाेटाे लाइब्रेरी
अध्यक्ष चन्दले स्पट, म्याच फिक्सिङलगायत कुनै खाले भ्रष्टाचारमा क्यानका पदाधिकारीको संलग्नता नरहेको दाबी गरे।