लुम्बिनी प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यका लागि रोल्पाली नेताहरू कुमार दशौदी र माधवप्रसाद आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ।
ल्होमन्थाङलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सम्भावित सूचीमा राखिसकिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताएका छन्।
रवि लामिछाने आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय पुगेका छन्।
शुक्रबार प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँ रहेको सुन आइतबार एक लाख छ हजार रुपैयाँ कायम भएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले डडेलधुराको राष्ट्र निर्माण सेवालाई तीन तथा अन्य ११ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ।
हिउँ नपर्दा हिमताल र पानीको मुहान सक्दै जाने तथा वन सुख्खा हुने भएकाले हिमाली वनमा डढेलोका घटना बढेको स्थानीयको भनाइ छ।
बार्सिलोना १८ खेलमा ४७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ।
हाल नेपालमा दुई हजार २८५ जना कुष्ठरोगका नयाँ बिरामी पाइएका छन्। यसमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका छन्।
सामान्य घाइते १२ जना जिल्ला अस्पतालमा उपचारपछि आइतबार बिहान घर फर्किएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
मध्य पहाडमा ७० वर्षयता 'तराईमा बस्ने जेजति छन्, ती सबै भारतीय हुन्' भन्ने झुटको कथा राजा महेन्द्रले पढाउन शुरू गराए। राजावादी र कम्युनिस्टहरूले पछि यसको संयुक्त रूपमा 'मार्केटिङ' गर्न थाले।
तराईका केही स्थानमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अत्यधिक भीडका कारण नौ जना दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यस वर्षको एसईई चैत १७ गतेदेखि २९ सम्म हुनेछ।
४६ वर्षअघि पाटनको नक बहीबाट हराएका लिच्छविकालीन दुई बुद्ध मूर्तिमध्ये एउटा मूर्ति थाइल्यान्डमा फेला परेको छ।
नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीलाई रिहाइ नगरेसम्म सरकारमा सहभागी नहुने अडान लिएको छ।
भारतमा अभ्यास उडानमा रहेका दुई सैनिक विमान एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ।
महासचिव गौतमले संघीयतामाथि प्रश्न उठाउँदै जाँदा देश नै ठूलो संकटमा पर्ने बताए।
रुस–युक्रेन युद्ध शुरू भएको एक वर्ष पुग्नै लाग्दा पनि रोकिने छाँटकाँट देखिँदैन। अमेरिका र युरोपियन देशको प्रतिबन्धले पनि रुस पछि हट्ने संकेत नदेखाएकाले युद्ध थप लम्बिने देखिएको छ।
अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान दुई घण्टापछि पुनः सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन्।