AnonymousUser

Logout

व्यवसायमैत्री कानून निर्माणका लागि सहयोग गर्न तयार छु: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानून निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

तेस्रो लिगलिगे साइकल दौडको उपाधि हिमाल टमाटालाई

गाेरखाकाे पालुङटारस्थित लिगलिगकोटबाट शुरू भएको दौड आपँपिपल भञ्ज्याङ– हर्मी भञ्ज्याङ– मुकुन डाँडा–हुँदै पुन: लिगलिगकोटमा आएर टुंगिएको थियो।

भारतको विहार हुँदै विद्युत् निर्यात गर्न मोडालिटी बनाइँदै 

नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठकले एक महिनाभित्रमा विद्युत् निर्यातको मोडालिटी तय गर्ने निर्णय गरेको छ। यसबाट वर्षायाममा विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित हुने प्राधिकरणको भनाइ छ।

राजनीतिक उपलब्धिको रक्षाका लागि राष्ट्रिय सहमति र एकता आवश्यक : राष्ट्रपति पौडेल

शनिबार शीतल निवासमा आयोजित चियापान समारोहमा राष्ट्रपति पौडेलले अबको बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ सरकार तथा सांसदहरूको सकारात्मक भूमिकाको अपेक्षा गरे। 

८३७१ जना शहिदकाे नामावली राजपत्रमा 

फागुन १५ गतेकाे मन्त्रिपरिषद् बैठकले ‘सशस्त्र संघर्ष र क्रान्ति’का क्रममा ज्यान गुमाएकालाई सहिद घाेषणा गरेकाे थियो।

राजमार्गमा रंगमञ्च

नाटक भइरहेका वा नभएका कुनै पनि थिएटरले, आफ्नै आम्दानीबाट कलाकार र कर्मचारीको खर्च धान्न सकेका छैनन्। यस्ता अनेकौँ बाधाहरू पन्छाउँदै आ-आफ्नो सपनाको गोरेटो निर्माणमा थिएटर र रंगकर्मी तल्लीन छन्।‍

काठमाडौँबाट सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या, फर्काएर काठमाडौँ अवतरण   

उडेको केहीबेरमा जहाजको इन्डिकेटरमा समस्या देखिएपछि फर्काइएको नागरिक उड्‌डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। जहाजमा ६२ जना यात्रु थिए।

इशान र सविताको ‘मिल्दो विचार भाव’ प्रदर्शनी

कलाकार जोडी इशान परियार र सविता डंगोलले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन्। ‘मिल्दो विचार भाव’मा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन्।

तारैतारले जेलिएको राजधानी (तस्वीरहरू)

विद्युत्, टेलिफोन, केवल अपरेटर र इन्टरनेट सेवा प्रदायकले पोलले नै थेग्न नसक्ने गरी तार टाँग्दा शहरमा दुर्घटनाको जोखिम पनि बढेको छ।

अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीयमा भारत ५ विकेटले विजयी

१८९ रनको लक्ष्य पछ्याएको भारतले ३९.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए।

राणाशाही र पञ्चायत मध्ययुगीन, अहिलेको प्रणालीमा व्यापक सुधार आवश्यक  

पञ्चायतभन्दा अहिलेको वर्णशंकरतन्त्र तुलनात्मक रूपमा ठीक छ। कमसेकम मान्छेले बोल्न पाएका छन्। भ्रष्टाचार आज पनि छ, त्यो राणाशाही र पञ्चायती शासनकै परम्पराको निरन्तरता हो। 

पहाडी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी भेगका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।  

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको जनाइएको छ।

खानी विभागका महानिर्देशक घिमिरेसहित २७ जनालाई विशेष अदालतले दियो सफाइ

विशेष अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित २७ जनालाई सफाइ दिएको छ।

न्यायाधीशहरूको कमीले अपेक्षित न्याय सम्पादन हुन सकेन : कामु प्रधानन्यायाधीश कार्की

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दा बढ्दै जाने, तर न्यायाधीशहरूको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रिनुपरेको बताएका छन्।

जित्ने चुनावमा 'ओली निकट'लाई अवसर, हार्ने परिस्थितिमा अष्टलक्ष्मी

जित्ने निश्चित नभएको चुनावमा एमालेले अध्यक्ष ओलीकै चाहनाबमोजिम अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनायो। २०६५ सालको उपराष्ट्रपति निर्वाचनमा पनि अन्तिम समयमा शाक्यलाई पछि हटाइएको थियो।

उपराष्ट्रपतिमा रामसहायको विजयले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्यो : उपेन्द्र यादव

जसपा अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताएका छन्।

राष्ट्रिय एकतालाई मजबुत बनाउन पहल गर्छु: नवनिर्वाचित उपराष्ट्रपति यादव

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन पहल गर्ने बताएका छन्।

ककपिटमा कफी र मिठाइ खाने पाइलट निलम्बित

भारतमा विमानको ककपिटभित्र खाना र पेय पदार्थ लैजान छुट भए पनि कडा मापदण्डको पालना गर्नुपर्ने नियम छ।

रामसहाय यादव : शिक्षक छाडेर राजनीतिमा, मधेश मुद्दा बोकेर उपराष्ट्रपतिसम्म

२०५२ सालको शिक्षक सेवा आयोगको परीक्षाको नतिजा २०६० सालमा आउँदा रामसहाय स्थायी भए। विज्ञान र गणित विषय पढाउँथे। तर २०६४ सालमा शिक्षकबाट राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा आएका थिए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।