द्वन्द्वपीडित तथा मानवअधिकारवादी समुदायले सत्य निरूपणसम्बन्धी संशोधन विधेयकमा रहेका त्रुटिपूर्ण प्रावधानहरू पीडित र नागरिक समाजले सरकारलाई बुझाएको सुझावबमोजिम सच्याउन माग गरेका छन्।
कोशी प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनका क्रममा पहिचानवादी र प्रहरीबीच झडप भएको छ।
इन्जिनियर लाइसेन्स परीक्षामा सहभागी भएका एक हजार ९८१ जना परीक्षार्थीमध्ये ५६५ जना मात्रै उत्तीर्ण भएको काउन्सिलका अध्यक्ष पदम साहीले बताए।
गुठी संस्थानले काठमाडौँको असनमा रहेको मल्लकालीन भवन ‘घडीघर’ भत्काएर व्यापारिक कम्प्लेक्स बनाउने तयारी गरेपछि त्यसलाई रोक्न असनवासी पाँच वर्षदेखि निरन्तर आन्दोलनमा छन्।
सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसके त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको सचेतक बर्तौलाले बताएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको १११ रनको लक्ष्य पछ्याएको ललितपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७३ रनमा समेटियो।
सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसद्मा विधेयक दर्ता गर्नेसमेत तयारी गरेको छ।
मिटरब्याज पीडितका समस्या समाधानका लागि धेरै कानूनहरू संशोधन गर्नुपर्ने भएकाले तत्काल सम्भव नरहेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताएका छन्।
सोमबार प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख आठ हजार तोकिएको छ।
जापानको क्योतो सिटी युनिभर्सिटी अफ आर्टस्को दीक्षान्त समारोहमा विद्यार्थीहरू फरक संस्कृति झल्किने र सन्देश दिने पहिरनमा सहभागी हुने गरेका छन्।
बारा-२ मा हुने उपनिर्वाचनमार्फत संसद् छिर्ने योजनामा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई रोक्न जनमत अध्यक्ष सीके राउतले आक्रामक अभियान चलाएपछि दुई दलका समर्थक आमनेसामने भएका छन्।
पीडितलाई काठमाडौँमा बस्ने शिविर खोज्नभन्दा आज नै माग सम्बोधन गरेर बेलुका घर फर्किने वातावरण बनाउन मेयर शाहले माग गरेका छन्।
आफू सरकारमा हुँदा मिटरब्याज पीडितको मागलाई प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न ठूलो समस्या नरहेको लामिछानले बताएका छन्।
यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै विभिन्न जिल्लाबाट भेला भएर मिटरब्याज पीडितहरू काठमाडौँ आएका छन्।
अमेरिकाको टेनेसी राज्यस्थित नासभिल शहरको एक विद्यालयमा २८ वर्षीया महिलाले बालबालिकालाई निशाना बनाएर अन्धाधुन्ध गोली चलाएकी थिइन्। त्यसपछि सुरक्षाकर्मीको उनी पनि मारिएको प्रहरीले जनाएको छ।
आँप धेरै फुलेकाले असिना, पानी र हावाहुरीले असर नगरेमा उत्पादन अत्यधिक वृद्धि हुने दाङको तुलसीपुर–९ का दिवेश केसीको भनाइ छ।
युरोकप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा फ्रान्सले घरेलु टोली आयरल्यान्डलाई १–० ले पराजित गरेको छ।
राजनीति केबल सत्ता र भागबन्डामा केन्द्रित भयो भन्दै 'त्यसलाई बदल्न' १० वर्षे युद्ध लडेर आएको माओवादीसमेत यसैमा चुर्लुम्मै डुब्नुले राजनीतिले बेथितिबाट पार पाउन अरू धेरै समय पर्खनु पर्ने देखिन्छ।
हावाहुरी र चट्याङ पर्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई निरन्तरता दिइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए।