विभिन्न सञ्चारमाध्यममा सरुवा रोग विज्ञहरूले ओमिक्रोनका सबभेरियन्ट संक्रामक भए पनि कम घातक रहेको बताइरहेका छन्। यसकारण आममानिसले सजगता नअपनाएर लापरबाही गर्न सक्छन्। त्यसले ‘आउटब्रेक’ निम्त्याउन सक्छ।
सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा बसेको बैठकमा सत्य निरूपण तथा मेलमिलापलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ।
यस साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन्। नयाँ वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन्।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हाल प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ। सत्तारूढ दलको संयुक्त न्यूनतम साझा कार्यक्रममा संक्रमणकालीन न्यायको काम दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाइएको छ।
तमानखोला गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई आयआर्जनसँग जोड्न फलफूल खेती गर्ने योजना ल्याएको छ। जसअनुसार चालु आर्थिक वर्षमा विभिन्न जातका फलफूलका एक हजार ५०० वटा बिरुवा रोपिएको छ।
प्रतिनिधिसभा सदस्य श्रेष्ठले व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको टेलिफोन संवाद आइतबार बाहिरिएको थियो।
सुदूरपश्चिमका सबै जिल्लामा लोककथा संकलन भइरहेको विश्वविद्यालयले जनाएको छ। सौका, भोटे, राउटे, मगर र रानाथारूका लोककथा संकलन गरेर प्रकाशन गर्न लागिएको हो।
नेपालमा कोरोना भाइरसको संक्रमण केही दिनयता उकालो लागेको छ। सोमबार १२४ जनामा कोरोना संक्रमण देखिएको थियो।
विकेट किपर निकोलस पुरनले विष्फोटक ब्याटिङ गरेपछि लखनऊले बेंगलोरलाई एक विकेटले पराजित गरेको छ। जितसँगै लखनऊ शीर्षस्थानमा उक्लिएको छ।
तपाईंको स्वतन्त्रताका बारेमा बिरलै सोच्ने लोग्नेलाई तपाईं सिलौटामा अचार पिसेर खुवाउनुहुन्छ भने त्यो सिलौटामा तपाईंको आत्मसम्मान र स्वतन्त्रता पिसिने गरेको छ।
दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
चौधरी समूहको मुख्य लगानी रहेको समिट अपार्टमेन्टबाट पीडितहरूले अपार्टमेन्टको जग खन्नुअघि पटक–पटक महानगरलाई गुहारेको, तर महानगरले गुनासो नसुनेर उल्टै अपार्टमेन्टलाई सघाएको बेलिबिस्तार सुनाए।
सात प्रदेशमध्ये मधेशको साक्षरता दर सबैभन्दा कम छ। मधेशका चार जिल्ला रौतहट, महोत्तरी, सर्लाही र बारा देशकै सबभन्दा बढी निरक्षर भएका जिल्ला हुन्। जबकि, मधेशका सबै जिल्ला पहाडका तुलनामा सुगम छन्।
मन्त्रालयले फोहोर व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्जुस्याइँ नगर्ने मन्त्री गुरुङको भनाइ छ।
इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बेच्ने भएको छ।
सोमबार देशभर ४४४ जना सक्रिय संक्रमित छन्। तीमध्ये काठमाडौँ उपत्यकामा चार जनाको भेन्टिलेटर र १० जनाको आईसीयूमा उपचार भइरहेको छ।
सोमबार सम्पन्न फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कपको उपाधि जितेको छ।
फेब्रुअरीको मिति उल्लेख भएका गोप्य दस्ताबेज कसरी सार्वजनिक भए भन्नेबारे अमेरिकी रक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाइएको छ।
पुलिस क्लबले 'ए' डिभिजन लिगमा फ्रेन्ड्सलाई पराजित गर्दै पहिलो जित हात पारेको छ भने अर्को खेलमा चर्च ब्वाइज र एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन्।
बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले पारेको असर न्यूनीकरणका लागि पहल भइरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।