AnonymousUser

Logout

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी 

विशेष अदालतबाट नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

गौरवका आयोजना छिटो सक्ने गरी नीतिगत निर्णय गर्न सरकारसँग सांसदहरूको माग

राष्ट्रियसभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन्।

३० मिटरब्याज पीडित प्रहरीको नियन्त्रणमा, पीडित भन्छन्– झण्डामा लौरो रहेको भन्दै प्रशासनले प्रदर्शन रोक्यो

प्रदर्शनमा उत्रिएकामध्ये ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याज पीडितका एक सदस्यले बताए। आफूलाई लखेट्न पानीको फोहोरा र लाठीचार्जसमेत गरेको प्रदर्शनकारीको भनाइ छ।

अभद्र व्यवहारमा पक्राउ परेका वडाध्यक्ष वलीमाथि खरखजना कसुरमा अनुसन्धान गर्दै प्रहरी

रोल्पा गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष  कृष्ण वलीको घरमा अवैध हतियार भेटिएपछि प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।

सुडानमा हिंसात्मक भिडन्त तेस्रो दिन पनि जारी, करीब १०० जनाको मृत्यु

खार्तुममा शनिबारदेखि जारी भिडन्तमा परी हालसम्म करीब १०० जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समुदायले हिंसा स्थायी रूपमै बन्द गर्न दुवै पक्षलाई आग्रह गरेका छन्।

शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

प्रहरी र मिटरब्याज पीडितबीचको झडपका कारण शान्तिवाटिका क्षेत्र तनावग्रस्त बनेको छ। 

अस्ट्रेलियाको ठूलो जनघनत्त्व भएको शहर बन्यो मेलबर्न

पछिल्लो १०० वर्षयता सिड्नी शहर अस्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको शहरका रूपमा रहँदै आएको थियो। अब भने सो स्थान मेलबर्नले लिएको छ।

संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्त गर्न प्रमुख ३ दलबीच सहमति

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको शीर्ष तीन दलका नेताबीचको छलफलमा संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्त गर्न सहमति जुटेको छ। 

जनगणनाको नतिजाः सम्पत्ति र दक्षतामा आधारित काममा पुरुषकै कब्जा

जनगणना २०७८ अनुसार सम्पत्तिको स्वामित्व र रोजगारीको अवसरमा पुरुषकै वर्चस्व छ। ११.८ प्रतिशत परिवारका महिलाको नाममा घर र जग्गा छ। दक्षतामा आधारित रोजगारी र व्यवस्थापकीय काममा ९ प्रतिशत मात्र महिला छन्।

मिटरव्याज पीडितलाई बाहिर निस्कन नदिन शान्तिवाटिकामा प्रहरीको घेराबन्दी

मिटरव्याज पीडितहरूले धर्ना दिइरहेको शान्तिवाटिकालाई सोमबार १० बजेदेखि प्रहरीले घेराबन्दी गरेर गेटबाट बाहिर निस्कन दिएको छैन। पीडितहरूले प्रदर्शनको तयारी गरेपछि प्रहरीले घेराबन्दी गरेको हो।

रातो मच्छिन्द्रनाथ

मच्छिन्द्रनाथको मूर्तिमा रङरोगन

पाटनका गम्भीर र अमिर नेकुले रातो मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाउन सोमबारबाट शुरू गरेका छन्। रङ लगाउन तीनदेखि चार दिन लाग्ने गम्भीर बताउँछन्। पाटनको नेकु परिवारले मात्र मच्छिन्द्रनाथको रङरोगन गर्छ। यो वर्षको रथ यात्रा वैशाख ११ मा हुँदैछ।

आलु महोत्सवमा बिक्यो ५ करोडको आलु

आलु गाउँको नामले परिचित हेमजामा भएको एक साता लामो आलु महोत्सवमा ५ करोड रुपैयाँ बराबरको ८० टन आलु बिकेको छ।

तनहुँको पिउरी दोभानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, सात जना घाइते

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार छन्। अन्य घाइतेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

भारतीय लगानीका अलपत्र ठेक्का तोड्ने सरकारको तयारी

भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ६-७ वटा ठेक्का तोड्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भारतीय पक्षसँग छलफल गरेका छन्।

विद्यालय भर्ना अभियान: कर्मकाण्डी अभ्यासले हुँदैन

संस्थागत विद्यालयका विद्यार्थी बिरलै विद्यालय छाड्छन्, तर सामुदायिक विद्यालयका विद्यार्थीको विद्यालय छाड्ने दर धेरै छ। भर्ना अभियानले यो समस्या समाधानमा पहलकदमी गरे पनि उपलब्धि हासिल हुन सकेको छैन।

पार्किङ स्थलमा विराटनगर महानगरले जोड्यो सीसी क्यामेरा, सडक किनारामा सवारी राख्न निषेध

विराटनगर महानगरले सडकमा हुने पार्किङलाई हटाएर व्यवस्थित पार्किङ स्थल बनाउन शुरू गरेको छ। अब विराटनका मुख्य चोक तथा बजारका सडक किनारमा गाडी राख्न पाइने छैन।

एफपीओमा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री दाहालले एफपीओमा कर लगाउने विषयको दीर्घकालीन समाधानका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

उपनिर्वाचनमा सेना परिचालन गरिने, राष्ट्रपतिले दिए अनुमति

राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृति दिएका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटाला गरेको अभियोगमा निर्देशक पौडलसहित ९ जनाविरुद्ध मुद्दा

निर्देशक पौडलसहित सीडीआई इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक बिल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका निर्देशकसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

‘बी’ डिभिजनका क्लबले गरे सांकेतिक विरोध

लिग अनिश्चित भएको भन्दै शहीद स्मारक ‘बी’ डिभिजनका क्लबले सांकेतिक विरोध गरेका छन्।