AnonymousUser

Logout

घोराही सिमेन्टको आईपीओ: बढी कित्ता माग गरेर ‘फर्जी आवेदन’

घोराही सिमेन्टको आईपीओ खरिदका लागि रकम नै नभएका खाताबाट अस्वाभाविक रूपमा आवेदन परेपछि सीडीएस एन्ड क्लियरिङले सूचना जारी गरेर खाताको रकमभन्दा बढीको शेयर आवेदन दिइए कानूनी कारबाही हुने जनाएको छ।

ग्लोबल फुड पोलिसी रिपोर्ट : नेपालमा खाद्य असुरक्षा बढ्यो

‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा पछिल्ला वर्षमा नेपाल र दक्षिण एशिया क्षेत्रमा समेत कुपोषण र खाद्य असुरक्षा बढ्दै गएको देखाएको छ।

सत्तापक्षबाटै नागरिकताको विषयमा राजनीतिकरण भइरहेको राजेन्द्र लिङ्देनको आरोप

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरूबाट भएझैँ गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मार्‍यो: उपप्राध्यापक चलाउने

‘जे गर्छ अदालतले गर्छ भनेर म अदालततिर थिएँ, तर सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको छ’ उपप्राध्यापक प्रेम चलाउनेले भने।

काठमाडौँ–तराई द्रुतमार्ग तीन वर्षभित्रै सम्पन्न हुने भौतिक पूर्वाधारमन्त्रीको दाबी 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले फास्ट ट्र्याक निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताएका छन्।

माओवादी सांसद पौडेलको प्रस्ताव: प्राकृतिक विपदबाट बच्न एकीकृत बस्ती बनाऔँ

प्राकृतिक विपदबाट सिर्जित समस्यालाई तत्काल समाधान गर्नका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै प्रणालीको व्यवस्था गर्नुपर्ने माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको भनाइ छ।

हार्वर्ड विश्वविद्यालयबाट मानव अंग चोरी, टाउकोको मूल्य १ हजार डलर

हार्वर्ड विश्वविद्यालयस्थित मेडिकल स्कुलको शवगृहबाट शवका अंग चोरेर एक दम्पतीले वर्षौंदेखि बिक्री गरिरहेको पाइएको छ। उनीहरूले फरक अंगको फरक मूल्य लिएर बेच्ने गरेका थिए।

काठमाडौँ जिल्ला अदालतमा धर्ना बसेका उपप्राध्यापक चलाउने पक्राउ

आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयको विरोधमा काठमाडौँ जिल्ला अदालतमा धर्ना बसेका त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउने पक्राउ परेका छन्।

शक्ति गुमाउँदै गएका पार्टीहरूको ‘समाजवादी मोर्चा’

बाहिर जे भनिए पनि निरन्तरको क्षयीकरणले बढाएको अस्तित्वको चिन्ता र शक्तिआर्जन गर्ने चाहनाले चार दलको मोर्चा बनेको नेताहरूले बताएका छन्। प्रतिनिधिसभामा यो मोर्चासम्बद्ध तीन दलका ५४ सदस्य छन्।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने नेविसंघ कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिन अदालतमा निवेदन

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता थियो। उक्त मुद्दाको असार ५ गते अन्तिम पेसी थियो। तर, सरकारले मुद्दा नै फिर्ता लिने निर्णय गरेको छ।

अन्त्येष्टि हुनै लाग्दा बौरिएकी महिलाको ७ दिनपछि अस्पतालमा मृत्यु

इक्वेडरको एक अस्पतालले मृत घोषणा गरेको पाँच घन्टामा बौरिएकी एक महिलाको उपचारका क्रममा सात दिनपछि मृत्यु भएको छ।

हेवा खोला बाढीमा बेपत्ता २२ जनाको पहिचान

हेवा खोलाको बाढी चैनपुर–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरमा पस्दा त्यहाँका १७ मजदुर बेपत्ता भएका छन्। त्यसैगरी, गोठमा सुतेका दम्पती र अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर पनि बेपत्ता छन्।

नेसन्स लिगको उपाधि स्पेनलाई, क्रोएसिया पेनाल्टी सुटआउटमा पराजित

नेसन्स लिगको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको स्पेनले ११ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको छ। 

सहकारीको सकस र अबको बाटो

ब्याजदर बढी पाइने लोभमा जोसुकैले सहकारीमा पैसा बचत गर्न थाले। सदस्य स्वयं सहकारीको अभ्यास के हो भन्नेबारे जानकार भएनन्। सहकारीको पैसाले भोजभतेर गर्ने, विदेश घुम्ने, जग्गा किन्ने अभ्यास चल्यो।

चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा हुँदै, १५ बुँदे साझा प्रतिबद्धता तय

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार घोषणा गर्ने समाजवादी मोर्चाका लागि आइतबार बैठक बसेर १५ बुँदे साझा प्रतिबद्धता तय गरेका छन्।

पूर्वी नेपालमा आएको बाढी–पहिरोमा तीनको मृत्यु, २९ बेपत्ता

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतअनुसार अहिलेसम्म पाँचथर, संखुवासभा, ताप्लेजुङगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ।

शेयरको लाभकर असुलीमा सरकार र करदाताबीच विवाद चर्किँदै

प्रिमियम मूल्यको एफपीओ र मर्जर एन्ड अक्विजिसनबाट प्राप्त शेयरको लाभमा कर असुल्ने विधेयकको प्रावधानप्रति कारदाताको विरोध रहे पनि यसको कार्यान्वयनबाट पछि नहट्ने अडान अर्थमन्त्री महतले लिएका छन्। 

रुस र युक्रेन दुवैले ठूलो संख्यामा सैनिक हताहतको सामना गरिरहेका छन् : बेलायती सेना

युक्रेनी सेनाले आइतबार बिहान गरेको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टाको अवधिमा रुसले ४३ वटा हवाई आक्रमण, चार वटा क्षेप्यास्त्र आक्रमण र ५१ वटा रकेट लञ्चरबाट आक्रमण गरेको उल्लेख छ।

विश्वकप छनोटमा नेपाल जिम्बावेसँग पराजित

नेपाल जिम्बावेसँग आईसीसी एक दिवसीय विश्वकप छनोटको पहिलो खेलमा ८ विकेटले पराजित भएको छ।

संसद्‍मा बाह्य स्वार्थ प्रवेश गराउन सहयोगी बनिरहेका सांसद

ठेकेदार, व्यापारीलगायत स्वार्थ बाझिने व्यक्तिहरू बढ्दै गएको संसद्मा बेलगाम चलिरहेको ‘स्पोन्सर्ड’ विदेश भ्रमण गर्ने सांसदहरूमार्फत् प्रवेश गरिरहेको स्वार्थ थप जोखिमपूर्ण छ।