रथयात्रा
अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ इस्कोन को आयोजनामा काठमाडौँको कमलादी, जमल, भद्रकाली, न्यूरोड हुँदै वसन्तपुरसम्म रथयात्रा निकालिएको छ। हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारतलगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ। यस वर्ष आयोजित रथयात्रा नेपालको २७औँ हो। भारतको जगन्नाथ पुरीमा आज विशेष समारोहसहित यस्तै रथयात्रा हुने गर्छ। चार प्रमुख धाममध्ये उत्तरमा बद्रीनाथ, दक्षिणमा द्वारकानाथ, दक्षिणमा रामेश्वरम र पूर्वमा जगन्नाथ पुरी पर्छन्। यी चार धामलाई सत्य, द्वापर, त्रेता र कलियुगका रूपमा समेत हिन्दु धर्मावलम्बीहरूले मान्ने गरेका छन्।
बैजनाथ गाउँपालिका–४ की सुनिता परियारको गाउँकै रामबहादुर थापासँग विवाह भएको १२ वर्ष भयो। तर, हालसम्म उनको विवाहदर्ता भएको छैन। श्रीमान्ले नै छाडेर गएपछि झन् पीडा थपिएको उनको भनाइ छ।
दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको राजदूत श्रीवास्तवको भनाइ छ।
नागरिकता
नागरिकताविहीन संघीय समिति र प्रहरीबीच झडप भएको छ। काठमाडौँको माइतीघरमा नागरिकताविहीन संघीय समितिका सदस्यहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि झडप भएको हो। नागरिकता विधेयक पारित भएलगत्तै सर्वोच्च अदालतमा परेको रिटमार्फत नागरिकता वितरण रोकिएपछि नागरिकताविहीन संघीय समितिले माइतीघरमा धर्ना दिँदै आएको छ। उनीहरूले आफूहरूले नागरिकता पाउनुपर्ने माग गरेका छन्।
बागलुङका स्थानीय तहले रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार र ठूला पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेका छन्।
यसअघि जेठ २९ गते बाजुराको बिछिया केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।
महानगरले चालु आवमा राजस्व संकलन लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति आन्तरिक आयतर्फ गरेको छ।
शासन सञ्चालनमा प्रभाव पार्ने हाम्रा नेताहरूका आफ्नै सोच छन् जो भूराजनीतिसँग बिरलै मेल खान्छ। त्यसकै क्षति नेपालले बेहोर्नु परेको छ।
सिरियाका सडकमा पछिल्लो समय श्रृंखलाबद्ध रूपमा बम विस्फोट भइरहेको छ। बम इस्लामिक स्टेट (आईएस) लडाकुले राखेको आशंका गरिए पनि पुष्टि भइसकेको छैन।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
प्रधानमन्त्री दाहालसहितका शीर्ष नेताहरूले समाजवादी मोर्चाको औचित्य प्रस्ट्याइरहँदा झलनाथ खनालले भने मोर्चालाई सत्ता टिकाउने कदमका रूपमा प्रयोग नगर्न सचेत गराएका थिए।
शनिबार राति गएको बाढीपहिरोले ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ मेहेलेमा आइतबार एक र सोमबार दुई गरी तीन जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ। तीनजना अझै बेपता छन्।
श्रीलंकाले दिएको ३५६ रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै १८० रनमै समेटियो।
चार दशकअघि सतुंगलमा खुलेको एपोलो स्टील इन्डस्ट्रिज नै चौधरी ग्रुपको ‘व्यापारिक साम्राज्य’को जग थियो। एपोलोले त्यसबेला हडपेको सार्वजनिक बाटो फर्काउन ३६ वर्षदेखि लडिरहेका सतुंगलबासीको संघर्षको कथा:
जसपाका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैका विरुद्धमा नभएको दाबी गर्दै यसबाट कोही पनि डराउन नपर्ने बताएका छन्।
मोर्चाको समझदारीपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरे।
समिटले बहुमूल्य जग्गा पहिले लिजमा लिएर पाँच वर्षपछि जग्गाधनीलाई समेत थाहै नदिई आफ्नो नाममा पुर्जा बनाउन कसरी सफल भयो त्यसको फेहरिस्त एउटा फिल्मी–कथा जस्तो छ।
घोराही सिमेन्टले प्रिमियम मूल्यमा जारी गरेको आईपीओमा मागभन्दा बढी कित्ता शेयरका लागि आवदेन परे पनि समायावधि थप गरिएपछि अनियमितताको आशंकामा धितोपत्र बोर्डले आवेदन प्रक्रिया स्थगन गरेको छ।
आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना दिन काठमाडौँ जिल्ला अदालत पुगेपछि उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सोमबार विकास बैंक, वित्त, लगानी, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।