AnonymousUser

Logout

भ्रष्टाचार मुद्दामा चूडामणि शर्मासहित ३ जनालाई जनही ९ वर्ष कैद र ४ अर्बभन्दा बढी जरिबाना

विशेष अदालतले कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य–सचिव चूडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा जनही ९ वर्ष कैद र ४ अर्ब १० करोड जरिबाना निर्धारण गरेको छ।

चेल्सी भित्रिए एनकुन्कु

चेल्सीले २५ वर्षीय एनकुन्कुलाई जर्मन क्लब आरबी लाइप्जिगबाट अनुबन्ध गरेको छ। चेल्सीले उनलाई ५२ मिलियन पाउन्डमा ६ वर्षका लागि अनुबन्ध गरेको हो।

गाडी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको उपचारका क्रममा मृत्यु

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले जानकारी दिए।

सांसदहरूको प्रश्न : अर्थ समितिले विवरण माग्दामाग्दै धितोपत्र बोर्डले ब्रोकरलाई किन दियो लाइसेन्स?

अर्थ समितिमा बोल्दै अधिकांश सांसदले धितोपत्र बोर्डले समितिको निर्देशन र सुझावभन्दा बाहिर गएर नयाँ ब्रोकरलाई लाइसेन्स दिएको भन्दै आशंका गर्ने अवस्था रहेको बताएका छन्।

गाडी दुर्घटनामा सुदूरपश्चिमका मन्त्री सिंहकी पत्नीसहित दुईको मृत्यु, तीन जनालाई कोहलपुर लगियो

बझाङमा भएको सवारी दुर्घटनामा परी सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको मृत्यु भएको छ।

घरजग्गा कारोबारबाट प्राप्त लाभमा पुँजीगत लाभकर नै अन्तिम : राजस्व विभाग

आन्तरिक राजस्व विभागले घरजग्गामा प्राकृतिक व्यक्तिले तिर्ने पुँजीगत लाभकर नै अन्तिम कर हुने स्पष्ट पारेको छ।

विश्वकप छनोट : शायनको शतकमा अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

टस जितेर नेपालले पहिला बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रन बनायो। अमेरिकाका शायन जहानगिरले अविजित रहँदै १०० रन बनाए।

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

नेप्से परिसूचक मंगलबार २६.५६ अंकले ओरालो लागेर २०६४.८३ अंकमा सीमित भएको छ।

राष्ट्रपति पौडेलको छातीमा राखियो पेसमेकर

राष्ट्रपति पौडेलको मुटुको चाल बेला बखत कम हुने देखिएकाले पेसमेकर राखिएको कार्यकारी निर्देशक प्रा.डा. पौडेलले बताएका छन्।

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सवार गाडी दुर्घटना, चार जना गम्भीर घाइते

दुर्घटनामा मन्त्री सिंहसहित चार जना गम्भीर घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी प्रज्वल महर्जनले जानकारी दिए।

सरकारलाई सभामुखको निर्देशन : बजेट पुस्तिकाका त्रुटि तत्काल सच्याउनू

एमालेका सांसदहरूले लुम्बिनी प्रदेशको नाम नराखी प्रदेश ५ राखेर शहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढ्न नदिने अडान लिएका थिए।

यौनमा सक्रिय उमेरअघि नै खोप लगाए रोक्न सकिन्छ पाठेघरको मुखको क्यान्सर

सामान्यतया पुरुषबाट यौन सम्पर्कमार्फत महिलामा सर्ने एचपी भाइरसले पाठेघरको मुखको क्यान्सर गराउँछ। यौनमा सक्रिय १०० मध्ये ८० देखि ९० महिलामा यो भाइरस संक्रमणको सम्भावना रहन्छ।

घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दुःखद: प्रेम चलाउने

सरकारले आफूलाई नसोधीकन मुद्दा फिर्ता लिइएको भन्दै आपत्ति जनाएका उपप्राध्यापक प्रेम चलाउने घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दुःखको कुरा भएको बताए।

विपद्का घटनाबाट १० जनाको मृत्यु, २६ जना बेपत्ता

परिवारमा एक जनाको मृत्यु भए दुई लाख र सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा थप एक लाखको दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्‌मा २ सदस्य नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शिक्षित पराजुली र हरिनाथ ढकाललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्‌ सदस्यमा नियुक्त गरेका हुन्।

प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रतिनिधिसभा सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना रहनेगरी १७ समूहमा विभाजन गरिएको छ।

रोकिएको ब्रोकर लाइसेन्स प्रक्रिया खुलाउन अर्थ समितिको निर्देशन

धितोपत्र दलाल तथा व्यापारीलाई मापदण्ड र विधि पूरा गरी इजाजत दिन निर्देशन दिइएको समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेले जानकारी दिए। 

फेवाताल जोगाउन सरकारकै अटेरी, ५ वर्षअघिको आदेश नटेरेपछि ६५ मिटर कायम गर्न सर्वोच्चको दोस्रो आदेश

फेवाताल परिसरमा कर्ण शाक्य, गणेशबहादुर भट्टराई, सुजन जोशी, कर्मा गुरुङ लगायत व्यवसायीका रिसोर्ट, होटलसहित १ हजार संरचना छन्। सर्वोच्चले २०७५ सालमा गरेको फैसला कार्यान्वयन नहुँदा अतिक्रमण बढ्दै गएको छ।

उपप्राध्यापक चलाउनेलाई न्याय दिलाउन माग गर्दै प्रदर्शन

चलाउनेमाथि २०७७ असोज २० मा नेविसंघ, त्रिवि इकाई समितिका तत्कालीन अध्यक्ष हरि आचार्यसहित सात जनाको समूहले आक्रमण गरेको थियो।

तनहुँमा पहिरोले पुरिएर २ मजदुरको मृत्यु

म्यादे गाउँपालिका–७ मा पहिरोमा परी झापा शिवशताक्षी–७ का ३३ वर्षीय भीम भुजेल र उदयपुर कटारी–७ का ४० वर्षीय बलबहादुर राईको मृत्यु भएको छ।