AnonymousUser

Logout

१४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेका छैनन्। 

शुक्रबार ११ बजेसम्मका लागि स्थगित भयो कोशी प्रदेशसभा बैठक 

बिहीबार बेलुका प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी सूचनामा शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगन भएको उल्लेख छ।

नारायणगढ–मुग्लिन सडकखण्ड रातभर अबरुद्ध रहने

सडक अवरुद्ध भएसँगै यस सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन्।

संघीय राजधानीका दुई महानगरः एउटाको सडकमा पार्किङ निषेध, अर्कोको सडकमै ‘फ्री पार्किङ’ 

देशको संघीय राजधानीका दुई महानगरको ट्राफिक व्यवस्थापन शैली ठ्याक्कै उल्टो छ। काठमाडौँ महानगरले सडक किनारामा पार्किङलाई पूरै निषेध गरेको छ भने ललितपुर महानगरले सडकमै निःशुल्क पार्किङको सुविधा दिएको छ। 

नयाँ सरकार गठनबारे कांग्रेससँग छलफल भएको छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कांग्रेससँग छलफल नभएको, दोस्रो तहका नेताबीचको कुराकानीबारे आफू जानकारी नरहेको बताएका छन्।

ललिता निवास प्रकरण : तीन आरोपीद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले सर्वोच्च बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।

एडीबीले नेपाललाई साढे ६ अर्ब ऋण दिने

एडीबीले आन्तरिक र बाह्य व्यापारको नीतिगत सुधार कार्यान्वयनका लागि नेपाललाई ५ करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको जनाएको छ। 

कृषि अनुसन्धान परिषद्‍मा बेथिति: राजनीति हुन्छ, अनुसन्धान हुँदैन

कृषि अनुसन्धानको लागि स्थापित नार्कमा राजनीति बढी र अनुसन्धान कम हुँदा त्यसको असर कृषि विकासमा परिरहेको छ। कृषिमन्त्रीहरूको हस्तक्षेप र बजेट अभावमा नार्कले प्रभावकारी अनुसन्धान गर्नै सकेको छैन।

फ्रान्समा चर्किएको हिंसात्मक प्रदर्शन रोक्न ४० हजार सुरक्षाकर्मी खटाइँदै

फ्रान्सको राजधानी पेरिसमा सवारी चालक रहेका १७ वर्षीय किशोरको प्रहरीले गोली हानी हत्याको घटनापछि एक दर्जनभन्दा बढी शहरमा रातभर हिंसात्मक आन्दोलन चर्किएको थियो।

देशमा विचारबिनाका पार्टीहरूको लहर चल्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौलिकताबिनाका आन्दोलन सफल हुन नसक्ने बताए।

कोशीका मुख्यमन्त्री कार्कीको प्रश्‍न– विश्वासको मत नदिएर मध्यावधि निर्वाचनमा जान तयार हो?

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत नदिए तत्कालै प्रदेशसभा विघटन हुने र मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने बताएका छन्।

विपद्‍मा परेकाको सहयोगका नाममा उपस्थिति जनाउने होडबाजी नगर्न सरकारको आग्रह

गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरूसँग तस्वीर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरू रोक्न जरुरी रहेको बताए।

बकर इद

जामे मस्जिदमा यसरी मनाइयो इद\r\n

काठमाडौँको घण्टाघरस्थित जामे मस्जिदमा बिहीबार बकर इदको अवसरमा इस्लाम धर्मावलम्बीको भिड लागेको छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। जामे मस्जिद र काश्मिरी मस्जिदमा नमाज पढ्ने इस्लाम धर्मावलम्बीको बाक्लो उपस्थिति थियो। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ।

काखको छोरा गुमाएकी आमाको विलाप- ‘न्यायाधीशले दोषी उम्काए, सांसदले शोकमा धम्काए’

यस्तो फैसलाले समाजमा चालक अनुमतिपत्र नै नलिई सवारी साधन चलाएर जोसुकैको ज्यान लिने र ६ महिना जेल बसेर उन्मुक्ति खोज्ने आपराधिक प्रवृत्ति फस्टाउने भन्दै कानूनव्यवसायीले चिन्ता प्रकट गरेका छन्।

कृत्रिम गुलियो ‘एस्पार्टेम’लाई क्यान्सरकारक सूचीमा राख्ने डब्ल्यूएचओको तयारी

विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धान शाखा आईएआरसीले कृत्रिम गुलियोमध्ये ‘एस्पार्टेम’लाई क्यान्सरकारक सूचीमा राख्ने तयारी गरेको छ।

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्न विभागको अनुरोध

विभागका महानिर्देशक ढकालले औषधिको गुणस्तरीयताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई गुणस्तर परीक्षण गराइ बिक्री वितरण गर्न अनुरोध गरेका हुन्। 

भक्तपुरमा रोजगार मेला हुँदै, दक्ष जनशक्ति खोज्न र रोज्न सहयोग पुर्‍याउने

जिल्लामै पहिलो पटक स्थानीय जनशक्तिलाई तत्कालै रोजगारी उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको मध्यपुरथिमि नगरपालिकाले जनाएको छ।

बैंकहरूमा थुप्रियो पैसा, असुली र निक्षेप बढ्दा ऋण माग्ने न्यून

अहिले २१ वटा वाणिज्य बैंकसँग करिब साढे ३ खर्ब लगानीयोग्य रकम छ। कुनै समय रकम अभावमा कर्जा प्रवाह गर्न नसकेका बैंकहरूले पैसा भएर पनि लगानी गर्न सकेका छैनन्।

२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध प्रदर्शन

साना यात्रुवाहक सवारी, ढुवानीसम्वद्ध यातायात व्यवसायी र चालकले आआफ्ना सवारी साधन रोकेर प्रदर्शन गरेका छन्। 

गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्छ: ओली 

प्राध्यापक कुट्नेलाई संरक्षण गर्दै सरकारले मुद्दा फिर्ता लिनु खेदजनक रहेको ओलीको भनाइ छ।