AnonymousUser

Logout

‘प्रधानमन्त्रीको कुर्सीमा बस्नेहरूले नै फेवाताल मास्न सघाइरहेका छन्’

'व्यावसायिक प्रयोजनका लागि २०३१ सालमा नगर योजनाले डिस्पोजल कटेज बनाउन अनुमति दिएको छ। तर उनीहरूलाई त फाइभ स्टार, थ्री स्टार होटल बनाउनु छ। डाँडा फोर्नु छ। त्यसैले फेवाताल पुरिँदै गएको छ।'

जनताको उपचार गर्ने राज्यको दायित्वबाट पन्छिँदैनौँ: स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत सरकार जस्तोसुकै अप्ठ्यारो परिस्थितिको सामना गरेर भए पनि नागरिकलाई स्वास्थ्य सेवा दिन तयार रहेको बताउँछन्।

अर्थमन्त्री महतद्वारा राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८०’ पेश

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन्।

भाषा र संस्कृति पर्यटन प्रवर्द्धनको मुख्य आधार बन्न सक्छ: देउवा

पार्टीले चाहेर पनि आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक बनाउन नसकेको देउवाले स्वीकारेका छन्।

कोशीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत खसेको छ। विपक्षमा ४३ मत खसेको छ। बहुमत पुर्‍याउन ४७ मत आवश्यक पर्छ।

किसानलाई सधैँ सिँचाइ र मलको पिर

सिँचाइ अभावमा बागलुङका किसान अकाशे पानीका भरमा धान रोप्न बाध्य छन्। वैशाखदेखि असार पहिलो सातासम्म खडेरी परेकाले यसवर्ष रोपाइँ ढिला भएको छ। 

एसीसी इस्ट जोन कप: आकाशको अलराउन्ड प्रदर्शनसँगै नेपाल समूह विजेता

शुक्रबार सम्पन्न खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ। नेपालका आकाश धामीले सर्वाधिक ४ विकेट लिए।

एमालेप्रति कानूनमन्त्रीको कटाक्ष– भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन

भ्रष्टाचारका ठूला फाइलहरू खोल्न थालेपछि सरकार ढल्छ भनेर समाजमा भ्रम फैलाइएको मन्त्री गुरुङको भनाइ छ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सडक अवरुद्ध हुँदा रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढलगायत स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन्।

धान रोपाइँ

धान रोपाइँ उत्सव

असार १५ का दिन धान रोपाइँलाई लिएर देशभर एकखाले उत्सवझैँ बन्ने गर्छ। यस दिनलाई ‘मानो रोपेर मुरी फलाउने दिन’ भनेर चिनिन्छ। पछिल्लो समय असार १५ लाई धान दिवसका रूपमा समेत मनाउन थालिएको छ। यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित शुक्रबार २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ। सोही अवसरमा नुवाकोटको बेलकोट्गढी-१२, वासुकी गाउँमा भिटोफ नेपाल र बेल्कोटगढी गाउँपालिकाको संयुक्त आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। तस्वीर : फोटो लाइब्रेरी

कृषिप्रधान देश भएकैले हामीलाई नाकाबन्दीले पनि गलाउन सकेन: ओली 

कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्‍याउनुपर्ने ओलीको भनाइ छ। 

शैक्षिक परामर्श संघको अध्यक्षमा बस्नेत र निरौलाको उम्मेदवारी घोषणा

उम्मेदवारी घोषणा गर्नेमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौला छन्। दुवैले शैक्षिक परामर्श व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कीर्तिपुरमा असार १५ को रौनक [तस्वीरहरू]

विश्वविद्यालयले प्रयोगमा नल्याएको पाखामा खेत बनाएर कीर्तिपुरबासीले खेती गर्दै आएका छन्। राष्ट्रिय धान दिवस (असार १५) को मौका पारेरै यहाँ रोपाइँको चहलपहल छ।

काठमाडौँको दृश्यावलोकन अब कमलादीको स्काइवाकबाट

काठमाडौँको कमलादीमा निर्मित स्काइवाक टावर शुक्रबारदेखि सञ्चालनमा आउँदैछ। टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ। यहाँबाट ३६० डिग्रीमा  उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ।

हुथी विद्रोहीद्वारा युद्धको चेतावनी, वार्ताका क्रममा सरकारले बेइमानी गरेको आरोप

सन् २०२२ अप्रिल २ देखि युद्धविराम गर्ने सहमति भएपछि करिब एक वर्ष छिटफुट घटनाबाहेक यमनमा ठूला आक्रमणका घटना भएका थिएनन्।

अझै खुलेन नारायणगढ–मुग्लिन सडक, वर्षा नरोकिएपछि पहिरो पन्छाउन ढिलाइ

पहिरो झरेर सडकमा थुप्रिएकाले पन्छाउन कम्तीमा सात घण्टा लाग्ने प्रहरीले जनाएको छ।

मनसुन सक्रिय: देशभर वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएकाे छ।

राष्ट्रिय धान दिवस मनाइँदै, साउनयता ३३ अर्बको धान/चामल आयात 

हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस मनाउँदै आए पनि नेपाल चामलमा परनिर्भर छ।

पद्मश्री साहित्य पुरस्कारका लागि छानिए १५ पुस्तक

प्रतिष्ठानमा प्राप्त भएका १८० पुस्तकबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचीका लागि १५ पुस्तक छानिएको प्रतिष्ठानले जनाएको छ।

‘नेपाली धान-चामलको ब्रान्डिङ एकदमै आवश्यक छ’

नेपालमा बुद्धकालीन धानदेखि विश्वकै अग्लो स्थानमा फल्ने धानलगायत २०० बढी प्रजाति छन्। दैनिक खाने भातबारे राजनीतिज्ञहरू जति संवेदनशील हुनुपर्ने हो, उति संवेदनशील देखिएका छैनन्।